काठमाडौं उपत्यकामा १० दिन थपियो निषेधाज्ञा

काठमाडौं उपत्यकामा निषेधाज्ञा १० दिन थप गरिएको छ । साउन ११ देखि साउन २० सम्म निषेधाज्ञा थप गरिएको हो । 


Advertisement

यस अवधिमा सभा सम्मेलन, पार्टी प्यालेस, सिनेमा हल, डान्सबार, दोहोरी, नाचघर, क्लब, स्वीमिङ पुल, मनोरञ्जन स्थल, संग्रहालय, रंगशालामा हुने दर्शकसहितको खेलकुद, भीडभाड हुने कार्यक्रमहरू सञ्चालन गर्न पाइने छैन । 


Advertisement

त्यस्तै खुला स्थानमा भेला, भीडभाड गर्न, सभा, जुलुस, महोत्सव, भोजभतेरलाई पनि निषेध गरिएको छ । 

पुजारीबाट हुने नित्य पूजाबाहेक धार्मिक तथा सांस्कृतिक गतिविधि सञ्चालन गर्न नपाइने, शैक्षिक संस्थाले भौतिक उपस्थितिमा पठनपाठन गर्न नपाउने, स्थानीय ढुवानी बिहान ९ देखि ११ बजेसम्म र अपरान्ह ४ देखि ७ बजेसम्म सञ्चालन गर्न नपाउने भनिएको छ । 


Advertisement

लोकान्तर संवाददाता
लोकान्तर संवाददाता

लेखकबाट थप...

कमेन्ट गर्नुहोस्