×

NMB BANK
NIC ASIA

अब बच्चाले ल्याक्टोजिनको साटो 'आमाकै दूध' पाउने, स्थापना हुने भयो 'ह्यूमन मिल्क' बैंक

साउन १७, २०७८

NTC
Sarbottam
फाइल फोटो
Premier Steels
Marvel

सरकारले ‘ह्यूमन मिल्क बैंक’ स्थापना गर्ने भएको छ । 

Sagarmatha Cement
Muktinath Bank

स्वास्थ्य सेवा विभाग, परिवार कल्याण महाशाखाले आइतबार पत्रकार सम्मेलन गरी काठमाडौंको थापाथलीस्थित परोपकार प्रसुती गृह तथा स्त्रीरोग अस्पतालमा सो बैंक स्थापना गर्ने तयारी गरिएको जानकारी गराएको हो ।


Advertisment
RMC TANSEN
IME BANK INNEWS
shivam ISLAND

जन्मेदेखि ६ महिनासम्मका शिशुलाई अनिवार्य रूपमा आमाको दूध मात्रै खुवाउनुपर्ने भएकाले प्रशस्त दूध आउने आमाको दूध संरक्षण गरेर राख्न सो बैंक स्थापना गर्न लागिएको महाशाखाका पोषण शाखा प्रमुख केदारराज पराजुलीले जानकारी दिए ।


Advertisment
Nabil box
Kumari

“कम दूध आउने आमाका शिशुलाई चिकित्सकहरूको सल्लाहमा आमाकै दूधको व्यवस्था गर्न सरकारले ‘ह्यूमन मिल्क बैंक’ स्थापना गर्ने तयारी गरेको हो ।”

Vianet communication
Laxmi Bank

विश्व स्तनपान सप्ताहको शुभारम्भ कार्यक्रमको अवसरमा आयोजित सो पत्रकार सम्मेलनमा बोल्दै उनले भने, 'जुन आमाको दूध तत्काल आउँदैन वा कमी छ, त्यस्ता बच्चालाई सो बैंकमा राखिएको दूधको व्यवस्था गर्नेछौं । सो बैंक यसै वर्ष काठमाडौंको थापाथलीस्थित परोपकार प्रसुती गृह तथा स्त्री रोग अस्पतालमा स्थापना गरिनेछ ।'

शाखाले सो बैंकमा दूध राख्नका लागि करीब १ करोडको मेसिन खरिद गर्ने तयारी गरिएको पनि जनाएको छ ।

कार्यक्रममा आमाको दूधलाई विस्थापित गर्ने गरी आएको ‘ल्याक्टोजिन’को विज्ञापन नगर्न, नगराउन पनि सम्बन्धित सबै पक्षलाई सचेत गराएको छ ।

शाखाका प्रमुख पराजुलीले ल्याक्टोजिनको विज्ञापन गरेको पाइए कडा कारवाही गर्ने चेतावनी समेत दिए । उनले भने, “ल्याक्टोजिनको विज्ञापन कहीँ भएको पाइए त्यसउपर कडा कारवाही हुन्छ ।”

आजबाट शुरू भएको विश्व स्तनपान सप्ताह साउन २३ गतेसम्म चल्नेछ ।

“हामी सबैको साझा जिम्मेवारी, स्तनपान संरक्षण हुन्छ प्रभावकारी” भन्ने मूल नाराका साथ मनाउन शुरू गरिएको सो सप्ताहमा सबै स्थानीय तहमा समेत जनचेतनामूलक कार्यक्रम आयोजना हुने व्यवस्था मिलाइएको स्वास्थ्य सेवा विभाग, परिवार कल्याण महाशाखाले स्पष्ट पारेको छ ।

शिशु जन्मेको ६ महिनासम्म आमाको दूध मात्रै खुवाउनुपर्ने र त्यसभन्दा माथि उमेर पुगेपछि अन्य थप पोषणको पनि व्यवस्था गर्न सो सप्ताह मनाउने कामलाई जोड दिइएको पोषण शाखाका प्रमुख पराजुलीले बताए ।

स्तनपान संरक्षण तथा सम्वर्द्धन गर्ने उद्देश्यले सन् १९९२ देखि हरेक वर्ष विश्वभर विश्व स्तनपान सप्‍ताह मनाउँदै आइएको छ ।

hAMROPATRO BELOW NEWS
TATA Below
पुस २५, २०८०

आफूलाई ‘लिटिल बुद्ध’ भनेर दाबी गर्ने रामबहादुर बम्जन पक्राउ परेपछि उनीबारे नयाँ–नयाँ तथ्य सार्वजनिक भइरहेका छन् । प्रहरीले उनलाई मंगलबार साँझ ७ बजे काठमाडौंको बूढानीलकण्ठस्थित निवास...

मंसिर १४, २०८०

नेपाली सेनाका कर्णेल कामेश्वर यादवको घरमा चोरी भएको छ । ललितपुर महानरपालिका–१८ भैँसेपाटीमा रहेको उनको घरबाट १९ लाख ४२ हजार ६ सय रुपैयाँसहित विभिन्न सामानहरू चोरी भएको जिल्ला प्रहरी परिसरका एसएस...

कात्तिक २७, २०८०

तत्कालीन प्रहरी नायब महानिरीक्षक (डीआईजी) अशोक सिंहले २०७९ फागुन १० गते जिम्मेवारीबाट राजीनामा दिए । प्रहरी महानिरीक्षक (आईजीपी)को लाइनमा रहेका सिंहको जन्ममितिमा कैफियत देखिएपछि राजीनामा दिनुपरेको थियो ।&...

कात्तिक १५, २०८०

बाराको कलैया उपमहानरपालिका–६ मदर्सा टोलमा रहेको बाल एकता इंग्लिस बोर्डिङ स्कूलका प्रिन्सिपल गुड्डु भनिने रुपेश स्वर्णकारको हत्याका मुख्य योजनाका सोही विद्यालयकी पूर्वशिक्षिका तथा लेखापाल राधा गुप्ता रहेको ख...

कात्तिक २१, २०८०

भैहवाबाट झण्डै २० किलोमिटर पश्चिममा छ रुपन्देहीको सियारी–५ मा बैदौली गाउँ । सोही गाउँकी ३३ वर्षीया सावित्रा खरेल खनाल आमा बन्ने खुसीको मुखैमा थिइन् । विवाह गरेको दुई वर्ष मात्रै पुग्नै लाग्दा सावित्रा आम...

कात्तिक २२, २०८०

पाल्पामा १९ वर्षीया किशोरीलाई बलात्कार गरेको आरोपमा एक जना पक्राउ परेका छन् । पक्राउ पर्नेमा गुल्मीको इस्मा गाउँपालिका ६ का २६ वर्षीय जिज्ञाश दाहाल रहेका छन् । उनलाई मंगलवार साँझ पक्राउ गरिएको प्रहरीले जनाएको...

अपराजित जनयुद्धको पराजित कथा

अपराजित जनयुद्धको पराजित कथा

चैत १४, २०८०

सामान्यतः मानव समाजको आजसम्मको इतिहास जनयुद्धको इतिहास हो भन्दा फरक पर्दैन । किनकि, समयका प्रत्येक खण्डमा चाहे ती स्पाटाहरू होउन् या चार्टिष्टियन, सिलेसियाली होउन् या कम्युनाडोहरू अनि वोल्सेभिक–भियतकङ्&ndash...

निर्मोही राज्य र युगीन अवतारको प्रतीक्षामा नेपाली समाज

निर्मोही राज्य र युगीन अवतारको प्रतीक्षामा नेपाली समाज

चैत १२, २०८०

रूढिवादी र पछौटे समाजले सधैँभरि अवतारको प्रतीक्षा गर्दछ । प्रतीक्षा गर्नेले आफू केही पनि कर्म गर्दैन र उसलाई पौरखमा त्यति विश्वास पनि हुँदैन ।  सामान्यतया व्यक्तिगत जीवनमा भाग्य र सामाजिक जीवनमा अवतारको प्रत...

सत्यको खोजी

सत्यको खोजी

चैत १०, २०८०

कसैले आएर सत्य भनेको के हो ? भनेर सोध्यो भने हामी अलमलिन्छौँ । कसैले केही भनौँला कसैले केही । अझ कसैले त सत्य भनेको सत्य नै हो भन्न पनि बेर लगाउन्नौँ । तर सत्य त्यो मात्र होइन । सत्य भनेको हामी आफैँ हौँ । सत्य...

x