×

NMB BANK
NIC ASIA

राष्ट्रिय सभाको शून्य समयमा कसले के बोले ?

साउन २०, २०७८

NTC
Sarbottam
तस्वीरः रासस
Premier Steels
Marvel

राष्ट्रिय सभाको बुधवारको बैठकमा शून्य समयमा बोल्दै सांसदहरूले समसामयिक विषयमा सरकारको ध्यानाकर्षण गराएका छन् ।

Muktinath Bank

बैठकमा सांसद उदया शर्मा पौड्यालले ट्याक्सीले मनोमानी भाडा असुल्ने गरेको भन्दै त्यसलाई नियमन गर्न सरकारको ध्यानाकर्षण गराइन् । मिटरमा भाडादर निर्धारण गर्नुपर्ने उनको भनाइ छ । 


Advertisment
RMC TANSEN
IME BANK INNEWS
shivam ISLAND

सांसद कविता बोगटीले दार्चुलाका जयसिंह धामी प्रकरणमा सरकारले भारतीय पक्षकै पक्षपोषण गररेको भन्दै आमनेपालीलाई सशंकित बनाएको बताइन् । 


Advertisment
Nabil box
Kumari

घटनाको छानबिन गर्न संसदीय समितिको गठन गर्न पनि उनले माग गरिन् ।

Vianet communication
Laxmi Bank

सांसद कोमल वलीले देशमा कलाकारहरूले ठूलो योगदान गर्ने भए पनि उनीहरूलाई अप्ठ्यारो परेको बेलामा सरकारले सहयोग नगर्ने गरेको दुखेसो गरिन् । 

‘अहिले एकजना चर्चित कलाकार चलचित्रकर्मी, हास्य व्यंग्यकर्मी, गीत संगीतमा सहभागी कलाकार हुनुहुन्छ कलाकार पल्पसा डंगोल, मिर्गौला फेल भएका कारणले जीवन र मृत्युसँग लडिरहनुभएको छ,’ उनले भने, ‘कलाकार पल्पसा डंगोलको स्वास्थ्योपचारका लागि सरकारले सक्दो सहयोग गरोस् भनेर यही सदनबाट प्रधानमन्त्रीज्यूसँग माग गर्दछु ।’

सांसद खीमकुमार विकले कोभिड–१९ विरुद्धको खोपको आपूर्ति राम्रो भए पनि व्यवस्थापकीय पक्ष सुधार गर्नुपर्ने बताए । वैदेशिक रोजगारीमा जाने युवाहरूलाई खोप अनिवार्य भएकाले युवाहरूले झन्झट भोगेको भन्दै युवाहरूलाई सहज उपलब्धता गराउन सरकारको ध्यानाकर्षण गराए । 

‘वैदेशिक रोजगारमा जाने युवाहरूले अनिवार्य रुपमा कोभिड–१९ विरुद्धको खोप लगाउनुपर्ने, खोपको प्रमाणपत्र लिनुपर्ने र त्यो प्रमाणपत्रमा अनिवार्य रुपमा क्यूआर कोड हुनुपर्ने त्यसो नहुँदा रोजगारदाता कम्पनी, देशहरूले मान्यता नदिएका कारण अत्यन्त झन्झटिलो भइरहेको छ,’ उनले भने, ‘युवाहरू निराश छन्, यो प्रक्रियामा जानका लागि सरकारको ध्यानाकर्षण गराउँछु ।’

सांसद खीमलाल देवकोटाले सिन्धुपाल्चोकको मेलम्ची बाढीबाट प्रभावितलाई व्यवस्थापन गर्न तिनै तहको सरकारलाई ध्यानाकर्षण गराए । मौलिक हकसम्बन्धी कानून निर्माण गर्नुपर्नेमा पनि सरकारको ध्यानाकर्षण गराए । साथै विचाराधीन अवस्थामा रहेका विधेयकलाई संसदमा पेश गर्न उनले अनुरोध गरे । 

सांसद चक्रप्रसाद स्नेहीले सरकारले भूमिसम्बन्धी समस्या समाधान गर्न गठित आयोग खारेजी गरेर गलत गरेको टिप्पणी गरे । 

सांसद जगप्रसाद शर्माले शैक्षिक क्षेत्रमा कार्यरत मजदुरहरूको जीवन निर्वाहमा समस्या परेको भन्दै त्यसतर्फ सरकारले ध्यान दिनुपर्ने बताए । उनले विशेषगरी बाल शिक्षिका, सहायक लेखापाल र सहयोगीलाई जीवन निर्वाह गर्न पुग्ने गरी पारिश्रमिक व्यवस्था गर्नुपर्नेमा जोड दिए । 

hAMROPATRO BELOW NEWS
TATA Below
कात्तिक २०, २०८०

जाजरकोट भूकम्पमा ज्यान गुमाउनेमध्ये आधा बढी बालबालिका रहेका छन् । नेपाल प्रहरीले उपलब्ध गराएको तथ्याङ्क अनुसार कात्तिक १७ गते राति गएको भूकम्पबाट मृत्यु भएका १५३ मध्ये ७८ बालबालिका छन् । जाजरक...

कात्तिक १८, २०८०

गएराति गएको भूकम्पले सबैभन्दा बढी जाजरकोटको नलगाड क्षेत्रमा क्षति गरेको छ । नलगाड नगरपालिकामा मात्रै तीन दर्जन बढीको ज्यान गएको जिल्ला प्रशासन कार्यालय जाजरकोटले जनाएको छ । अझै यकिन विवरण आउन बाँकी छ ।  ...

कात्तिक २१, २०८०

गत शुक्रबार राति गएको भूकम्पले जाजरकोट र रुकुम पश्चिम तहसनहस बनेका छन् । बाक्लो बस्ती रहेका बस्ती भूकम्पले उजाड बनेका छन् । प्रभावित क्षेत्रमा सन्नाटा छाएको छ ।  बाँचेकाहरू शोक र पीडामा छन् ।  ...

कात्तिक १८, २०८०

जाजरकोट केन्द्रबिन्दु भएर गएको शक्तिशाली भूकम्पमा परी कम्तिमा ११९ जनाको मृत्यु भएको छ । जाजरकोट र रुकुम पश्चिमका विभिन्न स्थानमा भूकम्पमा परेर उक्त मानवीय क्षति भएको हो ।  जिल्ला प्रहरी कार्यालय जाजरकोटका ...

कात्तिक २०, २०८०

शुक्रवार मध्यरातिको भूकम्पमा परेर मृत्यु भएकी जाजरकोट भेरी नगरपालिकाकी ८ वर्षीया विष्णु तिरुवाको दाहसंस्कारका लागि आफन्त र गाउँलेहरू सोमवार भेरी नदी घाटमा पुगेका थिए ।​​ सोमवार अपरान्ह उनको शव लिएर मलामी...

मंसिर २५, २०८०

दाङको तुलसीपुर उपमहानगरपालिका वडा नम्बर– १९ बिजौरीका २२ वर्षीय युवक प्रतीक पुनमाथि परिवारको ठूलो जिम्मेवारी थियो ।  दुवै मिर्गौला फेल भएर बाबा ताराप्रसाद पुनको एक वर्षअघि मृत्यु भएपछि लागेको ...

ओलीलाई फापेको सनराइज हल

ओलीलाई फापेको सनराइज हल

बैशाख १२, २०८१

ललितपुरको गोदावरीस्थित सनराइज हलमा नेकपा (एमाले)का दुई महत्वपूर्ण कार्यक्रम भए । एमालेको प्रथम विधान महाधिवेशन (२०७८ असोज १५ र १६ गते) सनराइज हलमै भएको थियो । विधान महाधिवेशनले विभाजनदेखि चौतर्फी घेराबन्दी...

'एमाले यो सरकारको धरौटीमा छ, बजेट सहमतिमै बन्छ'

'एमाले यो सरकारको धरौटीमा छ, बजेट सहमतिमै बन्छ'

बैशाख ७, २०८१

हामी १५औं अन्त्य गरेर १६औं योजनाको तयारीमा जाँदै छौं । दलका शीर्ष नेताबीच १६औं योजनाको विषयमा छलफल भएको छ । १५औं योजनाको असफलता र नमिलेका कुरालाई १६औं मा सुधार्छौं । हाम्रो गन्तव्य कहाँ हो भन्ने संविधानले ...

उल्लासविहीन नयाँ वर्ष, चंगुलमा परेको लोकतन्त्र

उल्लासविहीन नयाँ वर्ष, चंगुलमा परेको लोकतन्त्र

बैशाख ६, २०८१

सच्चा लोकतन्त्रमा सिमान्तमा रहेको नागरिकले पनि यो देश मेरो हो भन्ने अनुभूति गर्न सक्नेछ- माहात्मा गान्धी । माथि गान्धीको भनाइ किन उद्धृत गरिएको हो भने नयाँ वर्षको आगमन भैसकेको छ र २०८० को बिदाइ बडो हर्षपूर्वक...

x