साउन २२ मा नहुने भयो सामलिङ पावर कम्पनीको शेयर निष्कासन

सामालिङ्ग पावर कम्पनीले साउन २२ गतेबाट आयोजना प्रभावितका लागि निष्कासन गर्न ठिक्क पारेको साधारण शेयर तत्काललाई स्थगित गरेको छ।


Advertisement

कम्पनीले भदौ ५ गतेसम्म शेयर बिक्री गर्ने तालिका सार्वजनिक गरेको थियो।


Advertisement

कम्पनीले स्थानीय जिल्ला प्रशासनले निषेधाज्ञा लगाउने भएपछि निष्कासन स्थगित गरेको हो। इलाम जिल्ला प्रशासन कार्यालयले साउन १८ देखि २५ गतेसम्म निषेधाज्ञा लगाएको छ।

कोभिड संक्रमित बढेकाले निषेधाज्ञाको अवधि लम्बिने सम्भावना पनि उत्तिकै छ। त्यही भएर अहिलेलाई शेयर निष्कासन स्थगित गरेको कम्पनी बुधवार जनाएको छ।


Advertisement

कम्पनीले १०० रुपैयाँ अंकित दरका ५ लाख कित्ता शेयर बिक्री गर्न लागेको थियो। पाँच लाखमध्ये इलाम जिल्लाभरीका बासिन्दालाई ६० प्रतिशत अर्थात ३ लाख कित्ता शेयर दिने तयारी कम्पनीको थियो।

बाँकी रहेको शेयर आयोजना अति प्रभावित इलाम नगरपालिका ८ र १० तथा माइजोगमाइ गाउँपालिका ४ र ५ का बासिन्दालाई दिइने कम्पनीले जनाएको थियो । उनीहरुले ४० प्रतिशत अर्थात २ लाख कित्ता शेयर पाउनेवाला थिए। 

कम्पनीको शेयरमा कम्तिमा १० कित्ता र बढीमा २० हजार कित्तासम्म आवेदन दिन सकिने व्यवस्था गरेको थियो। कम्पनीले प्रति मेगावाट २१ करोड रुपैयाँका दरले परियोजना निर्माण गरिरहेको छ। कम्पनीले साढे ९ मेगावाटको परियोजना निर्माण गरिरहेको हो।

लोकान्तर संवाददाता
लोकान्तर संवाददाता

लेखकबाट थप...

कमेन्ट गर्नुहोस्