×

NMB BANK
NIC ASIA

पाँच सचिव कामविहीन, हाजिर गर्दै फर्कंदै

साउन २०, २०७८

NTC
Sarbottam
Premier Steels
Marvel

 सरकारले पाँच जना सचिवलाई कामविहीन अवस्थामा राखेको छ । नीतिगत तहमा महत्वपूर्ण भूमिका खेल्ने र प्रशासनिक नेतृत्वमा रहने सचिवलाई सरकारले लामो समयदेखि कामविहीन अवस्थामा राखेको हो ।

Muktinath Bank

सरकारले बढुवा भएका सचिवहरूलाई समयमा नै पदस्थापन गर्न नसक्दा चार जना सचिव प्रधानमन्त्री तथा मन्त्रिपरिषद् कार्यालयको अतिरिक्त समूहमा रहेर हाजिर गरिरहेका छन् । मंगलबार पुनः एक जना सचिवमा बढुवा भएपछि अतिरिक्त समूहमा रहने सचिवको संख्या पाँच पुगेको छ ।


Advertisment
RMC TANSEN
IME BANK INNEWS
shivam ISLAND

प्रधानमन्त्री तथा मन्त्रिपरिषद् कार्यालयको अतिरिक्त समूहमा रहेका सचिवमा कृष्णहरि पुष्कर, खगेन्द्र नेपाल, रामप्रसाद घिमिरे र किरणराज शर्मा रहेका छन् । मंगलबार सचिवमा बढुवा भएका हरि मैनालीलाई पनि हाललाई अतिरिक्त समूहमा नै राखिएको छ ।


Advertisment
Nabil box
Kumari

प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयमा अहिले आठ जना सचिव छन् । जबकि, सो कार्यालयको सचिवको दरबन्दी संख्या नै चार मात्र हो ।

Vianet communication
Laxmi Bank

सरकारले आफूनिकट बाहेकका अन्यलाई तान्नुपर्दा प्रधानमन्त्री तथा मन्त्रिपरिषद् कार्यालयकै अतिरिक्त समूहमा राख्ने परम्परा रहँदै आएको छ । त्यहाँ रहेका प्रायः सचिवले आफूलाई अपहेलित महसुस गर्छन् ।

अहिले कृषि तथा पशुपक्षी विकास मन्त्रालय, रक्षा मन्त्रालय, सञ्चार तथा सूचना प्रविधि मन्त्रालय, स्वास्थ्य तथा जनसंख्या मन्त्रालय, महालेखा नियन्त्रकको कार्यालयलगायतका निकायमा सचिव छैनन् ।

अहिले प्रधानमन्त्री कार्यालयमा मन्त्रिपरिषद्, संवैधानिक निकाय तथा प्रशासन, सामाजिक विकास तथा प्रादेशिक समन्वय, राष्ट्रिय सुरक्षा, सुशासन तथा नतिजा व्यवस्थापन, आर्थिक तथा पूर्वाधार विकास र कानुन तथा मानव अधिकारमा एक-एक जना गरेर पाँच सचिवको दरबन्दी छ ।

अहिले कार्यालयमा शिशिरकुमार ढुंगाना, लक्ष्मण अर्याल, डा. बैकुण्ठ अर्याल, धनराज ज्ञवाली छन् । सचिवै सचिव हुँदा पनि कार्यालयमा एक जना सचिवको दरबन्दी खाली छ । अर्कातिर कार्यालयमा अतिरिक्त सचिवको संख्या नै चार पुगेको छ । सचिव कृष्णहरि पुष्कर कर्ण, खगेन्द्रप्रसाद नेपाल, किरणराज शर्मा र रामप्रसाद घिमिरे अतिरिक्तमा छन् ।

कार्यालयमै एक जना, कृषि तथा पशुपन्छी मन्त्रालय, रक्षा मन्त्रालय, सञ्चार तथा सूचना प्रविधि मन्त्रालय, स्वास्थ्य तथा जनसंख्या मन्त्रालय, राष्ट्रिय मानवअधिकार आयोग र महालेखा नियन्त्रक कार्यालयमा अहिले सचिव रिक्त छन् ।

सरकारले केही दिनअघि अर्थ सचिव र स्वास्थ्य सचिवको सरुवा गरेर तिनलाई प्रधानमन्त्री कार्यालय नै ल्याएको थियो । तर, रिक्त रहेका स्थानमा पूर्ति गर्नेतर्फ भने अझै निर्णय गरेको छैन । राजधानी दैनिकमा खबरर छ ।

hAMROPATRO BELOW NEWS
TATA Below
माघ २५, २०८०

त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलका प्रहरी प्रमुख प्रहरी नायब महानिरीक्षक (डिआइजी) अर्जुन चन्दले राजीनामा दिएको चर्चा झन्डै एक साता चल्यो तर प्रहरी प्रधान कार्यालयले चन्दको राजीनामा नभई सोमबार १० दिनको बिदा स्वीकृत ग...

फागुन ४, २०८०

ललिता निवास प्रकरणमा विशेष अदालतले बिहीबार फैसला गरेको छ । फैसला अनुसार ललिता निवासको हडपिएको जग्गा सरकारको नाममा आउने भएको छ।  अदालतले त्यसमा दोषीहरुलाई कैद र जरिवानको फैसला पनि गरेको छ ।  ...

मंसिर ४, २०८०

नेपाल कम्युनिस्ट पार्टी (माओवादी केन्द्र) सँग  एकता  गर्न  नेपाल  समाजवादी  पार्टीका  अध्यक्ष डा. बाबुराम भट्टराईलाई पार्टीभित्रबाट नेताहरूले दबाब दिन थालेका छन् । पार्टीका अर्का अध्य...

कात्तिक २४, २०८०

सवारीसाधन  सुविधा  प्राप्त  गर्ने  कर्मचारीलाई  इन्धनबापत नगद उपलब्ध गराउन सरकारले निर्देशिका जारी गरेको छ । सुशासन (व्यवस्थापन तथा सञ्चालन) ऐन, २०६४ को दफा ४५ ले दिएको अधिकार प्रयोग ...

माघ २४, २०८०

कास्की प्रहरीले राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) सभापति रवि लामिछानेसहित थप १८ जनाविरुद्ध अनुसन्धान  सुरु  गरेको  छ  ।  पोखराको  सूर्यदर्शन  बचत तथा ऋण सहकारी ठगी प्रकरणमा ...

माघ ३, २०८०

चालुु  आर्थिक  वर्ष  २०८०/८१  मा  नेपाली  श्रमिकका लागि मलेसियाको रोजगारी घटेको छ । गत आव २०७९/८० मा पहिलो श्रम गन्तव्य देश बनेको मलेसिया चालुु आवमा क्रमशः घटेर तेस्रो र चौथो ...

'एमाले यो सरकारको धरौटीमा छ, बजेट सहमतिमै बन्छ'

'एमाले यो सरकारको धरौटीमा छ, बजेट सहमतिमै बन्छ'

बैशाख ७, २०८१

हामी १५औं अन्त्य गरेर १६औं योजनाको तयारीमा जाँदै छौं । दलका शीर्ष नेताबीच १६औं योजनाको विषयमा छलफल भएको छ । १५औं योजनाको असफलता र नमिलेका कुरालाई १६औं मा सुधार्छौं । हाम्रो गन्तव्य कहाँ हो भन्ने संविधानले ...

उल्लासविहीन नयाँ वर्ष, चंगुलमा परेको लोकतन्त्र

उल्लासविहीन नयाँ वर्ष, चंगुलमा परेको लोकतन्त्र

बैशाख ६, २०८१

सच्चा लोकतन्त्रमा सिमान्तमा रहेको नागरिकले पनि यो देश मेरो हो भन्ने अनुभूति गर्न सक्नेछ- माहात्मा गान्धी । माथि गान्धीको भनाइ किन उद्धृत गरिएको हो भने नयाँ वर्षको आगमन भैसकेको छ र २०८० को बिदाइ बडो हर्षपूर्वक...

ज्ञान र विज्ञानको भण्डार

ज्ञान र विज्ञानको भण्डार

बैशाख १, २०८१

एक दिन काम विशेषले नयाँ सडकतिर गएको थिएँ, मोबाइल टिङटिङ गर्‍यो । हेरेँ पुराना मित्र जयदेव भट्टराई, सम्पादक मधुपर्क (हाल अवकाश प्राप्त) ले सम्झेका रहेछन् । हामी दुई लामो समयसम्म सँगै रह्यौँ, कहिले गोरखापत्र...

x