×

NMB BANK
NIC ASIA

माओवादी बैठकमा प्रचण्डको ब्रिफिङ– माधवजीहरू पनि सरकारमा सहभागी हुनुहुन्छ

साउन १२, २०७८

NTC
Sarbottam
Premier Steels
Marvel

नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले एमालेको माधव नेपाल समूह पनि सरकारमा सहभागी हुने संकेत गरेका छन् ।

Muktinath Bank

मंगलवार बसेको स्थायी कमिटी बैठकमा प्रचण्डले नेपाल समूह सरकारमा सहभागी हुने बताएका हुन् । 


Advertisment
RMC TANSEN
IME BANK INNEWS
shivam ISLAND

त्यसका लागि सत्तारुढ गठबन्धनको बैठक भोलिका लागि तय भएको जानकारी प्रचण्डले गराएको एक स्थायी कमिटी सदस्यले लोकान्तरले जानकारी दिए ।


Advertisment
Nabil box
Kumari

‘सत्तारुढ गठबन्धनको भोलिका लागि तय भएको बैठकले मन्त्रालयको भागबण्डा टुंग्याउँछ । त्यसपछि हामीहरू बसेर मन्त्री छानौंला,’ प्रचण्डले गरेको ब्रिफिङबारे ती सदस्यले लोकान्तरसँग भने । 

Vianet communication
Laxmi Bank

प्रचण्डले आज केही प्रदेश प्रमुखहरू हेरफेर हुने र भोलि मन्त्रिपरिषद् विस्तारको तयारी रहेको बैठकलाई जानकारी गराएका थिए ।

स्थायी कमिटी बैठक सकिएलगत्तै प्रधानमन्त्री शेरबहादुर देउवालाई भेट्न प्रचण्ड बालुवाटार गएका थिए । 

माधव नेपाल पक्षका एक स्थायी कमिटी सदस्यले सरकारमा सहभागी हुने सम्भावनाबारे अनविज्ञता प्रकट गरे । 

‘प्रचण्डले कहाँ के भन्नुभयो थाहा भएन । सरकारमा सहभागी हुनेबारे हामीले कुनै निर्णय गरेका छैनौं,’ नेपालपक्षीय एक स्थायी कमिटी सदस्यले लोकान्तरसँग भने । 

सोमवार बसेको नेपाल पक्षको स्थायी कमिटी बैठकले सम्मानजनक ढंगले पार्टी एकता गर्ने निर्णय गरेको थियो । 

माधव नेपाल पक्षका २२ सांसदले प्रधानमन्त्री शेरबहादुर देउवालाई विश्वासको मत दिएका थिए ।

प्रधानमन्त्री शेरबहादुर देउवालाई विश्वासको मत दिएका नेपाल समूहका सांसदहरूले भने सरकारमा सहभागी हुनुपर्ने धारणा राख्दै आएका छन् । 

hAMROPATRO BELOW NEWS
TATA Below
माघ १८, २०८०

​सरकारी जग्गा हिनामिना प्रकरणमा डलर अर्बपति एवं कांग्रेस सांसद विनोद चौधरी पनि तानिएका छन् । बाँसबारी छाला जुत्ता कारखानाको जग्गा हडपेको आरोपमा भाइ अरुण चौधरी पक्राउ परेलगत्तै विनोद चौधरीले समेत संल...

कात्तिक १८, २०८०

भूकम्पमा परेर रुकुम पश्चिमबाट उद्धार गरी काठमाडौं ल्याइएकी ६३ वर्षीया वृद्धा बली बुढाथोकीले आफूले नसोचेको घटना भोग्नु परेको बताएकी छिन् । उपचारका लागि त्रिवि शिक्षण अस्पताल महाराजगञ्जमा ल्याइएकी बुढाथोकीले आफू ...

कात्तिक २०, २०८०

‘मोबाइल डिभाइस म्यानेजमेन्ट सिस्टम (एमडीएमएस)’ आज (सोमबार)देखि लागू हुने भएको छ । नेपाल दूरसञ्चार प्राधिकरणले पहिलो चरणमा प्रणालीमा दर्ता नभएका केही मोबाइलको नेटवर्क लक गरेर यो प्रणाली कार्यान्वयन...

कात्तिक २०, २०८०

जाजरकोट भूकम्पमा ज्यान गुमाउनेमध्ये आधा बढी बालबालिका रहेका छन् । नेपाल प्रहरीले उपलब्ध गराएको तथ्याङ्क अनुसार कात्तिक १७ गते राति गएको भूकम्पबाट मृत्यु भएका १५३ मध्ये ७८ बालबालिका छन् । जाजरक...

कात्तिक २०, २०८०

शुक्रवार मध्यरातिको भूकम्पमा परेर मृत्यु भएकी जाजरकोट भेरी नगरपालिकाकी ८ वर्षीया विष्णु तिरुवाको दाहसंस्कारका लागि आफन्त र गाउँलेहरू सोमवार भेरी नदी घाटमा पुगेका थिए ।​​ सोमवार अपरान्ह उनको शव लिएर मलामी...

कात्तिक २१, २०८०

गत शुक्रबार राति गएको भूकम्पले जाजरकोट र रुकुम पश्चिम तहसनहस बनेका छन् । बाक्लो बस्ती रहेका बस्ती भूकम्पले उजाड बनेका छन् । प्रभावित क्षेत्रमा सन्नाटा छाएको छ ।  बाँचेकाहरू शोक र पीडामा छन् ।  ...

'एमाले यो सरकारको धरौटीमा छ, बजेट सहमतिमै बन्छ'

'एमाले यो सरकारको धरौटीमा छ, बजेट सहमतिमै बन्छ'

बैशाख ७, २०८१

हामी १५औं अन्त्य गरेर १६औं योजनाको तयारीमा जाँदै छौं । दलका शीर्ष नेताबीच १६औं योजनाको विषयमा छलफल भएको छ । १५औं योजनाको असफलता र नमिलेका कुरालाई १६औं मा सुधार्छौं । हाम्रो गन्तव्य कहाँ हो भन्ने संविधानले ...

उल्लासविहीन नयाँ वर्ष, चंगुलमा परेको लोकतन्त्र

उल्लासविहीन नयाँ वर्ष, चंगुलमा परेको लोकतन्त्र

बैशाख ६, २०८१

सच्चा लोकतन्त्रमा सिमान्तमा रहेको नागरिकले पनि यो देश मेरो हो भन्ने अनुभूति गर्न सक्नेछ- माहात्मा गान्धी । माथि गान्धीको भनाइ किन उद्धृत गरिएको हो भने नयाँ वर्षको आगमन भैसकेको छ र २०८० को बिदाइ बडो हर्षपूर्वक...

ज्ञान र विज्ञानको भण्डार

ज्ञान र विज्ञानको भण्डार

बैशाख १, २०८१

एक दिन काम विशेषले नयाँ सडकतिर गएको थिएँ, मोबाइल टिङटिङ गर्‍यो । हेरेँ पुराना मित्र जयदेव भट्टराई, सम्पादक मधुपर्क (हाल अवकाश प्राप्त) ले सम्झेका रहेछन् । हामी दुई लामो समयसम्म सँगै रह्यौँ, कहिले गोरखापत्र...

x