×

NMB BANK
NIC ASIA

भदौ १६ गतेमै महाधिवेशनको उद्घाटन गर्न चाहन्छु : देउवा

साउन १६, २०७८

NTC
Sarbottam
Premier Steels
Marvel

प्रधानमन्त्री तथा नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाले नेपाली कांग्रेसको १४औं महाधिवेशन भदौ १६ गतेमै गराउने अठोट पुनः दोहोर्‍याएका छन् ।

Sagarmatha Cement
Muktinath Bank

उनले सबै मिलेर विवाद समाधान गरेर जाऔं, म भदौ १६ गते नै महाधिवेशनको उद्घाटन गर्न चाहन्छु’ भनेर बैठकमा महाधिवेशन गराउने अडान व्यक्त गरे ।


Advertisment
RMC TANSEN
IME BANK INNEWS
shivam ISLAND

पछिल्लो समयमा कांग्रेसका शीर्ष नेताहरू विवाद समाधानका लागि अहोरात्र खटेका छन् । तल्लो तहका नेताहरूले आफ्नो जिम्मेवारी पूरा नगरी केन्द्रमा क्रियाशील सदस्यको विवरण पठाएका कारण महाधिवेशनको स्थानीय तहको कार्यतालिका नै प्रभावित भएको छ ।


Advertisment
Nabil box
Kumari

नेताहरूका अनुसार क्रियाशील सदस्यताको ९८ प्रतिशतको काम सकिएको छ । यो विवाद समाधान गर्न लागि बूढानीलकण्ठमा शुक्रवार बसेको शीर्ष नेताहरू सभापति देउवा, वरिष्ठ नेता रामचन्द्र पौडेल, पूर्व महामन्त्री कृष्णप्रसाद सिटौलासहितका नेताहरूबीच घनीभूत छलफल भएको छ ।

Vianet communication
Laxmi Bank

पार्टीका सहमहामन्त्री डा. प्रकाशशरण महतले क्रियाशील सदस्यताको विवाद मिलाउन नेताहरू छलफलमा जुटेको जानकारी दिँदै छिट्टै निकास निस्कने जानकारी दिए । उनले क्रियाशील सदस्यता छानबिन समितिले धेरै काम पूरा गरेकाले अब बाँकी विषय नेताहरूले टुंगो लगाउने बताए ।

कांग्रेसका मुख्यसचिव कृष्णप्रसाद पौडेलका अनुसार बैठकमा प्रधानमन्त्री देउवाले सबै मिलेर विवाद समाधान गरेर जाऔं, म भदौ १६ गते नै महाधिवेशनको उद्घाटन गर्न चाहन्छु’ भनेका छन् । प्रधानमन्त्री बैठकबाट बाहिरिए पनि अन्य नेताहरू लामो समयसम्म बैठकमा व्यस्त रहे ।

डा. प्रकाशशरण महत सभापति देउवा र केन्द्रीय सदस्य डा. मीनेन्द्र रिजाल नेता पौडेलको सहयोगीका रूपमा उपस्थित थिए । क्रियाशील सदस्यता छानबिन समितिका संयोजक रमेश लेखक बैठकमा सहभागी थिए ।

समायोजनसम्बन्धी कार्य पनि बाँकी रहेकाले उपसभापति विमलेन्द्र निधिको संयोजकत्वमा समायोजन समितिमा उपसभापति विजयकुमार गच्छदार, डा. प्रकाशशरण महत, दीपक गिरी, दिलेन्द्रप्रसाद बडू सहितको बैठक पनि शुक्रवार लामो समयसम्म बसेको जानकारी मुख्यसचिव पौडेलले दिए । यी दुवै समितिको बैठक शनिवार १२ बजे पुनः बस्नेछ । समायोजनको काम नसिकिँदा क्रियाशील सदस्यताको विवाद समाधान हुन समस्या भएको हो ।

नेपाली कांग्रेसमा विवाद बाँकी रहेका जिल्लाको क्रियाशील सदस्यताको समस्या समाधानका लागि नयाँ मापदण्ड बनाइने भएको छ । नयाँ मापदण्ड बनाएर क्रियाशील सदस्यताको विवाद मिलाउने सहमतिमा पार्टीका शीर्ष नेताहरू पुगेका छन् ।

नेताहरूले साउन १९ गतेभित्र क्रियाशील सदस्यताको बाँकी जिल्लाको टुंगो लगाउने छन् । यसअघि बिहीवार बसेको पार्टी पदाधिकारी तथा पूर्व पदाधिकारीको बैठकले ५ दिनभित्र विवादको टुंगो लगाउने जिम्मेवारी पार्टीको शीर्ष नेतृत्वलाई दिने निर्णय गरेको थियो ।

नयाँ कार्यतालिका आउने

यसैबीच पार्टीमा क्रियाशील सदस्यताको अन्तिम किनारा लागेपछि मात्रै विभिन्न तहको संशोधित कार्यतालिका सार्वजनिक गरिने भएको छ । शीर्ष नेताहरूले साउन १९ गतेसम्म विवाद भएका जिल्लाको समस्या समाधान गरेपछि मात्र नयाँ कार्यतालिका ल्याउने सम्भावना रहेको औंल्याइएको छ ।

अब कार्यतालिका संशोधन गर्नु नपर्ने गरी नयाँ कार्यतालिका सार्वजनिक गर्नुपर्ने कुरा पार्टीको बैठकमा नेताहरूले उठाएका छन् । काँग्रेसले साउन १२ गतेका लागि तय गरेको वडास्तरको अधिवेशन स्थगित गर्ने निर्णय यसअघि नै गरिसकेको छ ।

साउन १६ गते पार्टीको ७५३ वटै स्थानीय तह (गाउँपालिका र नगरपालिका स्तर) को अधिवेशन तय गरिए पनि अब त्यो समेत रोकिने निश्चित भएको छ ।

विवाद नेताको जिम्मामा

पार्टीका शीर्ष नेताहरूले अब २ नम्बर प्रदेशका ४ वटा र बागमती प्रदेशका २ वटा जिल्ला गरी ६ वटा जिल्लाको विवाद मिलाउन नयाँ मापदण्ड बनाउनुपर्नेछ । बारा र सप्तरी जिल्लामा नयाँ क्रियाशील सदस्यताको विवाद सिर्जना भएपछि सदस्यता छानबिन गर्न गठित केन्द्रीय सदस्य रमेश लेखक नेतृत्वको समितिले छानबिन नै नगरी शीर्ष नेतृत्वलाई नै विवाद मिलाउन जिम्मेवारी सुम्पेको थियो ।

नयाँ क्रियाशील सदस्यताको विषयमा सदस्यता छानविन समितिका पदाधिकारीकै बीचमा फरक मत आएपछि शीर्ष नेतालाई नै मिलाउने जिम्मेवारी दिइएको छ ।

छानबिन समितिमा केन्द्रीय सदस्य कल्याण गुरुङले फरक मत दर्ज गरेका थिए । यी २ जिल्लाबाट क्रियाशील सदस्यताको सूची पनि ढिला प्राप्त भएको जनाइएको छ । धनुषा र सर्लाहीमा क्रियाशील सदस्यताको नवीकरणसम्बन्धी विवाद छ ।

सिन्धुपाल्चोक र रसुवामा नवीकरण र पार्टी समायोजनपछिको नयाँ सदस्यतासम्बन्धी विवाद रहेको जानकारी नेताहरूले दिएका छन् । कांग्रेसको १४औं महाधिवेशन आउँदो भदौ १६ देखि १९ गतेसम्म काठमाडौंमा गर्ने निर्णय पार्टीले यसअघि नै गरिसकेको छ । गोरखापत्र दैनिकमा खबर छ ।

hAMROPATRO BELOW NEWS
TATA Below
माघ ३, २०८०

चालुु  आर्थिक  वर्ष  २०८०/८१  मा  नेपाली  श्रमिकका लागि मलेसियाको रोजगारी घटेको छ । गत आव २०७९/८० मा पहिलो श्रम गन्तव्य देश बनेको मलेसिया चालुु आवमा क्रमशः घटेर तेस्रो र चौथो ...

फागुन १५, २०७४

बुटवल, १५ फागुन-  भैरहवास्थित गौतम बुद्ध अन्तर्राष्ट्रिय विमानस्थलमा ३५ जना चिनियाँसहित २ सय मजदुर काम गरिरहेका छन् । केही निर्माण उपकरण र मेसिनरी यन्त्र थपिएका छन् । द्रुतगतिमा कच्चा पदार्थ संकलन भएको छ । च...

माघ २५, २०८०

त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलका प्रहरी प्रमुख प्रहरी नायब महानिरीक्षक (डिआइजी) अर्जुन चन्दले राजीनामा दिएको चर्चा झन्डै एक साता चल्यो तर प्रहरी प्रधान कार्यालयले चन्दको राजीनामा नभई सोमबार १० दिनको बिदा स्वीकृत ग...

कात्तिक २३, २०७८

विशेष  आर्थिक  क्षेत्र  (सेज)भित्र मदिरा,  सुर्तीजन्य  र  विस्फोटक  पदार्थ  उत्पादन  गर्ने  उद्योग स्थापना  गर्न  नपाइने  भएको  छ।  विश...

कात्तिक २४, २०८०

सवारीसाधन  सुविधा  प्राप्त  गर्ने  कर्मचारीलाई  इन्धनबापत नगद उपलब्ध गराउन सरकारले निर्देशिका जारी गरेको छ । सुशासन (व्यवस्थापन तथा सञ्चालन) ऐन, २०६४ को दफा ४५ ले दिएको अधिकार प्रयोग ...

माघ २४, २०८०

कास्की प्रहरीले राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) सभापति रवि लामिछानेसहित थप १८ जनाविरुद्ध अनुसन्धान  सुरु  गरेको  छ  ।  पोखराको  सूर्यदर्शन  बचत तथा ऋण सहकारी ठगी प्रकरणमा ...

अपराजित जनयुद्धको पराजित कथा

अपराजित जनयुद्धको पराजित कथा

चैत १४, २०८०

सामान्यतः मानव समाजको आजसम्मको इतिहास जनयुद्धको इतिहास हो भन्दा फरक पर्दैन । किनकि, समयका प्रत्येक खण्डमा चाहे ती स्पाटाहरू होउन् या चार्टिष्टियन, सिलेसियाली होउन् या कम्युनाडोहरू अनि वोल्सेभिक–भियतकङ्&ndash...

निर्मोही राज्य र युगीन अवतारको प्रतीक्षामा नेपाली समाज

निर्मोही राज्य र युगीन अवतारको प्रतीक्षामा नेपाली समाज

चैत १२, २०८०

रूढिवादी र पछौटे समाजले सधैँभरि अवतारको प्रतीक्षा गर्दछ । प्रतीक्षा गर्नेले आफू केही पनि कर्म गर्दैन र उसलाई पौरखमा त्यति विश्वास पनि हुँदैन ।  सामान्यतया व्यक्तिगत जीवनमा भाग्य र सामाजिक जीवनमा अवतारको प्रत...

सत्यको खोजी

सत्यको खोजी

चैत १०, २०८०

कसैले आएर सत्य भनेको के हो ? भनेर सोध्यो भने हामी अलमलिन्छौँ । कसैले केही भनौँला कसैले केही । अझ कसैले त सत्य भनेको सत्य नै हो भन्न पनि बेर लगाउन्नौँ । तर सत्य त्यो मात्र होइन । सत्य भनेको हामी आफैँ हौँ । सत्य...

x