×

NMB BANK
NIC ASIA

नेप्सेमा भारी वृद्धि, ९ कम्पनीको शेयरमा सकारात्मक सर्किट

साउन १०, २०७८

NTC
Sarbottam
Premier Steels
Marvel

धितोपत्र बजारमा शेयर कारोबार मापक नेप्से परिसूचक आइतवार उच्च अंकले वृद्धि भएको छ ।

Sagarmatha Cement
Muktinath Bank

गत हप्ता सामान्य अंकले सुधार भएको बजारमा यस साताको पहिलो कारोबार दिन नै नेप्सेमा ५४.३१ विन्दुले उकालो लागेर ३ हजार ५८.६३ मा पुगेको छ । 


Advertisment
RMC TANSEN
IME BANK INNEWS
shivam ISLAND

ठूला कम्पनीको शेयर कारोबार मापन गर्ने सेन्सेटिभ परिसूचक ११.७४ विन्दुले बढेर ५७४.०२ मा पुगेको छ । नेप्सेमा उच्च अंकको वृद्धिसँगै कारोबार रकम पनि आइतवार उल्लेख्य वृद्धि भएको छ ।


Advertisment
Nabil box
Kumari

कूल २२३ कम्पनीको ४ करोड ३९ लाख ३९ हजार २१२ कित्ता शेयर १४ अर्ब २३ करोड २४ लाख १७ हजार ४७२ रुपैयाँ मूल्यमा खरिद बिक्री भए । 

Vianet communication
Laxmi Bank

कारोबार भएका कूल १३ उपसमूहमध्ये आइतवार २ उपसमूहको शेयर ओरालो लाग्दा ११ उपसमूहको शेयर उकालो लागेको छ । होटल तथा पर्यटन २२.५ र सामूहिक लगानी कोष ०.२४ विन्दुले घटेको छ । बैंकिङ ७२.१४, व्यापार २.७१, विकास बैंक १३, जलविद्युत् ७१.६, निर्जीवन बीमा ४८.४२, उत्पादन ७१.८६, अन्य ६.६, लघुवित्त ८६.२३, जीवन बीमा ३०.८६ र लगानी ०.०४ विन्दुले बढेको छ । 

कारोबारका आधारमा आइतवार नेपाल बैंक शीर्ष स्थानमा रहेको छ । सो बैंकको ४९ करोड ७६ लाख ६५ हजार १८२ रुपैयाँ मूल्यमा खरिद बिक्री भए । ग्लोबल आईएमई बैंक ४९ करोड ४४ लाख ३९ हजार रुपैयाँ, एनसीसी बैंक ३४ करोड ७८ लाख ९८ हजार ५६८, अरुण काबेली पावर ३४ करोड २ लाख ६५ हजार ५३७ र एनआईसी एशिया बैंक ३३ करोड ८० लाख ४५ हजार ३५१ बराबरको कारोबार भई शीर्ष स्थानमा रहेको छ । 

नेप्सेका अनुसार विशाल बजार कम्पनी, ङादी ग्रूप अफ पावर, सपोर्ट माइक्रोफाइनान्स राधी विद्युत् कम्पनी पञ्चकन्या माई हाइड्रोपावर, कालिका पावर कम्पनी, जोशी हाइड्रोपावर, युनिभर्सल पावर र हमालयन ऊर्जा विकास कम्पनीको शेयरमा १० प्रतिशतले वृद्धि भई सकारात्मक सर्किट लागेको छ । 

लक्ष्मी उन्नती कोष ३.९५, कुमारी इक्विटी फण्ड ३.७०, लक्ष्मी बैंकको ऋणपत्र ३.३०, ओरियन्टल होटल २.८८ र प्रभू सेलेक्ट फण्डका लगानीकर्ताले २.७३ प्रतिशतले गुमाए । आइतवारको कारोबारपछि बजार पूँजीकरण ४२ खर्ब ५४ अर्ब ७५ करोड ३० लाख ३३ हजार ७५६ बराबर पुगेको छ ।

hAMROPATRO BELOW NEWS
TATA Below
कात्तिक ३०, २०८०

नेपाल बैंक लिमिटेड ८७ औं वर्षमा प्रवेश गरेको छ । स्थापनाको ८६ औं वर्षको कार्यकाल सफलातापूर्वक पूरा गरेको अवसरमा बैंकको प्रधान कार्यालयमा रक्तदान कार्यक्रम आयोजना गरिएको थियो ।  कार्यक्रममा १५० जनाले ...

फागुन ४, २०८०

​​एनआईसी एशिया बैंक वाणिज्य बैंकहरूमध्यमा उत्कृष्ट बैंक बन्न सफल बनेको छ । चालू आर्थिक वर्षको पुस मसान्तसम्मको प्रमुख वित्तीय परिसूचकका अनुसार एनआईसी एशिया उत्कृष्ट बैंक बन्न सफल बनेको हो । उत्कृष्ट बन्न सफल ...

कात्तिक २, २०८०

नेपाल इन्भेष्टमेन्ट मेगा बैंक लिमिटेड (एनआईएमबी)ले देशको विभिन्न क्षेत्रहरूमा रहेका ११ वटा यातायात व्यवस्था कार्यालयहरूबाट क्यूआर कोडमार्फत विभिन्न शीर्षकमा राजश्व संकलनको व्यवस्था मिलाएको छ । यो सुविधाले गर्दा ...

कात्तिक ६, २०८०

ग्लोबल आइएमई बैंकले डिजिटल बैंकिङ सेवालाई प्रवर्द्धन गर्न आफ्ना ग्राहकहरूलाई ग्लोबल स्मार्ट प्लसमार्फत् हुने कारोबारमा क्यासब्याक दिने योजना सार्वजनिक गरेको छ । बैंकको ग्लोबल स्मार्ट प्लस ए्याप प्रयोगकर्ताहरूले विजया ...

मंसिर ४, २०८०

एनएमबि बैंक लिमिटेडले 'प्रिमियम सुपर तलब खाता'मा आकर्षक सुविधा उपलब्ध गराउँदै आएको छ, सोही कारण उक्त खाता एनएमबि बैंकको लोकप्रिय 'प्रोडक्ट'का रूपमा चर्चित छ । निक्षेपमा उच्च ब्याजदर, कर्पोरे...

कात्तिक २३, २०८०

एसियाली बैंक एसोसियसन (एबीए)को ३९ औं वार्षिक सम्मेलनको अवसरमा १८ एसियाली देशका ६३ बैंकर काठमाडौंमा भेला भएका छन् । नेपाल बैंकर्स एसोसियसन (एनबीए)को संयोजनमा नेपालमा पहिलो पटक आयोजना गरिएको सम्मेलनमा विभ...

अपराजित जनयुद्धको पराजित कथा

अपराजित जनयुद्धको पराजित कथा

चैत १४, २०८०

सामान्यतः मानव समाजको आजसम्मको इतिहास जनयुद्धको इतिहास हो भन्दा फरक पर्दैन । किनकि, समयका प्रत्येक खण्डमा चाहे ती स्पाटाहरू होउन् या चार्टिष्टियन, सिलेसियाली होउन् या कम्युनाडोहरू अनि वोल्सेभिक–भियतकङ्&ndash...

निर्मोही राज्य र युगीन अवतारको प्रतीक्षामा नेपाली समाज

निर्मोही राज्य र युगीन अवतारको प्रतीक्षामा नेपाली समाज

चैत १२, २०८०

रूढिवादी र पछौटे समाजले सधैँभरि अवतारको प्रतीक्षा गर्दछ । प्रतीक्षा गर्नेले आफू केही पनि कर्म गर्दैन र उसलाई पौरखमा त्यति विश्वास पनि हुँदैन ।  सामान्यतया व्यक्तिगत जीवनमा भाग्य र सामाजिक जीवनमा अवतारको प्रत...

सत्यको खोजी

सत्यको खोजी

चैत १०, २०८०

कसैले आएर सत्य भनेको के हो ? भनेर सोध्यो भने हामी अलमलिन्छौँ । कसैले केही भनौँला कसैले केही । अझ कसैले त सत्य भनेको सत्य नै हो भन्न पनि बेर लगाउन्नौँ । तर सत्य त्यो मात्र होइन । सत्य भनेको हामी आफैँ हौँ । सत्य...

x