दाङमा जरायोको सिङसहित तीन जना पक्राउ

दाङमा जरायोको सिङसहित तीनजना पक्राउ परेका छन् । 


Advertisement

दाङ प्रहरीले शनिबार राति दाङ बबई गाउँपालिका–१, गंगटे २२ वर्षीय जीवन घर्ती, बबई–४, हापुरे ३९ वर्षीय ईन्द्रबहादुर केसी र सल्यान शारदा नगरपालिका–४, साइलाकम्दाका २२ वर्षीय बिनोद वलीलाई पक्राउ गरेको हो । 


Advertisement

उनीहरूको साथबाट जरायोको दुई थान सिङ बरामद गरिएको छ । थप अनुसन्धानका लागि जिल्ला वन कार्यालयमा पठाइएको प्रहरीले जनाएको छ ।


Advertisement

लोकान्तर संवाददाता
लोकान्तर संवाददाता

लेखकबाट थप...

कमेन्ट गर्नुहोस्