आकाशमा उडिरहेको विमानभित्र यात्रुले एयर होस्टेजसँग छेडखानी गरेपछि यस्तो सजाय

आकाशमा उडिरहेको विमानभित्र यात्रुले एयर होस्टेजसँग छेडखानी गरेपछि यस्तो सजाय
प्रतिकात्मक तस्वीर

अमेरिकामा आकाशमा उडिरहेको विमानभित्र यात्रुले एयर होस्टेजसँग छेडखानी गरेपछि सिटमा बाँधेर राखिएको घटना सार्वजनिक भएको छ ।


Advertisement

यूएसए टुडेमा प्रकाशित रिपोर्ट अनुसार फ्रन्टियर एयरको विमानमा यस्तो घटना भएको हो ।


Advertisement

रक्सी खाएर विमानभित्र होहल्ला गर्दै यात्रु २२ वर्षीय मेक्सवेल बेरीले एयर होस्टेजलाई दुर्व्यवहार गरेपछि उनलाई सिटमै बाँधिएको जनाइएको छ । 

रक्सी खाएका बेरीले एयर होस्टेजमाथि हात हाल्ने र मुक्का हान्ने काम गरेपछि उनलाई सिटमै बाँधेर राखिएको थियो । विमान अवतरण भएपछि उनलाई प्रहरीको जिम्मा लगाइएको रिपोर्टमा उल्लेख छ ।


Advertisement

एजेन्सी
एजेन्सी

लेखकबाट थप...

कमेन्ट गर्नुहोस्