माघ १८, २०८०
सरकारी जग्गा हिनामिना प्रकरणमा डलर अर्बपति एवं कांग्रेस सांसद विनोद चौधरी पनि तानिएका छन् । बाँसबारी छाला जुत्ता कारखानाको जग्गा हडपेको आरोपमा भाइ अरुण चौधरी पक्राउ परेलगत्तै विनोद चौधरीले समेत संल...
नेकपा एमालेका प्रवक्ता तथा पूर्वमन्त्री प्रदीप ज्ञवालीले नेपालमा अदालतले गलत नजिर बसाल्दा मुलुक अनपेक्षित मोडमा पुगेको बताएका छन् ।
ज्ञवालीले नेपालमा अदालतले प्रधानमन्त्री नियुक्ति गर्ने नयाँ नजिर र अभ्यासले बहुदलीय प्रणाली मास्ने खेल सुरू भएको बताएका हुन् ।
प्रेस चौतारी नेपाल, गुल्मीले तम्घासमा आइतवार आयोजना गरेको पत्रकार भेटघाटमा ज्ञवालीले एमाले पार्टी संस्थागत ढंगले नफुट्ने दाबी गरे । केही प्रमुख नेताहरू नै अभिव्यक्तिका हिसाबले बाहिरिए पनि १० बुँदे सहमतिको जगमा पार्टीलाई एकताबद्ध बनाइने ज्ञवालीको तर्क छ ।
‘पार्टीमा बाटो बिराएका र गल्ती गरेकालाई एकताको पक्षमा ल्याउन निकै कसरत भए पनि केही नेता ज्यूहरू गठबन्धन धाएर परपर सर्नुभएको छ,’ ज्ञवालीले भने ।
उनले पार्टी विभाजनले कसैलाई पनि फाइदा नभएको प्रशस्त उदाहरण नेपालमै भएकाले पार्टी फुट्नेभन्दा पनि केही नेता छुट्ने सम्भावना बढी भएको उल्लेख गरे ।
साथै ज्ञवालीले स्वार्थको गठजोडबाट बनेको सरकारसँग जनताका आशा र अपेक्षा पूरा गर्ने कुनै मुद्दा नभएको बताए । चुनावमा जनतासँग गरिएको वाचा र घोषणा पत्र एकातिर राखेर अस्वाभाविक गठबन्धनबाट निर्माण भएको सरकार र त्योसँग जोडिएका पार्टी तथा नेताहरूले केही गर्न नसक्ने उनको दाबी छ ।
सरकारी जग्गा हिनामिना प्रकरणमा डलर अर्बपति एवं कांग्रेस सांसद विनोद चौधरी पनि तानिएका छन् । बाँसबारी छाला जुत्ता कारखानाको जग्गा हडपेको आरोपमा भाइ अरुण चौधरी पक्राउ परेलगत्तै विनोद चौधरीले समेत संल...
गत शुक्रबार राति गएको भूकम्पले जाजरकोट र रुकुम पश्चिम तहसनहस बनेका छन् । बाक्लो बस्ती रहेका बस्ती भूकम्पले उजाड बनेका छन् । प्रभावित क्षेत्रमा सन्नाटा छाएको छ । बाँचेकाहरू शोक र पीडामा छन् । ...
‘मोबाइल डिभाइस म्यानेजमेन्ट सिस्टम (एमडीएमएस)’ आज (सोमबार)देखि लागू हुने भएको छ । नेपाल दूरसञ्चार प्राधिकरणले पहिलो चरणमा प्रणालीमा दर्ता नभएका केही मोबाइलको नेटवर्क लक गरेर यो प्रणाली कार्यान्वयन...
शुक्रवार मध्यरातिको भूकम्पमा परेर मृत्यु भएकी जाजरकोट भेरी नगरपालिकाकी ८ वर्षीया विष्णु तिरुवाको दाहसंस्कारका लागि आफन्त र गाउँलेहरू सोमवार भेरी नदी घाटमा पुगेका थिए । सोमवार अपरान्ह उनको शव लिएर मलामी...
जाजरकोटको रामीडाँडालाई केन्द्रबिन्दु बनाएर गएराति गएको ६.४ म्याग्निच्यूडको भूकम्पका कारण धनजनको ठूलो क्षति भएको छ । नेपाल प्रहरीले दिएको तथ्यांकअनुसार १२९ जनाको मृत्यु भइसकेको छ भने १४० जना घाइते छन् ।...
गएराति गएको भूकम्पले सबैभन्दा बढी जाजरकोटको नलगाड क्षेत्रमा क्षति गरेको छ । नलगाड नगरपालिकामा मात्रै तीन दर्जन बढीको ज्यान गएको जिल्ला प्रशासन कार्यालय जाजरकोटले जनाएको छ । अझै यकिन विवरण आउन बाँकी छ । ...
सामान्यतः मानव समाजको आजसम्मको इतिहास जनयुद्धको इतिहास हो भन्दा फरक पर्दैन । किनकि, समयका प्रत्येक खण्डमा चाहे ती स्पाटाहरू होउन् या चार्टिष्टियन, सिलेसियाली होउन् या कम्युनाडोहरू अनि वोल्सेभिक–भियतकङ्&ndash...
रूढिवादी र पछौटे समाजले सधैँभरि अवतारको प्रतीक्षा गर्दछ । प्रतीक्षा गर्नेले आफू केही पनि कर्म गर्दैन र उसलाई पौरखमा त्यति विश्वास पनि हुँदैन । सामान्यतया व्यक्तिगत जीवनमा भाग्य र सामाजिक जीवनमा अवतारको प्रत...
कसैले आएर सत्य भनेको के हो ? भनेर सोध्यो भने हामी अलमलिन्छौँ । कसैले केही भनौँला कसैले केही । अझ कसैले त सत्य भनेको सत्य नै हो भन्न पनि बेर लगाउन्नौँ । तर सत्य त्यो मात्र होइन । सत्य भनेको हामी आफैँ हौँ । सत्य...