मंसिर ९, २०८०
आफ्नै साथीले छुरा प्रहार गर्दा पोर्चुगलमा एक नेपाली युवकको मृत्यु भएको छ । छुरा प्रहारबाट गम्भीर घाइते भएका कुश्मा नपा–१३, खौला, पर्वतका ३६ वर्षीय धनबहादुर क्षेत्रीको उपचारका क्रममा निधन मृत्यु भएको हो ।&n...
अघिल्लो साता इजरायलको तेल ट्यांकर मर्सर स्ट्रीटमा ड्रोन आक्रमणपछि इरान यसमा दोषी रहेको भन्दै कठोर बयानहरू आइरहेका छन् ।
बेलायत, अमेरिका र इजरायलले एकमुख लागेर इरानलाई आक्रमणको जिम्मेवार ठहर गरेका छन् तर तेहरानले यसलाई खारेज गरेको छ । यसै बहानामा आफ्नो हितमा घात गरिएमा कठोर जवाफ फर्काउने इरानले बताएको छ ।
खासमा के भइरहेको छ र पर्दापछाडि के हर्कत गरिँदैछ ?
गत बिहीवार मध्यम आकारको तेल ट्यांकर एमभी मर्सर स्ट्रीट तान्जानियाको दार एस सलामबाट ओमान खाडीमा रहेको संयुक्त अरब अमिरातको फुजैराह बन्दरगाहतिर तेल लिन जाँदैथियो ।
एमभी मर्सर स्ट्रीटमा लाइबेरियाको झण्डा राखिएको छ । यसको स्वामित्व एक जापानी कम्पनीसँग छ । तर इजरायलको जोडियाक मेरिटाइमले यसको सञ्चालन गर्छ ।
त्यही दिन यस तेल ट्यांकरमा ड्रोनबाट आक्रमण गरिएको थियो र त्यस आक्रमणमा जहाजका चालक दलका दुई सदस्यको मृत्यु भएको थियो ।
मर्नेमा एक रोमानियाली र अर्का बेलायती नागरिक थिए ।
तेल ट्यांकरले खतराको सन्देश पठाएपछि अमेरिकी जलसेनाका दुई युद्धपोतले त्यसलाई सुरक्षित स्थानतर्फ पठाएका थिए ।
यही वर्ष इजरायलका विभिन्न व्यापारिक जहाजहरूलाई आक्रमणको तारो बनाइएको छ ।
ती सबै आक्रमणको जिम्मेवारी इरानमाथि थोपरिएको छ भने तेहरानले प्रत्येकपटक यी आरोप खारेज गरेको छ ।
गत अप्रिल महिनामा रक्तसागरमा इरानी सेनाको जहाज साविजमा रहस्यमय विस्फोट भयो । इजरायलमाथि त्यसको शंका गरियो ।
खासमा यो इजरायल र इरानबीचको छाया युद्धको एक अंग हो ।
यस खतरनाक खेलमा इरानका आणविक वैज्ञानिकहरूको हत्यादेखि लिएर इरानको आणिवक भट्टीलाई बर्बाद गर्ने कोशिशसम्म भएका छन् । ती सबैमा इजरायलको हात रहेको बताइएको छ ।
तर मर्सर स्ट्रीट घटनाअघि व्यापारिक जहाजहरूमाथिको आक्रमणमा कसैको पनि मृत्यु भएको थिएन ।
मर्सर स्ट्रीटमा एक बेलायतीको पनि ज्यान गएकाले संयुक्त राष्ट्रसंघ सुरक्षा परिषद्को एक स्थायी सदस्य बेलायत पनि यसमा मुछिन पुगेको छ ।
बेलायतका प्रधानमन्त्री बोरिस जोनसनले मर्सर स्ट्रीटमा भएको आक्रमणलाई अस्वीकार्य बताउँदै इरानले आफ्नो कार्यको परिणाम भोग्नुपर्ने बताए ।
इरानका राजदूत मोहसिन बहारवाँदलाई बेलायतको परराष्ट्र मन्त्रालयले बोलाएर अन्तर्राष्ट्रिय जहाजलाई जोखिममा पार्ने घटना तेहरानले तत्कालै रोक्नुपर्ने बतायो ।
इरानले यसरी आफ्ना राजदूतलाई बोलाएको घटनाको कठोर आलोचना गर्दै बेलायतलाई प्रमाण दिन भनेको छ ।
त्यसपछि इरानको परराष्ट्र मन्त्रालयले बेलायतका राजदूतलाई बोलाएर बेलाउत, अमेरिका र इजरायलले आधारहीन हल्ला फैलाएको बतायो ।
इरानसँगको आणविक सम्झौतालाई पुनर्बहाली गर्नका लागि कोशिश चलिरहेको बेलामा यी आक्रमणहरू भएका हुन् ।
इजरायलको गुप्तचर संस्था मोसादले इरानका सुरक्षा प्रतिष्ठानहरूमा गहिरो पहुँच बनाएको छ । त्यसैले उसको धम्कीलाई तेहरानमा निकै गम्भीर रूपमा लिइन सक्छ ।
मर्सर स्ट्रीट घटनाका लागि इरान जिम्मेवार रहेको प्रमाण सार्वजनिक गर्ने कि नगर्ने भन्ने विषयमा पश्चिमी सरकारहरू दुविधामा छन् ।
उनीहरूले प्रमाण गोप्य रूपमा जुटाउनुपर्ने हुन्छ । प्रमाणहरू संवेदनशील हुनाले बेलायत र अमेरिकाका गुप्तचर निकायले इरानको नजरमा ती प्रमाणहरू नपरून् भन्ने चाहेका छन् ।
तर उनीहरूले प्रमाण सार्वजनिक गर्न नसकेमा इरानलाई नगरेको अपराधको सजाय दिनका लागि बुनिएको षड्यन्त्रको तानाबाना भनी सामाजिक सञ्जालमा धेरैले भन्नेछन् ।
आफ्नै साथीले छुरा प्रहार गर्दा पोर्चुगलमा एक नेपाली युवकको मृत्यु भएको छ । छुरा प्रहारबाट गम्भीर घाइते भएका कुश्मा नपा–१३, खौला, पर्वतका ३६ वर्षीय धनबहादुर क्षेत्रीको उपचारका क्रममा निधन मृत्यु भएको हो ।&n...
सोउल– उत्तर कोरियाले दूतावास बन्द गर्ने हालैको शृङ्खला आफ्नो बाह्य सम्बन्ध सुधार गर्नका लागि ‘नियमित मामिला’ भएको स्पष्ट पारेको छ । दक्षिण कोरियाले आर्थिक सङ्कटका कारण दूतावास बन्द गरेको दाबी गर...
हमासको कमान्ड सेन्टरलाई निशाना बनाउँदै इजराइली सेना बुधबार गाजाको सबैभन्दा ठूलो अस्पतालमा प्रवेश गरेको छ । हजारौँ बिरामी र आश्रय लिएका नागरिकहरू रहेको अस्पतालमुनि हमासको कमान्ड सेन्टर रहेको सेनाले बताएको छ ...
किभ– युक्रेनका राष्ट्रपति भोलोदिमिर जेलेन्स्कीले निर्वाचनका लागि यो सही समय भएको हो भन्ने आफूलाई विश्वास नभएको बताएका छन् । सन् २०२४ मा राष्ट्रपति निर्वाचनका बारेमा तीव्र बहस हुँदै गएपछि रुसी आक्रमणविरुद्ध ह...
चिनियाँ राष्ट्रपति सी चिनफिङ अमेरिका प्रस्थान गरेका छन् । चीन–अमेरिका भ्रमणका लागि उनी मंगलवार अमेरिका प्रस्थान गरेका हुन् । भ्रमणका क्रममा उनले चीन र अमेरिकाका नेताबीचको बैठक र ३० औं एपेक आर्थिक न...
११ दिनदेखि सुरुङमा फसेका ४१ मजदुरलाई पाइपबाट खाना पठाइएको छ । गएराति ६ इन्चको पाइपबाट पहिलोपटक खिचडी पठाइएको भारतीय सञ्चार माध्यमहरूले जनाएका छन् । भारतको उत्तरी हिमाली राज्य उत्तराखण्डमा निर्माणाध...
सामान्यतः मानव समाजको आजसम्मको इतिहास जनयुद्धको इतिहास हो भन्दा फरक पर्दैन । किनकि, समयका प्रत्येक खण्डमा चाहे ती स्पाटाहरू होउन् या चार्टिष्टियन, सिलेसियाली होउन् या कम्युनाडोहरू अनि वोल्सेभिक–भियतकङ्&ndash...
रूढिवादी र पछौटे समाजले सधैँभरि अवतारको प्रतीक्षा गर्दछ । प्रतीक्षा गर्नेले आफू केही पनि कर्म गर्दैन र उसलाई पौरखमा त्यति विश्वास पनि हुँदैन । सामान्यतया व्यक्तिगत जीवनमा भाग्य र सामाजिक जीवनमा अवतारको प्रत...
कसैले आएर सत्य भनेको के हो ? भनेर सोध्यो भने हामी अलमलिन्छौँ । कसैले केही भनौँला कसैले केही । अझ कसैले त सत्य भनेको सत्य नै हो भन्न पनि बेर लगाउन्नौँ । तर सत्य त्यो मात्र होइन । सत्य भनेको हामी आफैँ हौँ । सत्य...