×

NMB BANK
NIC ASIA

टर्कीमा डढेलो अनियन्त्रित बनेपछि जनता आक्रोशित

साउन २०, २०७८

NTC
Sarbottam
Premier Steels
Marvel

टर्कीमा यस गर्मी महिनामा जंगलमा लागेको डढेलो अनियन्त्रित बनेपछि जनता आक्रोशित बनेका छन् । 

Muktinath Bank

लगातार सात दिनसम्म भयानक डढेलोले देशको दक्षिण र पश्चिम क्षेत्र आक्रान्त छ । 


Advertisment
RMC TANSEN
IME BANK INNEWS
shivam ISLAND

डढेलोमा परी दुईजना अग्निनियन्त्रकसँगै आठजनाको मृत्यु भएको छ । गत साताबाट टर्कीको भूमध्यसागर तटक्षेत्रमा लागेको आगोले जंगल र कृषियोग्य भूमि दुवैलाई ध्वस्त पारेको छ । 


Advertisment
Nabil box
Kumari

३० वटा प्रान्तमा १३७ वटा आगो निभाइसकिएको भए पनि नौवटा आगो अझै बलिरहेका छन् । दश हजारभन्दा बढी मानिस अझै पनि क्षतिग्रस्त घरमा फर्किन सकेका छैनन् । पर्यटनको सीजन चलिरहेको बेलामा यस्तो विपत आइलागेको हो । 

Vianet communication
Laxmi Bank

चर्को हावा, कम आर्द्रता र उखरमाउलो गर्मीका कारण डढेलो झन् झन् दन्किरहेको हो । अर्को हप्तासम्म आगो बलिरहने र आगामी वर्षहरूमा पनि यसै हुने बताइएको छ । 

डढेलोको तापको राप टर्कीको अभिलेखमै अहिलेसम्मको चौथो सबभन्दा उच्च रहेको बताइएको छ । 

‘म पाँच दिनदेखि अधिकारीहरूसँग अनुनयविनय गरिरहेको छु,’ मार्मारिस शहर नजिक रहेको एक गाउँका चिन्तित बासिन्दाले बताए । उनको घर डढेलोले स्वाहा पारेको छ । 

‘यहाँ एउटा दमकल समेत थिएन । घर नजिक आगो आएपछि मद्दत गर्ने भन्छन् । अहिले घर नजिक आयो त आगो । यस्तो बेकामे सरकार कसरी टिकिरहेको छ ?’ उनले आक्रोश पोखे । 

‘अब अहिले आएर उनीहरू आफ्नो घर आफैं बनाऊ भन्दैछन् । सराप लागोस् उनीहरूलाई । अल्लाहको डर छ भने वा स्वविवेक छ भने उनीहरूले राजीनामा दिए हुन्छ ।’

टर्कीका विपक्षी दलहरूले राष्ट्रपति रेचेप तैयिप एर्दोआन विपत व्यवस्थापनमा पूरै चुकेको बताएका छन् । 

भूमध्यसागरका अन्य क्षेत्र लेबनन, ग्रीस, स्पेन र इटलीमा पनि डढेलो सल्किएका छन् । 
 

hAMROPATRO BELOW NEWS
TATA Below
कात्तिक २१, २०८०

किभ– युक्रेनका राष्ट्रपति भोलोदिमिर जेलेन्स्कीले निर्वाचनका लागि यो सही समय भएको हो भन्ने आफूलाई विश्वास नभएको बताएका छन् । सन् २०२४ मा राष्ट्रपति निर्वाचनका बारेमा तीव्र बहस हुँदै गएपछि रुसी आक्रमणविरुद्ध ह...

कात्तिक २८, २०८०

चिनियाँ राष्ट्रपति सी चिनफिङ अमेरिका प्रस्थान गरेका छन् । चीन–अमेरिका भ्रमणका लागि उनी मंगलवार अमेरिका प्रस्थान गरेका हुन् । भ्रमणका क्रममा उनले चीन र अमेरिकाका नेताबीचको बैठक र ३० औं एपेक आर्थिक न...

मंसिर ५, २०८०

११ दिनदेखि सुरुङमा फसेका ४१ मजदुरलाई पाइपबाट खाना पठाइएको छ । गएराति ६ इन्चको पाइपबाट पहिलोपटक खिचडी पठाइएको भारतीय सञ्चार माध्यमहरूले जनाएका छन् ।  भारतको उत्तरी हिमाली राज्य उत्तराखण्डमा निर्माणाध...

कात्तिक १७, २०८०

पाकिस्तानको क्वेटामा सुरक्षाकर्मीको एउटा समूहमाथि शुक्रबार आक्रमण हुँदा कम्तीमा १४ सैनिकको मृत्यु भएको छ । घटनाबारे बलुचिस्तान प्रान्तका एक वरिष्ठ सरकारी अधिकारी सइद अहमद उमरानीले एएफपीसँग भने, “तटीय ...

कात्तिक १७, २०८०

सोउल– उत्तर कोरियाले दूतावास बन्द गर्ने हालैको शृङ्खला आफ्नो बाह्य सम्बन्ध सुधार गर्नका लागि ‘नियमित मामिला’ भएको स्पष्ट पारेको छ । दक्षिण कोरियाले आर्थिक सङ्कटका कारण दूतावास बन्द गरेको दाबी गर...

पुस २७, २०८०

अमेरिका र बेलायतका सेनाले बिहीवार यमनको हुथी नियन्त्रित कैयौं क्षेत्रहरूमा हवाई हमला शुरू गरेका छन् । लाल सागर (रेड सी) हुँदै सामान ओसारपोसार गर्ने कमर्सियल जहाजमाथि पटक-पटकको ड्रोन हमला तत्काल रोक्न...

ओलीलाई फापेको सनराइज हल

ओलीलाई फापेको सनराइज हल

बैशाख १२, २०८१

ललितपुरको गोदावरीस्थित सनराइज हलमा नेकपा (एमाले)का दुई महत्वपूर्ण कार्यक्रम भए । एमालेको प्रथम विधान महाधिवेशन (२०७८ असोज १५ र १६ गते) सनराइज हलमै भएको थियो । विधान महाधिवेशनले विभाजनदेखि चौतर्फी घेराबन्दी...

'एमाले यो सरकारको धरौटीमा छ, बजेट सहमतिमै बन्छ'

'एमाले यो सरकारको धरौटीमा छ, बजेट सहमतिमै बन्छ'

बैशाख ७, २०८१

हामी १५औं अन्त्य गरेर १६औं योजनाको तयारीमा जाँदै छौं । दलका शीर्ष नेताबीच १६औं योजनाको विषयमा छलफल भएको छ । १५औं योजनाको असफलता र नमिलेका कुरालाई १६औं मा सुधार्छौं । हाम्रो गन्तव्य कहाँ हो भन्ने संविधानले ...

उल्लासविहीन नयाँ वर्ष, चंगुलमा परेको लोकतन्त्र

उल्लासविहीन नयाँ वर्ष, चंगुलमा परेको लोकतन्त्र

बैशाख ६, २०८१

सच्चा लोकतन्त्रमा सिमान्तमा रहेको नागरिकले पनि यो देश मेरो हो भन्ने अनुभूति गर्न सक्नेछ- माहात्मा गान्धी । माथि गान्धीको भनाइ किन उद्धृत गरिएको हो भने नयाँ वर्षको आगमन भैसकेको छ र २०८० को बिदाइ बडो हर्षपूर्वक...

x