×

NMB BANK
NIC ASIA

नेपाली विमानलाई युरोपेली प्रतिबन्धको नालिबेली

नेपाली विमानलाई ईयूको अपमानजनक प्रतिबन्धको ८ वर्ष : सेफ्टीको पाटोमा सुधार, टुक्रिँदै क्यान

साउन १९, २०७८

NTC
Sarbottam
Premier Steels
Marvel

अन्तर्राष्ट्रिय नागरिक उड्डयन संगठन (आइकाओ) ले हवाई उडानमा सुरक्षा कमजोरीलाई कारण देखाउँदै नेपाललाई सन् २०१३ मा कालोसूचीमा राखेको थियो।

Sagarmatha Cement
Muktinath Bank

त्यसपछि यूरोपेली युनियनले नेपाली वायु सेवालाई कालोसूचीमा राख्दै युरोपेली आकाशमा उडान भर्न प्रतिबन्ध लगायो ।


Advertisment
RMC TANSEN
IME BANK INNEWS
shivam ISLAND

नेपालमा दर्ता भएका विमानहरू विगत आठ वर्षदेखि युरोपेली युनियनको आकाशमा उड्न पाएका छैनन् ।


Advertisment
Nabil box
Kumari

युरोपेली युनियनले लगाएको प्रतिबन्धकै देखासिकी गरेर अमेरिकाले पनि आफ्नो आकाशमा उडान गर्न अनुमति दिएको छैन ।

Vianet communication
Laxmi Bank

परिणामस्वरूप अन्तर्राष्ट्रिय स्तरमा नेपालको बेइज्जती हुनुका साथै एयरलाइन्सहरूलाई करोडौं रुपैयाँको आर्थिक क्षति हुने गरेको छ ।

युरोपेली युनियनले किन लगायो प्रतिबन्ध ?

आइकाओले प्रमुख तीनवटा कारणलाई आधार बनाएर नेपालको वायु सेवालाई कालोसूचीमा राखेको थियो। पहिलो, हवाई उडान सुरक्षाका लागि निर्धारण गरेको मापदण्ड ६० प्रतिशत हुनै पर्नेमा नेपालको ४४ प्रतिशत मात्र थियो।

दोस्रो, सन् २०१० देखि २०१२ सम्म दुई वर्षको अवधिमा नेपालमा अन्य देशको तुलनामा बढी हवाई दुर्घटना भएको थियो।

उक्त दुई वर्षको अवधिमा कुल ५ वटा हवाई दुर्घटनामा ७८ जना मानिसको ज्यान गएको थियो। तेस्रो, नेपाल नागरिक उड्डयन प्राधिकरणमा नियामक र सेवा प्रदायक दुवै निकाय एकै संस्था मातहत रहनुलाई कारण देखाइएको थियो । आइकाओले सन् २००७ देखि नै गम्भीर सुरक्षा चासो राख्दा पनि नेपालका तर्फबाट कुनै पनि सम्बोधन नहुँदा कालोसूचीमा राखेको जनाएको थियो । त्यसपछि युरोपेली युनियनले पनि कालो सूचीमा राख्यो ।

कालोसूचीमा राखेको तीन वर्षपछि सन् २०१६ मा आइकाओको अडिट टीमका प्रतिनिधि नेपाल आए । नेपाल नागरिक उड्डयन प्राधिकरणका महानिर्देशक राजन पोखरेलका अनुसार प्राधिकरणलाई सेवा प्रदायक र नियामक निकाय गरी दुई भागमा टुक्र्याउने प्रक्रियाका लागि बनाइएको विधेयकको मस्यौदाको अंग्रेजीमा ड्राफ्ट बनाएर उक्त टोलीलाई दिइएको थियो ।

त्यसबाहेक आइकाओको सम्पूर्ण मापदण्ड पालना र वायु यान सञ्चालनको क्षेत्रमा फ्लाइट अपरेसन डाइरेक्टर नियुक्त गर्नुका साथै पाइलटसम्बन्धी अन्य काम, वायु सेवा सञ्चालनका लागि अनुमति दिने काम, जहाज मर्मत सम्भार, उडानसम्बन्धी लाइसेन्स आदि सबै प्रक्रियामा सुधार गरेपछि आइकाओले कालो सूचीबाट हटाएको पोखरेलले बताए ।

न्युनतम सुरक्षा मापदण्ड अनुसार कम्तिमा ६० प्रतिशत हुनुपर्नेमा ६७ प्रतिशतसम्म भएपछि आइकाओले कालो सूचीबाट हटाएको थियो । तर युरोपेली युनियनले भने अझसम्म कालोसूचीबाट हटाएको छैन।

ईयूको प्रतिबन्ध फुकुवाका लागि क्यान टुक्र्याइँदै

ईयूको सुझावअनुसार नै नेपाल सरकारले नेपाल नागरिक उड्डयन प्राधिकरणलाई टुक्र्याउने योजना बनाएर राष्ट्रिय सभामा दुईवटा विधेयक पेश गरेको थियो ।

त्यसमध्ये एउटा विधेयक सोमवार पारित भएको छ।

राष्ट्रिय सभामा उत्पति भएको विधेयक भएका कारण अब प्रतिनिधि सभामा गएर पारित हुनुपर्ने हुन्छ ।

२०७८ साउन १८ गते राष्ट्रिय सभामा प्रधानमन्त्री शेरबहादुर देउवाका तर्फबाट कानून, न्याय तथा संसदीय मामिला मन्त्री ज्ञानेन्द्रबहादुर कार्कीले दुईवटा विधेयक निर्णयार्थ पेश गरेका थिए ।

हवाई सुरक्षालाई थप सुदृढ गर्न नेपाल नागरिक उड्डयन प्राधिकरणलाई 'नियमन' र 'सेवा प्रदायक' गरी दुई भागमा बाँडिएको उनले बताएका थिए ।

'हवाई क्षेत्रमा कामका लागि सहजता प्रदान गर्न तथा युरोपेली युनियनले नेपालका वायु सेवालाई सुरक्षासम्बन्धी कालोसूचीबाट हटाउन हालको क्यानलाई नियमन र सेवा प्रदायक गरी दुई भागमा अलग-अलग गरी छुट्याउन यो विधेयक पेश गरिएको छ,' कानून मन्त्री कार्कीले राष्ट्रिय सभामा विधेयक प्रस्तुत गर्दै भनेका थिए, 'नेपाल नागरिक उड्डयन प्राधिकरण विधेयक, २०७८ र नेपाल हवाई उड्डयन प्राधिकरण विधेयक, २०७८ पेश गरेको छु ।'

नेपाल हवाई सेवा प्राधिकरण विधेयक, २०७८ सर्वसम्मतिले पारित भएको छ । अब उक्त विधेयक प्रतिनिधिसभाको बैठकमा पेश गरेर पारित गरे पछि हवाई सेवा प्राधिकरण स्थापना हुनेछ ।

हवाई सेवा प्राधिकरण स्थापना भएपछि नेपालको हवाई उड्डयनमा गुणात्मक परिवर्तन आउने, अन्तर्राष्ट्रिय क्षेत्रमा समेत नेपालको सकारात्मक सन्देश जाने मन्त्री कार्कीले बताएका थिए ।

यसअघि २०७७ बैशाख ३० गते बसेको राष्ट्रिय सभाको बैठकमा तत्कालीन संस्कृति, पर्यटन तथा नागरिक उड्डयनमन्त्री योगेश भट्टराईले ‘नेपाल हवाई सेवा प्राधिकरण विधेयक, २०७६’ र ‘नेपाल नागरिक उड्डयन प्राधिकरण विधेयक, २०७६’ दफावार छलफलका लागि विधायन व्यवस्थापन समितिमा पठाउन प्रस्ताव गरेका थिए ।

त्यसबाहेक संस्कृति,पर्यटन तथा नागरिक उड्डयन मन्त्रालयका सहसचिव बुद्धिसागर लामिछानेको संयोजकत्वमा छुट्टिने दुईवटा संस्थाको संरचना तयार गर्नका लागि कार्यदल पनि बनेको छ ।  

अहिले नागरिक उड्डयन प्राधिकरणले नै हवाई उडान, सञ्चार, हवाई पथ प्रदर्शन र हवाई परिवहनसम्बन्धी काम गर्दै आएको छ। यो विधेयकअनुसार हवाई क्षेत्रको नियमन ‘नेपाल नागरिक उड्डयन प्राधिकरण’ (क्यान) ले गर्ने छ भने हवाई सेवा प्रदान ‘नेपाल हवाई सेवा प्राधिकरण’ (आसान) ले गर्नेछ ।

नागरिक उड्डयन प्राधिकरण ऐन र हवाई सेवा प्राधिकरण ऐन लागू भएपछि हवाई सेवासम्बन्धी कानून विश्व परिवेशअनुसार हुने सरकारको दाबी छ ।

शेफ्टी व्यवस्थापनका लागि के कति काम गरियो ?

हवाई सुरक्षाका लागि ईयूले गम्भीर चासो देखाएको विषय भनेको जहाजको मर्मतसम्भार आदिमा फितलो व्यवस्थापन पनि हो। जहाज उडाउनुअघि जहाजको पार्टपूर्जादेखि अन्य कुराहरू ठीक छन् कि छैनन् भन्ने कुराको चेकजाँच नै नगर्ने गरेको रिपोर्ट ईयूले पाएको थियो। हरेक वायुयानले जुन-जुन देशमा उडान भर्ने हो त्यो देशको विमानस्थलमा आफ्नो वर्क शप 'ह्यांगर' राख्नुपर्ने हुन्छ ।

तर, काठमाडौंस्थित त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा अधिकांश वायु सेवा कम्पनीले आफ्नो ह्यांगर नै राखेका छैनन्। न त जहाजको पार्टपूर्जा चेकजाँच गर्नका लागि आवश्यक पर्ने प्राविधिक 'एभिएसन इञ्जिनीयर' नै नियुक्त गरेका छन् ।

जहाजको मर्मत सम्भार गर्नका लागि त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा नेपाल वायु सेवा निगम, बुद्ध एयर र श्री एयरको मात्र वर्क सप (ह्यांगर) छ ।

ठूल्ठूला विमान कम्पनीले खोल्नुपर्ने आफ्नै वर्कशप नभएका कारण कि त बुद्ध, कि श्री एयर, अनि कि त नेपालगञ्जमा रहेको ह्यांगरमा विमानहरू मर्मत सम्भार हुने गरेको पोखरेलले बताए ।

सिम्रिक एयर, सीता एयर, सम्मिट एयरका जहाजहरू नेपालगञ्जमा नै बस्ने हुनाले उता नै मर्मत सम्भार गर्ने र अन्य जहाजहरू पनि पालैपालो मर्मतका लागि नेपालगञ्ज जाने गरेको उनले बताए।

तर, प्राधिकरणकै एकजना उच्च तहमा कार्यरत एक कर्मचारीका अनुसार धेरैजसो जहाजहरूले नेपालगञ्जको ह्यांगरमा मर्मत गराएको भनेर कागजमा मात्र देखाउँछन् । तर वास्तवमा नेपालगञ्जमा भने गएकै हुँदैन। विमानस्थल र प्राधिकरणलाई मिलाएर ती फर्जी काम विगतमा पनि हुने गर्थ्यो भने अहिले पनि हुने गरेको उनले बताए ।

त्रिभुवन विमानस्थलमा ठाउँ नै नभएका कारण वायु सेवा कम्पनीहरूले ह्यांगर राख्न नपाएको हुनाले मर्मत गर्नका लागि कि त विदेश जानुपर्ने कि नेपालगञ्ज जानुपर्ने बाध्यता छ। 

'हवाई सुरक्षाको दृष्टिकोणले अब वायुसेवा कम्पनीले नै प्राधिकरणको स्वीकृति लिएर फ्लाइट अपरेशन डाइरेक्टर, क्वालिटी डाइरेक्टर, क्यामो डाइरेक्टर र सेफ्टी डाइरेक्टर नियुक्त गर्न लगाएका छौं,' पोखरेलले भने, 'विश्वका कतिपय ठूला जहाजहरू दुर्घटना हुँदा दिवालियामा गएका हुनाले जहाजको सुरक्षाका लागि विमान कम्पनीले नै ती सबै व्यवस्था गर्नु पर्ने भनेर हामीले उनीहरूलाई अप्रुभल दिने गरेका छौं।'

सिभिल एभिएसनको उडान सुरक्षा सुपरिवेक्षण प्रणालीलाई विश्वस्तरको बनाइसकिएको उनको दाबी छ । त्यसैको परिणामस्वरूप अहिले नेपालमा जहाज दुर्घटनाको संख्यामा कमी आएको उनको जिकिर छ ।

सन् २०१० देखि २०१२ मा ५ वटा जहाज दुर्घटनामा ७८ जना मानिसको मृत्यु भएको थियो। प्रतिवर्ष ३० जना मानिसको ज्यान जाने गरेको थियो। 'तर सन् २०१७ देखि २०२० सम्मको पछिल्लो ४ वर्षमा हवाई दुर्घटना अत्यन्त न्यून भएको छ,' पोखरेलले भने, 'स-साना हेलिकप्टर, स-साना वायुयानमा पनि सीमित दुर्घटना भएको छ । क्याजुअलिटी भएको छैन । आइकाओले त्यस्ता दुर्घटनाको ध्यान पनि गर्दैन ।'

विज्ञ भन्छन्, 'युरोपेली युनियनको दादागिरी'

नागरिक उड्डयन विज्ञ नारायणबहादुर सिंह डंगोल युरोपेली युनियनले प्रतिबन्ध कायम राखेर हेपाहा प्रवृत्ति देखाएको बताउँछन्।

'नेपालको जहाज जापान, चीन, मिडिल इस्टका खाडी मुलुक सबै ठाउँमा उडेकै छ,' डंगोलले भने, 'यदि नेपालको हवाई उडान सुरक्षा प्रणालीको व्यवस्थापन नराम्रो हुँदो हो भने त ती देशहरूमा पनि उडान गराउनका लागि मान्दैन्थे होला, तर ती देशमा त कुनै समस्या भएको छैन।'

गरीब देशलाई हेप्ने, मिच्ने प्रवृत्तिअनुसार ईयूले राजनीति गरेको हो कि भन्ने उनको आशंका छ।

उनका अनुसार नेपालका पाइलटहरूलाई प्रत्येक ६/६ महिनामा रिफ्रेसर तालिम दिइएको छ। ६/६ महिनामा मेडिकल चेक हुँदा उनीहरू मेडिकल्ली फिट नै छन्।

'धेरै पहिले नै ईयूले लगाएको प्रतिबन्ध फुकुवा भइसक्नुपर्थ्यो, तर हालसम्म पनि नगर्नुका पछाडि राजनीतिक कारण मात्र हुन सक्छ । उसले उठाएको सुरक्षा चासोदेखि अन्य प्राविधिक कुराहरू सबै ठीक भइसकेको अवस्थामा अझै पनि प्रतिबन्ध कायम राख्नु भनेको हेपाहा प्रवृत्ति नै हो,' डंगोलले भने ।​

नेपालमा हालसम्म १०६ जहाज दुर्घटना, ६३ दुर्घटनामा ८१४ जनाको मृत्यु

नेपालमा हालसम्म विमान दुर्घटनामा परेर कुल ८ सय १४ जना मानिसको मृत्यु भएको छ। नेपाल नागरिक उड्डयन प्राधिकरणको तथ्यांकअनुसार सन् १९५५ देखि सन् २०१९ सम्म नेपालमा कुल १ सय ६ वटा विमान दुर्घटना भएको छ, जसमध्ये ६३ वटा दुर्घटनामा मात्रै मानवीय क्षति हुँदा ८ सय १४ जनाले ज्यान गुमाउनुपरेको छ ।  

प्राधिकरणका अनुसार बहुइञ्जिन भएको ५० वटा विमान दुर्घटनाग्रस्त हुँदा २८ वटा विमान दुर्घटनामा ३ सय ५७ जना मानिसको ज्यान गएको छ । २२ दुर्घटनामा कुनै मानवीय क्षति भएन । त्यसैगरी नेपालको सिंगलइञ्जिन भएको कुल ८ वटा विमान दुर्घटनाग्रस्त भएपनि ६ वटा विमान दुर्घटना हुँदा २५ जनाको ज्यान गएको छ ।

नेपालमा अहिलेसम्म कुल ३६ वटा हेलिकप्टर दुर्घटनाग्रस्त हुँदा १६ वटा दुर्घटनामा ५४ जनाको ज्यान गएको छ । २० वटा दुर्घटनामा मानवीय क्षति भएको छैन ।

त्यसैगरी विदेशमा दर्ता भएका वायु सेवाका जहाजहरूमध्ये कुल ९ वटा जहाज नेपालमा दुर्घटनाग्रस्त भएका छन् । त्यसमध्ये ८ वटा जहाज दुर्घटनाग्रस्त हुँदा कुल ३ सय ७३ जना मानिसको ज्यान गएको छ।

नेपालमा दर्ता भएका ठूला वाइडबडी जहाजभन्दा पनि स-साना वायुयानहरू अधिकांश पहाडी विमानस्थलमा ल्याण्ड गर्ने बेला, एप्रोच गर्ने बेला तथा उडान गर्ने बेला दुर्घटनाग्रस्त हुने गरेको छ। पहाडमा ठोक्किएर, खराब मौसमको समयमा उडान गर्दा प्रायःजसो दुर्घटना हुने गरेको छ। दृष्टि गौचर उडान विधि (भिजिबल फ्लाइट रुट)को नियमलाई नमानेर पनि धेरैजसो दुर्घटना हुने गरेको छ।

कुनै पनि बेला पाइलटले तल कि त जमिन देख्नुपर्‍यो वा माथि निलो आकाश देख्नुपर्‍यो, लामो समयसम्म बादलभित्र छिर्नु हुँदैन, त्यो विधिलाई नै 'भीएफआर' भनिन्छ। तर, उक्त विधिलाई पालना नगरेर विमान उडाउने चालकको कमजोरीका कारण नेपालमा प्रायः जसो हवाई दुर्घटना हुने गरेको तथ्य अनुसन्धानबाट  खुल्ने गरेको पोखरेलले बताए।

जहाजको पार्टपूर्जा खराब भएर वा मर्मत सम्भार नगरेका कारणले भने अत्यन्त न्यून दुर्घटना भएको उनको कथन छ।

अर्को समस्या भनेको नेपालको आकाशमा जहाज उड्दा चराचुरुङ्गी ठोक्किनु पनि हो। दिनको समयमा चिल र बेलुका तथा रातिको समयमा लाटोकोसेरो प्रत्येक महिना/दुई महिनामा जहाजमा ठोक्किने गरेको प्राधिकरणका महानिर्देशक पोखरेल पनि स्वीकार गर्छन्।  जहाजमा चरा ठोक्किएर दुर्घटना नै नभए पनि जहाजको ब्लेड, इञ्जिन आदिमा क्षति पुग्दा करोडौं रकमको क्षति हुने गरेको उनले बताए।

'उक्त समस्या हाम्रो देशमा मात्र छैन, अन्य देशमा पनि त्यो समस्या छ,' पोखरेलले भने, 'त्यो समस्या समाधान गर्न तथा चराचुरुङ्गी धपाउनका लागि विमानस्थल वरपरका रुखहरू काट्ने, ग्यास पड्काउने, नेपाली सेनाको शिकार टोलीलाई पट्रोलिङ गराउनेदेखि गुलेली हान्न लगाउने काम नियमित रुपमा गरिरहेका छौं ।'

विमानस्थल वरपर वा रनवे तर्फ गड्यौँला खानका लागि ती चराचुरुङ्गी आउने हुनाले गड्यौलालाई आउन नदिनका लागि केमिकल छर्ने काम समेत भइरहेको उनले बताए।

विगतमा नेपालमा वायुयान सेवा सञ्चालनका लागि मापदण्डभन्दा राजनीतिक भनसुनका आधारमा इजाजत प्रमाण पत्र दिने गरिएको कुरा पोखरेल पनि स्वीकार गर्छन्।

'प्राधिकरणले मापदण्ड पूरा नभएर प्रमाणपत्र नदिँदा मन्त्रालयबाट भनसुन गराउने प्रवृति नभएको होइन,' पोखरेलले भने, 'अहिले त्यो अवस्था छैन । अन्तर्राष्ट्रिय नागरिक उड्डयन आइकाओले निर्धारण गरेको पाँच चरण पूरा भएपछि मात्र प्रमाण पत्र दिने गरेका छौं ।' वायु सेवा, सञ्चालन संस्था, प्रमाणीकरण र प्रक्रियासहित हरेक चरण पास गरेपछि मात्र प्रमाणपत्र दिने गरिएको उनले बताए ।

मन्त्रालयबाट इजाजत पत्र प्राप्त गरेपनि प्रमाणपत्र पाउनका लागि १ देखि डेढ वर्षसम्म लाग्ने गरेको उनले बताए ।​

नेपालमा कहिले र कहाँ विमान दुर्घटना हुँदा कति मानिसको मृत्यु भयो ?  यस्तो छ तथ्यांक :

बहुइञ्जिन भएका विमान दुर्घटना हुँदा भएको मानवीय क्षतिको विवरण:

– ५ नोभेम्बर १९६० मा नेपाल एयरलाइन्सको विमान भैरहवामा दुर्घटना हुँदा ४ जनाको मृत्यु।

– १ अगस्त १९६२ मा नेपाल एयरलाइन्सको विमान तुलाच्चनधुरीमा दुर्घटना हुँदा १० जनाको मृत्यु।

– १२ जुलाई १९६९ मा नेपाल एयरलाइन्सको विमान हेटौँडानजिक दुर्घटना हुँदा ३५ जनाको मृत्यु।

– २५ जनवरी १९७० मा नेपाल एयरलाइन्सको विमान नयाँ दिल्लीमा दुर्घटना हुँदा १ जनाको मृत्यु।

– २२ डिसेम्बर १९८४ मा नेपाल एयरलाइन्सको विमान चक्लेटीडाँडामा दुर्घटना हुँदा १५ जनाको मृत्यु।

– ३१ जुलाई १९९३ मा एभरेस्ट एयरको विमान सोलिघोप्टेमा दुर्घटना हुँदा १८ जनाको मृत्यु।

– १४ जनवरी १९९५ मा नेपाल एयरलाइन्सको विमान काठमाडौं विमानस्थलमा दुर्घटना हुँदा २ जनाको मृत्यु।

– २१ अगस्त १९९८ मा सांग्रिला एयरको विमान म्याग्दीको चुच्चेखर्कमा दुर्घटना हुँदा १८ जनाको मृत्यु।

– ५ सेप्टेम्बर १९९८ मा नेकन एयरको विमान काठमाडौंको थानकोटमा दुर्घटना हुँदा १५ जनाको मृत्यु।

– २५ डिसेम्बर १९९९ मा  स्काइलाइन एयरलाइन्सको विमान मकवानपुरको बुर्जो लेकमा दुर्घटना हुँदा १० जनाको मृत्यु।

– सन् १९९९ मै नेकन एयरको विमान काठमाडौंको थानकोटमा दुर्घटना हुँदा १५ जनाको मृत्यु।

– २६ फेब्रुअरी २००० मा कस्मिक एयरको विमान बझाङमा दुर्घटना हुँदा १ जनाको मृत्यु।

– २७ जुलाई २००० मा नेपाल एयरलाइन्सको विमान डडेलधुराको जोगबुडामा दुर्घटना हुँदा २५ जनाको मृत्यु।

– १७ जुलाई २००२ मा स्काइलाइन एयरलाइन्सको विमान सुर्खेतको गदगदेडाँडामा दुर्घटना हुँदा ४ जनाको मृत्यु।

– २२ अगस्त २००२ मा सांग्रिला एयरको विमान पोखरामा दुर्घटना हुँदा १८ जनाको मृत्यु।

– २१ अप्रिल २००४ मा बुद्ध एयरको विमान त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा दुर्घटना हुँदा १ जनाको मृत्यु।

– २५ मे २००४ मा यती एयरलाइन्सको विमान सोलुखुम्बुको लमजुरामा दुर्घटना हुँदा ३ जनाको मृत्यु।

– १२ जुन २००६ मा यती एयरलाइन्सको विमान जुम्ला विमानस्थलमा दुर्घटना हुँदा ९ जनाको मृत्यु।

– ८ अक्टुबर २००८ मा यती एयरलाइन्सको विमान लुक्ला विमानस्थलमा दुर्घटना हुँदा १८ जनाको मृत्यु।

– २४ अगस्त २०१० मा अग्नि एयरको विमान मकवानपुरको शिखरपुरमा दुर्घटना हुँदा १४ जनाको मृत्यु।

– १५ डिसेम्बर २०१० मा तारा एयरको विमान ओखलढुंगामा दुर्घटना हुँदा २२ जनाको मृत्यु।

– २५ सेप्टेम्बर २०११ मा बुद्ध एयरको विमान ललितपुरको कोतडाँडामा दुर्घटना हुँदा १९ जनाको मृत्यु।

– १४ मे २०१२ मा अग्नि एयरको विमान जोमसोम विमानस्थलमा दुर्घटना हुँदा १५ जनाको मृत्यु।

– २८ सेप्टेम्बर २०१२ मा सिटा एयरको विमान भक्तपुरको मनोहरामा दुर्घटना हुँदा १९ जनाको मृत्यु।

– १६ फेब्रुअरी २०१४ मा नेपाल एयरलाइन्सको विमान अर्घाखाँचीको मसिनेलेकमा दुर्घटना हुँदा १८ जनाको मृत्यु।

– २४ फेब्रुअरी २०१६ मा तारा एयरको विमान म्याग्दीको दानामा दुर्घटना हुँदा २३ जनाको मृत्यु।

– २७ मे २०१७ मा सम्मिट एयरको विमान लुक्ला विमास्थलमा दुर्घटना हुँदा २ जनाको मृत्यु।

– १४ अप्रिल २०१९ मा सम्मिट एयरको विमान लुक्ला विमानस्थलमा दुर्घटना हुँदा ३ जनाको मृत्यु।

 

सिंगल इञ्जिन भएको विमान दुर्घटना हुँदा भएको मानवीय क्षतिको विवरण :

– ३१ मार्च १९७५ मा नेपाल एयरलाइन्सको विमान काठमाडौंको बौद्धमा दुर्घटना हुँदा ५ जनाको मृत्यु।

– ३० अक्टुबर १९८१ मा नेपाल एयरलाइन्सको विमान विराटनगरमा दुर्घटना हुँदा १० जनाको मृत्यु।

– २० नोभेम्बर १९९८ मा नेपाल एयरलाइन्सको विमान फक्दिङमा दुर्घटना हुँदा १ जनाको मृत्यु।

– १३ जनवरी १९९९ मा नेकन एयरको विमान जुम्लामा दुर्घटना हुँदा ५ जनाको मृत्यु।

– २६ फेब्रुअरी २०१६ मा एयर काष्ठमण्डपको विमान कालिकोटको चिल्खायामा दुर्घटना हुँदा २ जनाको मृत्यु।

– १६ मे २०१८ मा मकालु एयरको विमान सिमकोटपासमा दुर्घटना हुँदा २ जनाको मृत्यु।

 

नेपालमा हेलिकप्टर दुर्घटनाबाट मानवीय क्षति भएको विवरण:

– २७ डिसेम्बर १९७९ मा भीभीआईपी हेलिकप्टर दुर्घटना हुँदा ६ जनाको मृत्यु।

– २४ जनवरी १९९६ मा नेपाल एयरवेजको हेलिकप्टर दुर्घटना हुँदा १ जनाको मृत्यु।

– २४ अक्टोबर १९९८ मा एसियन एयरलाइन्सको हेलिकप्टर मूलखर्कमा दुर्घटना हुँदा ३ जनाको मृत्यु।

– १२ नोभेम्बर २००१ मा फिस्टेल एयरको हेलिकप्टर मुगुको रारा लेकमा दुर्घटना हुँदा ४ जनाको मृत्यु।

– ३० सेप्टेम्बर २००२ मा एसियन एयरलाइन्सको हेलिकप्टर सोलुखुम्बुमा दुर्घटना हुँदा २ जनाको मृत्यु।

– २८ मे २००३ मा सिम्रिक एयरको हेलिकप्टर एभरेस्ट बेस क्याम्पमा दुर्घटना हुँदा २ जनाको मृत्यु।

– ४ जनवरी २००५ मा एयर डायनास्टी हेली सर्भिसको हेलिकप्टर रामेछापमा दुर्घटना हुँदा ३ जनाको मृत्यु।

– २३ सेप्टेम्बर २००६ मा श्री एयरलाइन्सको हेलिकप्टर ताप्लेजुङको घुन्सामा दुर्घटना हुँदा ४ जनाको मृत्यु।

– ७ नोभेम्बर २०१० मा फिस्टेल एयरको हेलिकप्टर माउन्टेन अमादाबलाममा दुर्घटना हुँदा २ जनाको मृत्यु।

– १९ जुन २०१३ मा फिस्टेल एयरको हेलिकप्टर सिमिकोटमा दुर्घटना हुँदा १ जनाको मृत्यु।

– ३ अगस्त २०१४ मा फिस्टेल एयरको हेलिकप्टर सिन्धुपाल्चोकमा दुर्घटना हुँदा १ जनाको मृत्यु।

– २ जुन २०१५ मा माउन्टेन हेलिकप्टर सिन्धुपाल्चोकको यमुना डाँडामा दुर्घटना हुँदा ४ जनाको मृत्यु।

– ८ अगस्त २०१६ मा फिस्टेल एयरको हेलिकप्टर नुवाकोटको बेतनीमा दुर्घटना हुँदा ७ जनाको मृत्यु।

– १४ अगस्त २०१८ मा मनाङ एयरको हेलिकप्टर हुम्लाको हिस्लामा दुर्घटना हुँदा १ जनाको मृत्यु।

– ८ सेप्टेम्बर २०१८ मा अल्टिच्युड एयरको हेलिकप्टर धादिङमा दुर्घटना हुँदा ६ जनाको मृत्यु।

– २७ फेब्रुअरी २०१९ मा एयर डाइनास्टीको हेलिकप्टर ताप्लेजुङको पाथिभारामा दुर्घटना हुँदा ७ जनाको मृत्यु।

 

विदेशमा दर्ता भएका तर नेपालमा दुर्घटना भएर भएको मानवीय क्षतिको विवरण :

– ३० अगस्त १९५५ मा कालिंगा एयरको विमान सिमरामा दुर्घटना हुँदा २ जनाको मृत्यु।

– १५ मे १९५६ मा इन्डिया एयरलाइन्सको विमान काठमाडौंमा दुर्घटना हुँदा १४ जनाको मृत्यु।

– २४ मार्च १९५८ मा इन्डिया एयरलाइन्सको विमान पत्ने भन्ज्यांगमा दुर्घटना हुँदा २० जनाको मृत्यु।

– १० मे १९७२ मा थाई एयरवेज इन्टर्नेशनलको विमान दुर्घटना हुँदा ११३ जनाको मृत्यु।

– २८ सेप्टेम्बर १९९२ मा पाकिस्तान इन्टर्नेशनल एयरलाइन्सको विमान दुर्घटना हुँदा १६७ जनाको मृत्यु।

– ७ जुलाई १९९९ मा लुफ्तान्सा विमान काठमाडौंको भस्मासुर हिलमा दुर्घटना हुँदा ५ जनाको मृत्यु।

– १२ मार्च २०१८ मा युएस बंगलाको विमान काठमाडौंको त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा दुर्घटना हुँदा ५१ जनाको मृत्यु।

 

नेपालमा रिक्रिएसनल एयरक्राफ्ट दुर्घटना हुँदा भएको मानवीय क्षतिको विवरण :

– ३ अक्टोबर २०१३ मा एभिया क्लबको एयरक्राफ्ट पोखराको शान्ति स्तुपामा दुर्घटना हुँदा २ जनाको मृत्यु।

– १० अगस्त २०१५ मा पोखरा अल्ट्रालाइटको एयरक्राफ्ट कास्कीको माछापुछ्रेमा दुर्घटना हुँदा २ जनाको मृत्यु।

– २३ नोम्भेम्बर २०१६ मा एभिया क्लबको एयरक्राफ्ट पोखरामा दुर्घटना हुँदा १ जनाको मृत्यु। 

hAMROPATRO BELOW NEWS
TATA Below
मंसिर १४, २०८०

प्रगतिशील राजनीतिको 'फ्रन्टलाइन'मा देखिने नेताहरू जति कठोर हुन्छन्, त्यो भन्दा बढी ‘इमोसनल र सेन्टिमेन्टल’ पनि हुन्छन् । त्यस्तै ‘इमोसनल फिलिङ्स’का बाबजुद परिस्थितिले कठोर बन्दै गएक...

माघ ५, २०८०

मनीषा जीसीको वास्तविक नाम विष्णु घर्ती क्षेत्री हो । गुल्मीको धुर्कोट गाउँपालिका– ३ हाडहाडेकी विष्णुलाई धेरैले मनीषा भनेर चिन्छन् । उनै मनीषा लोक सेवा आयोगले लिएका पाँचवटा परीक्षामा एकसाथ नाम निकालेर अह...

माघ १३, २०८०

रोल्पाका देवराज बुढामगर गाउँकै साधारण किसान हुन् । परिवर्तन गाउँपालिका–४ पाथावाङ निवासी देवराजका ६ छोरी र एक छोरा सरकारी जागिरे छन् । छोराको आसमा ६ छोरी जन्माए देवराज र उनकी श्रीमती नन्दाले । हुन पन...

फागुन २६, २०८०

पोखराका अशोक खड्काको पारिवारिक वातावरण सानैदेखि उद्यमशीलताको थियो । उनका बुवा सधैं एकै सुझाव दिइरहन्थे– नेपालमै केही गर्नुपर्छ । उनको बालमस्तिष्कमा त्यही छाप पर्यो । विदेश जाने सोच कहिल्यै बनाएनन् । नेप...

माघ २७, २०८०

भगवान् गौतम बुद्धको जन्मस्थल लुम्बिनी विश्वकै लागि शान्तिक्षेत्र हो । यो क्षेत्र आउँदो महिना विशेष हुने भएको छ । विश्वकै प्रतिष्ठित र ठूलो पुरस्कार मानिने नोबेल पुरस्कार विजेताहरूको जमघट हुने भएपछि विशेष हुन लागेक...

कात्तिक १९, २०८०

समय : आइतवार बिहान ७ बजे  स्थान : नलगाड नगरपालिका, १ चिउरी, जाजरकोट (भूकम्पले सबैभन्दा धेरै क्षति पुर्‍याएको ठाउँ)  ‘मेरी आमालाई किन यस्तो भयो ? मलाई पनि बाँच्न मन छैन,...

अपराजित जनयुद्धको पराजित कथा

अपराजित जनयुद्धको पराजित कथा

चैत १४, २०८०

सामान्यतः मानव समाजको आजसम्मको इतिहास जनयुद्धको इतिहास हो भन्दा फरक पर्दैन । किनकि, समयका प्रत्येक खण्डमा चाहे ती स्पाटाहरू होउन् या चार्टिष्टियन, सिलेसियाली होउन् या कम्युनाडोहरू अनि वोल्सेभिक–भियतकङ्&ndash...

निर्मोही राज्य र युगीन अवतारको प्रतीक्षामा नेपाली समाज

निर्मोही राज्य र युगीन अवतारको प्रतीक्षामा नेपाली समाज

चैत १२, २०८०

रूढिवादी र पछौटे समाजले सधैँभरि अवतारको प्रतीक्षा गर्दछ । प्रतीक्षा गर्नेले आफू केही पनि कर्म गर्दैन र उसलाई पौरखमा त्यति विश्वास पनि हुँदैन ।  सामान्यतया व्यक्तिगत जीवनमा भाग्य र सामाजिक जीवनमा अवतारको प्रत...

सत्यको खोजी

सत्यको खोजी

चैत १०, २०८०

कसैले आएर सत्य भनेको के हो ? भनेर सोध्यो भने हामी अलमलिन्छौँ । कसैले केही भनौँला कसैले केही । अझ कसैले त सत्य भनेको सत्य नै हो भन्न पनि बेर लगाउन्नौँ । तर सत्य त्यो मात्र होइन । सत्य भनेको हामी आफैँ हौँ । सत्य...

x