×

NMB BANK
NIC ASIA

उपसभामुखमा जसपाको दाबी, संसदीय समितिको सभापति पनि माग्ने

साउन १७, २०७८

NTC
Sarbottam
फाइल फोटो
Premier Steels
Marvel

प्रतिनिधि सभाको रिक्त उपसभामुख पदमा जनता समाजवादी पार्टी (जसपा)ले दाबी गरेको छ ।

Muktinath Bank

जसपाले ५ मन्त्रालय, राज्यमन्त्री र संसदीय समितिको सभापतिमा पनि दाबी गरेको स्रोतले बतायो । 


Advertisment
RMC TANSEN
IME BANK INNEWS
shivam ISLAND

प्रतिनिधि सभाको उपसभामुख पद लामो समयदेखि रिक्त छ । संवैधानिक परिषद्को सदस्य समेत रहने भएकाले उपसभामुख पदमा कांग्रेसले पनि दाबी गर्दै आइरहेको छ । 


Advertisment
Nabil box
Kumari

आइतवार बसेको माओवादी स्थायी कमिटी बैठकमा अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले उपसभामुखमा जसपाको दाबी रहेको बताएका थिए । 

Vianet communication
Laxmi Bank

जसपाको महन्थ ठाकुर पक्षलाई सरकारमा सहभागी गराउन प्रयास गरिए पनि उनीहरू सरकारमा सहभागी हुन इच्छुक नदेखिएको ब्रिफिङ पनि प्रचण्डले गरेका थिए ।

डा. शिवमाया तुम्बाहाम्फेले राजीनामा गरेपछि प्रतिनिधि सभा उपसभामुखविहीन छ । सभामुख र उपसभामुख फरक राजनीतिक दलको हुनुपर्ने व्यवस्था छ । 

उपेन्द्र यादव पक्षले पार्टीभित्रको सन्तुलन मिलाउन भन्दै संसदीय समितिको सभापतिमा पनि दाबी गरेको स्रोतले बतायो । 

यसअघि तत्कालीन नेकपा क्रियाशील रहेको समयमा संसदीय समितिको सभापति निर्वाचित गरिएको थियो । 

सरकार परिवर्तनसँगै संसदीय समितिको नेतृत्व परिवर्तन गर्नेबारे गठबन्धनमा छलफल शुरू भएको छ । यसअघि कांग्रेसले सम्हालेको सार्वजनिक लेखा समिति अब प्रतिपक्षी दलले पाउने छ । 

लेखा समितिको सभापति प्रतिपक्षलाई दिने संसदीय परम्परा रही आएको छ । नेकपा एमालेका सांसद सभापति रहेको संसदीय समितिमा नेतृत्व परिवर्तन गर्ने गठबन्धनको तयारी छ । 
 

hAMROPATRO BELOW NEWS
TATA Below
कात्तिक १८, २०८०

भूकम्पमा परेर रुकुम पश्चिमबाट उद्धार गरी काठमाडौं ल्याइएकी ६३ वर्षीया वृद्धा बली बुढाथोकीले आफूले नसोचेको घटना भोग्नु परेको बताएकी छिन् । उपचारका लागि त्रिवि शिक्षण अस्पताल महाराजगञ्जमा ल्याइएकी बुढाथोकीले आफू ...

कात्तिक १८, २०८०

जाजरकोटको रामीडाँडालाई केन्द्रबिन्दु बनाएर गएराति गएको ६.४ म्याग्निच्यूडको भूकम्पका कारण धनजनको ठूलो क्षति भएको छ । नेपाल प्रहरीले दिएको तथ्यांकअनुसार १२९ जनाको मृत्यु भइसकेको छ भने १४० जना घाइते छन् ।...

कात्तिक २१, २०८०

गत शुक्रबार राति गएको भूकम्पले जाजरकोट र रुकुम पश्चिम तहसनहस बनेका छन् । बाक्लो बस्ती रहेका बस्ती भूकम्पले उजाड बनेका छन् । प्रभावित क्षेत्रमा सन्नाटा छाएको छ ।  बाँचेकाहरू शोक र पीडामा छन् ।  ...

माघ १८, २०८०

​सरकारी जग्गा हिनामिना प्रकरणमा डलर अर्बपति एवं कांग्रेस सांसद विनोद चौधरी पनि तानिएका छन् । बाँसबारी छाला जुत्ता कारखानाको जग्गा हडपेको आरोपमा भाइ अरुण चौधरी पक्राउ परेलगत्तै विनोद चौधरीले समेत संल...

कात्तिक १८, २०८०

जाजरकोट केन्द्रबिन्दु भएर गएको शक्तिशाली भूकम्पमा परी कम्तिमा ११९ जनाको मृत्यु भएको छ । जाजरकोट र रुकुम पश्चिमका विभिन्न स्थानमा भूकम्पमा परेर उक्त मानवीय क्षति भएको हो ।  जिल्ला प्रहरी कार्यालय जाजरकोटका ...

कात्तिक २०, २०८०

‘मोबाइल डिभाइस म्यानेजमेन्ट सिस्टम (एमडीएमएस)’ आज (सोमबार)देखि लागू हुने भएको छ । नेपाल दूरसञ्चार प्राधिकरणले पहिलो चरणमा प्रणालीमा दर्ता नभएका केही मोबाइलको नेटवर्क लक गरेर यो प्रणाली कार्यान्वयन...

'एमाले यो सरकारको धरौटीमा छ, बजेट सहमतिमै बन्छ'

'एमाले यो सरकारको धरौटीमा छ, बजेट सहमतिमै बन्छ'

बैशाख ७, २०८१

हामी १५औं अन्त्य गरेर १६औं योजनाको तयारीमा जाँदै छौं । दलका शीर्ष नेताबीच १६औं योजनाको विषयमा छलफल भएको छ । १५औं योजनाको असफलता र नमिलेका कुरालाई १६औं मा सुधार्छौं । हाम्रो गन्तव्य कहाँ हो भन्ने संविधानले ...

उल्लासविहीन नयाँ वर्ष, चंगुलमा परेको लोकतन्त्र

उल्लासविहीन नयाँ वर्ष, चंगुलमा परेको लोकतन्त्र

बैशाख ६, २०८१

सच्चा लोकतन्त्रमा सिमान्तमा रहेको नागरिकले पनि यो देश मेरो हो भन्ने अनुभूति गर्न सक्नेछ- माहात्मा गान्धी । माथि गान्धीको भनाइ किन उद्धृत गरिएको हो भने नयाँ वर्षको आगमन भैसकेको छ र २०८० को बिदाइ बडो हर्षपूर्वक...

ज्ञान र विज्ञानको भण्डार

ज्ञान र विज्ञानको भण्डार

बैशाख १, २०८१

एक दिन काम विशेषले नयाँ सडकतिर गएको थिएँ, मोबाइल टिङटिङ गर्‍यो । हेरेँ पुराना मित्र जयदेव भट्टराई, सम्पादक मधुपर्क (हाल अवकाश प्राप्त) ले सम्झेका रहेछन् । हामी दुई लामो समयसम्म सँगै रह्यौँ, कहिले गोरखापत्र...

x