नर्भिकले हरेक शनिवार निःशुल्क ओपिडी सेवा दिने


नर्भिक इन्टरनेशनल हस्पिटलले अब प्रत्येक शनिवार निःशुल्क ओपिडी सेवा संचालन गर्ने भएको छ ।
नर्भिक हस्पिटलका प्रमुख कार्यकारी अधिकृत अजयकुमार मिश्रका अनुसार आउने शनिवारदेखि नै यो अभियानको थालनी हुनेछ ।


Advertisement

प्रत्येक साताको शनिवार कुनै विशेषज्ञ डाक्टरले २ घण्टा निःशुल्क ओपिडी सेवा दिनेछन् । निःशुल्क ओपिडी सेवा लिनका लागि नर्भिक अस्पतालका ओपिडी प्रमुख क्षितिज उप्रेतीलाई सम्पर्क गरेर आफ्नो नाम टिपाउन सकिनेछ ।


Advertisement

प्रत्येक साताको शनिबारका लागि तोकिएको विशेषज्ञ डाक्टरले बिहान १० बजेदेखि मध्यान्ह १२ बजेसम्म बिरामीहरुको निःशुल्क जाँच गर्नेछन् ।

 


Advertisement

लोकान्तर संवाददाता
लोकान्तर संवाददाता

लेखकबाट थप...

कमेन्ट गर्नुहोस्