माघ १८, २०८०
चरम आर्थिक संकटबाट गुज्रिएको श्रीलंकाले सन् २०२२ को अन्त्यतिर औषधि किन्ने क्षमता पनि गुमाएको थियो । ५० अर्ब डलरभन्दा बढीको विदेशी ऋण 'डिफल्ट' भएको थियो भने लाखौंले रोजगारी गुमाएका थिए । दशौं लाख मान्छे...
साउन १८, २०७८
विगत ३ महिनादेखि लुम्बिनी प्रदेशमा जारी सत्ताको खेल नयाँ प्रदेश प्रमुख आएसँगै जटिल मोडतर्फ अगाडि बढेको छ ।
प्रदेश प्रमुख फेरिएपछि सत्ता परिवर्तनको खेल शुरू भएको छ ।
प्रदेश प्रमुख अमिक शेरचनले पदभार सम्हालेलगत्तै विपक्षी गठबन्धनले नयाँ सरकार गठनका लागि प्रदेश प्रमुखलाई बहुमत सांसदको हस्ताक्षरसहित सोमवार निवेदन पेश गरे । यसरी विपक्षीले सरकार परिवर्तनको प्रयास शुरू गरेका छन् । यससँगै सत्ता राजनीतिमा प्रदेश प्रमुख तानिएका छन् ।
सरकारमा सहभागी जनता समाजवादी पार्टी (जसपा) नेपालका पदमुक्त मन्त्री पुनर्बहालीको माग गर्दै अदालत गएका छन् । सत्तापक्ष आदेशको पर्खाइमा छ । गठबन्धन नयाँ सरकार गठनका लागि उत्साहित छ भने सत्तापक्षलाई बहुमत पुर्याउन संकट देखिएको छ ।
विपक्षी ४ दलीय गठबन्धनले प्रदेश प्रमुख अमिक शेरचनसँग भेट गरी संविधानको भाग १६८ को उपधारा २ बमोजिम सरकार गठनका लागि आह्वान गर्न आग्रह गरेका हुन् । प्रदेश सभाका विपक्षी दलका नेता वीरेन्द्रकुमार कनौडियाले अहिलेका मुख्यमन्त्री असंवैधानिक रूपमा रहेकाले संविधानको धारा १६८ (२) अनुसार नयाँ सरकार गठनको माग गरिएको बताए ।
उनले लोकान्तरसँग भने, ‘गठबन्धनले शुरूदेखि नै भन्दै आएअनुसार विपक्षी गठबन्धनसँग बहुमत भएकाले अल्पमतको सरकारले बाटो खाली गरी नयाँ सरकार गठनको प्रक्रिया तत्काल शुरू गर्न हामीले प्रदेश प्रमुखसँग माग गरेका छौं ।’
प्रदेश प्रमुख कानूनी परामर्श गरेर अगाडि बढ्ने सोचमा रहेका बताइएको छ । उनले विपक्षी गठबन्धनको निवेदन लिँदै कानून व्यवसायीसँग छलफल र संविधानको गहिरो अध्ययनबाट आफू अगाडि बढ्ने बताएका छन् ।
मुख्यमन्त्री नेतृत्वको वर्तमान सरकार संविधानको धारा १६८ उपधारा १ बमोजिम गठन भए पनि सरकार संयुक्त रहेको र त्यो अवैधानिक र अल्पमतमा परेकाले २ बमोजिम सरकार गठनको माग विपक्षीले गरेका छन् । विपक्षी दलहरूले ४१ जना सांसदको हस्ताक्षरसहित नयाँ सरकार गठनका लागि माग गरेका छन् ।
सदनमा अहिले ८३ सांसद कायम छन् । जसपाका ३ मन्त्री पदमुक्त भएकाले अहिले सत्तासिन एमालेसँग ३८ सांसद मात्र छन् । नेपाली कांग्रेस, नेकपा माओवादी केन्द्र, जनता समाजवादी पार्टी (जसपा) नेपाल र राष्ट्रिय जनमोर्चाको गठबन्धन छ ।
विपक्षी गठबन्धनले नयाँ सरकार गठनका लागि प्रदेश प्रमुखलाई निवेदन दिएपछि सत्तापक्ष प्रदेश प्रमुखको कदमको पर्खाइमा छ । सत्तारुढ एमालेका प्रमुख सचेतक भूमिश्वर ढकालले भने, ‘प्रदेश प्रमुख कसरी अगाडि बढ्नुहुन्छ ? त्यो हेर्न बाँकी छ । कसैलाई मन्त्री र मुख्यमन्त्री चाहिँदैनमा नयाँ सरकार बन्न सक्दैन । हेरौं न प्रदेश प्रमुख कसरी अगाडि बढ्नुहुन्छ ? हामीले त उपयुक्त समयमा सदनमा विश्वासको मत लिन्छौं भनेका नै छौं नि ! कसैलाई हतार हुँदैमा नयाँ सरकार बन्न सक्दैन ।’
ढकालले सरकारसँग स्पष्ट बहुमत रहेकाले त्यो सदनमा देखाउने दाबी गरे । मुख्यमन्त्री पोखरेल नेतृत्वको सरकारले बहुमत नपुग्ने डरले सदनबाट बजेट पास गर्न हिम्मत नजुटाएपछि अध्यादेशबाट बजेट ल्याएको थियो ।
चरम आर्थिक संकटबाट गुज्रिएको श्रीलंकाले सन् २०२२ को अन्त्यतिर औषधि किन्ने क्षमता पनि गुमाएको थियो । ५० अर्ब डलरभन्दा बढीको विदेशी ऋण 'डिफल्ट' भएको थियो भने लाखौंले रोजगारी गुमाएका थिए । दशौं लाख मान्छे...
कुनै राजनीतिक संक्रमण वा अवरोध नभएको समयमा मन्त्रीहरूबीच कसले राम्रो काम गर्ने भनेर प्रतिस्पर्धा हुनुपर्ने हो । तर, विडम्बना ! सहज राजनीतिक अवस्थामा पनि झन्डै एक वर्षसम्म सरकारमा रहेका अधिकांश मन्त्रीको कार्यप्रगति ...
देशका विभिन्न शहरमा गरिब–मजदूरहरूले छाक काटेर सहकारीमा जम्मा गरेको पैसा बदनियतपूर्ण ढंगले हिनामिना गरेर टेलिभिजनमा लगानी गरेको विषयले बजार तातिरहेको छ, जसमा जोडिएका छन् रास्वपा सभापति रवि लामिछाने...
अन्तिम समयमा आएर कुनै फेरबदल नभएको खण्डमा सम्भवत: आज एनसेलको शेयर खरिद बिक्री सम्बन्धमा छानबिन गर्न सरकारले गठन गरेको समितिले आफ्नो अध्ययन प्रतिवेदन बुझाउने छ । बहस चरम उत्कर्षमा पुगेका कारण एक निजी कम्पनीको अप्...
आफ्नो तेस्रो कार्यकालको दोस्रो वर्षलाई प्रभावकारी बनाउने भनी दाबी गरेका प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले कांग्रेस महामन्त्री गगन थापालगायत केही नेतासँग नियमित सल्लाह सुझाव लिन थालेका छन् । रा...
सरकारमा सहभागी मन्त्रीको कार्यक्षमतालाई लिएर प्रश्न उठेपछि अहिले सरकारमा रहेका मन्त्रीलाई फिर्ता बोलाएर मन्त्रिमण्डल पुनर्गठन गर्न सत्तारुढ दलहरूभित्र दबाब बढ्न थालेको छ । अपवादबाहेक सरकारमा सहभागी मन्त्रीले जनअपे...
ललितपुरको गोदावरीस्थित सनराइज हलमा नेकपा (एमाले)का दुई महत्वपूर्ण कार्यक्रम भए । एमालेको प्रथम विधान महाधिवेशन (२०७८ असोज १५ र १६ गते) सनराइज हलमै भएको थियो । विधान महाधिवेशनले विभाजनदेखि चौतर्फी घेराबन्दी...
हामी १५औं अन्त्य गरेर १६औं योजनाको तयारीमा जाँदै छौं । दलका शीर्ष नेताबीच १६औं योजनाको विषयमा छलफल भएको छ । १५औं योजनाको असफलता र नमिलेका कुरालाई १६औं मा सुधार्छौं । हाम्रो गन्तव्य कहाँ हो भन्ने संविधानले ...
सच्चा लोकतन्त्रमा सिमान्तमा रहेको नागरिकले पनि यो देश मेरो हो भन्ने अनुभूति गर्न सक्नेछ- माहात्मा गान्धी । माथि गान्धीको भनाइ किन उद्धृत गरिएको हो भने नयाँ वर्षको आगमन भैसकेको छ र २०८० को बिदाइ बडो हर्षपूर्वक...