मंसिर १४, २०८०
नेपाली सेनाका कर्णेल कामेश्वर यादवको घरमा चोरी भएको छ । ललितपुर महानरपालिका–१८ भैँसेपाटीमा रहेको उनको घरबाट १९ लाख ४२ हजार ६ सय रुपैयाँसहित विभिन्न सामानहरू चोरी भएको जिल्ला प्रहरी परिसरका एसएस...
महानगरीय ट्राफिक प्रहरी महाशाखाले भक्तपुरबाट दुईवटा पल्सर मोटरसाइकलसहित चोरीमा संलग्न तीन जनालाई पक्राउ गरेको छ ।
पक्राउ पर्नेमा रामेछाप घर भई भक्तपुर बस्ने १९ वर्षीय दीपेन्द्र भुजेल, ताप्लेजुङका १९ वर्षीय विशेष लिम्बु र धनुषाका २१ वर्षीय विकल थापा रहेका छन् ।
भक्तपुर सरस्वती खेलका वासुदेव खड्काको आफ्नै घर अगाडिबाट २०७६ सालमा बा ९७ प १३०५ नम्बरको मोटरसाइकल हराएको थियो । सो मोटरसाइकलको नम्बर परिवर्तन गरेर बा ९५ प ४१६८ भएको अवस्थामा ट्राफिक प्रहरी टोलीले भुजेल र लिम्बुलाई पक्राउ गरेको हो ।
त्यस्तै पशुपति क्षेत्रबाट हराएको कीर्तिपुर बस्ने प्रशान्त रावलको बा ९६ प ८८३६ नम्बरको पल्सरको वास्तविक नम्बर परिवर्तन गरेर बा ९१ प ८६७२ नम्बर प्रयोग गरेको अवस्थामा धनुषाका थापालाई समेत भक्तपुरबाटै नियन्त्रणमा लिएको महाशाखाले जनाएको छ ।
उपत्यकाको विभिन्न स्थानहरूबाट हुने मोटरसाइकल चोरीका घटनाहरूलाई न्यूनीकरण गर्न सादा पोसाकमा ट्राफिक प्रहरी परिचालन गरिएको महाशाखाले जनाएको छ । चोरीमा संलग्न गिरोहलाई विशेष निगरानी गर्न, सूचना संकलन गर्न र त्यस्ता व्यक्तिहरूलाई पक्राउ गर्न विशेष अभियान सञ्चालन भइरहेको ट्राफिक प्रहरी प्रमुख एसएसपी जनक भट्टराईले बताए ।
मोटरसाइकलसहित तीनैजनालाई थप अनुसन्धान एवं कानूनी कारवाहीका लागि प्रहरी वृत्त ठिमीमा बुझाएको समेत ट्राफिक महाशाखाले जनाएको छ ।
महाशाखाले गत आर्थिक वर्षमा मोटरसाइकल चोरीमा संलग्न ५१ जनालाई पक्राउ गरी चोरी मुद्दा चलाउन विभिन्न प्रहरी इकाइमा पठाएको जनाएको छ । त्यस्तै हराएका ३९७ वटा मोटरसाइकल सम्बन्धित धनीलाई जिम्मा लगाएको महाशाखाको भनाइ छ ।
नेपाली सेनाका कर्णेल कामेश्वर यादवको घरमा चोरी भएको छ । ललितपुर महानरपालिका–१८ भैँसेपाटीमा रहेको उनको घरबाट १९ लाख ४२ हजार ६ सय रुपैयाँसहित विभिन्न सामानहरू चोरी भएको जिल्ला प्रहरी परिसरका एसएस...
काठमाडौँ उपत्यका अपराध अनुसन्धान कार्यालयले ‘कल गर्ल’ चाहिएमा उपलब्ध गराइदिने भनी ठगी गर्ने दुई जनालाई पक्राउ गरी आज सार्वजनिक गरेको छ । सामाजिक सञ्जालबाट ‘कल गर्ल’ उपल...
पाल्पामा १९ वर्षीया किशोरीलाई बलात्कार गरेको आरोपमा एक जना पक्राउ परेका छन् । पक्राउ पर्नेमा गुल्मीको इस्मा गाउँपालिका ६ का २६ वर्षीय जिज्ञाश दाहाल रहेका छन् । उनलाई मंगलवार साँझ पक्राउ गरिएको प्रहरीले जनाएको...
नेपाल प्रहरीको साइबर ब्युरोले सामाजिक सञ्जाल (टिकटक र फेसबूक)को दुरुपयोग गरी चरित्रहत्या गर्ने एक जनालाई बिहीव्ँरु पक्राउ गरेको छ । पक्राउ पर्नेमा सिराहा, लहान नगरपालिका स्थायी घर भइ हाल काठमाडौं बस्ने ३६ व...
मकवानपुरको मनहरि गाउँपालिका–८ हेटौंडा–नारायगढ सडकखण्डको सिमपानीमा रोकिराखेको एक ट्रकमा अवैधरूपमा ल्याइएको लागूपदार्थ गाँजा फेला परेपछि ट्रकसहित चालकलाई स्थानीय प्रहरीले नियन्त्रणमा लिएको छ...
उदयपुरमा २१ वर्षीया युवतीलाई बलात्कार गरेको आरोपमा एक जना पक्राउ परेका छन् । पक्राउ पर्नेमा लिम्चुङबुङ गाउँपालिका १ बाँस्बोटेका २५ वर्षीय टवीन्द्र राई रहेका छन् । उनलाई आइतवार दिउँसो पक्राउ गरिएको प्रहर...
ललितपुरको गोदावरीस्थित सनराइज हलमा नेकपा (एमाले)का दुई महत्वपूर्ण कार्यक्रम भए । एमालेको प्रथम विधान महाधिवेशन (२०७८ असोज १५ र १६ गते) सनराइज हलमै भएको थियो । विधान महाधिवेशनले विभाजनदेखि चौतर्फी घेराबन्दी...
हामी १५औं अन्त्य गरेर १६औं योजनाको तयारीमा जाँदै छौं । दलका शीर्ष नेताबीच १६औं योजनाको विषयमा छलफल भएको छ । १५औं योजनाको असफलता र नमिलेका कुरालाई १६औं मा सुधार्छौं । हाम्रो गन्तव्य कहाँ हो भन्ने संविधानले ...
सच्चा लोकतन्त्रमा सिमान्तमा रहेको नागरिकले पनि यो देश मेरो हो भन्ने अनुभूति गर्न सक्नेछ- माहात्मा गान्धी । माथि गान्धीको भनाइ किन उद्धृत गरिएको हो भने नयाँ वर्षको आगमन भैसकेको छ र २०८० को बिदाइ बडो हर्षपूर्वक...