हालसम्मकै उच्च विन्दुमा नेप्से, कारोबार ११ अर्बभन्दा माथि

मंगलबार शेयर बजार परिसूचक नेप्से हालसम्मकै उच्च बिन्दुमा पुगेको छ । 


Advertisement

यस दिन नेप्से परिसूचक २६.०२ अंकले बढेर अधिकतम ३१११.०९ बिन्दुमा पुगेको हो । जुन हालसम्मकै उच्च बिन्दु हो ।


Advertisement

मंगलवार कुल २ सय २३ कम्पनीको २ करोड ११ लाख २९ हजार ८८ कित्ता शेयर ११ अर्ब ५२ करोड ९२ लाख १७ हजार ७ सय ७४ रुपैयाँ बराबरमा खरिदबिक्री भएको छ ।

जसमध्ये दुई वटा कम्पनी पाँचथर पावर कम्पनी लिमिटेड र रुरु पावर कम्पनी लिमिटेडको सेयर मूल्यमा सकारात्मक सर्किट लागेको छ  । 


Advertisement

यस्तै जीवन विकास लघुवित्त, युनियन लाइफ जीवन बीमा, घलेम्दी हाइड्रो पावर र लिबर्टी इनर्जी कम्पनी र स्वावलम्बन लघुवित्त वित्तीय संस्थाको सेयर मूल्य ९ प्रतिशत माथि अर्थात सर्किट लेभलमा कारोबार भएको छ । 

मंगलवार सबैभन्दा बढी गुमाउनेमा युनिलिभर नेपाल लिमिटेड रहेको छ  । यस कम्पनीका लगानीकर्ताले ३.७९ प्रतिशतले गुमाएका छन् । 

लोकान्तर संवाददाता
लोकान्तर संवाददाता

लेखकबाट थप...

कमेन्ट गर्नुहोस्