कात्तिक २७, २०८०
तत्कालीन प्रहरी नायब महानिरीक्षक (डीआईजी) अशोक सिंहले २०७९ फागुन १० गते जिम्मेवारीबाट राजीनामा दिए । प्रहरी महानिरीक्षक (आईजीपी)को लाइनमा रहेका सिंहको जन्ममितिमा कैफियत देखिएपछि राजीनामा दिनुपरेको थियो ।&...
साउन २०, २०७८
बरिष्ठ नेता माधवकुमार नेपाल पक्षले बिहीबारका लागि राखेको केन्द्रीय कमिटीको बैठकमा सहभागि नहुन नेकपा एमालेको संस्थापन पक्षले नेता कार्यकर्तालाई निर्देशन दिएको छ । एमाले पार्टी केन्द्रीय कार्यालयका सचिव शेरबहादुर तामाङले बुधवार साझ एक विज्ञप्ति प्रकाशित गरी माधव नेपाल पक्षको बैठकलाई अनधिकृत भनेका हुन् ।
विकसित पछिल्लो घटनाक्रमको समीक्षा र भावी रणनीति बनाउन नेपाल पक्षले भोलिका लागि केन्द्रीय कमिटीको बैठक बोलाएको छ । बुधवार बस्ने भनिएको बैठक भोलिका लागि सारिएको थियो ।
भोलिको बैठकबाट माधव नेपाल पक्षले अध्यक्ष केपी शर्मा ओलीसँग मिल्ने कि नयाँ पार्टी गठन गर्ने भन्नेबारे निर्णय लिने ठानिएको छ । माधव नेपाल पक्षको केन्द्रीय कमिटीको बैठकको पूर्वसन्ध्यामा एमाले केन्द्रीय कार्यालयले बुधवार राति विज्ञप्ति प्रकाशित गरेको हो ।
‘पटक पटक एमालेको नामबाट अनधिकृत गतिविधि गर्ने र सो गतिविधिमा सरिक हुने विषय संविधान, प्रचलित कानून र पार्टी विधान विपरित हुने भएकोले सो गतिविधिमा नलाग्न कार्यकर्ताहरूमा अपिल गर्दछ’ तामाङले जारी गरेको विज्ञप्तिमा भनिएको छ ।
यसअघि गत चैत्र ४ र ५ गतेका लागि आयोजना गरिएको कार्यकर्ता भेलाको पूर्वसन्ध्यामा पनि रोक्न आग्रह गर्दै वक्तव्य जारी गरिएको थियो । माधव नेपाल पक्ष सरकारमा सहभागि हुन सक्ने भन्दै सत्ता गठबन्धनले मन्त्रिपरिषद् विस्तारमा ढिलाइ गरेको छ ।
पार्टी विबाद समाधानका लागि दुवै पक्षका नेता सम्मिलित कार्यदलले १० बुँदे सहमति गरेपनि माधव नेपालले त्यसको स्वामित्व लिन इन्कार गर्दै आएका छन् ।
हेर्नुहोस विज्ञप्ति
तत्कालीन प्रहरी नायब महानिरीक्षक (डीआईजी) अशोक सिंहले २०७९ फागुन १० गते जिम्मेवारीबाट राजीनामा दिए । प्रहरी महानिरीक्षक (आईजीपी)को लाइनमा रहेका सिंहको जन्ममितिमा कैफियत देखिएपछि राजीनामा दिनुपरेको थियो ।&...
उदयपुरमा २१ वर्षीया युवतीलाई बलात्कार गरेको आरोपमा एक जना पक्राउ परेका छन् । पक्राउ पर्नेमा लिम्चुङबुङ गाउँपालिका १ बाँस्बोटेका २५ वर्षीय टवीन्द्र राई रहेका छन् । उनलाई आइतवार दिउँसो पक्राउ गरिएको प्रहर...
आफूलाई ‘लिटिल बुद्ध’ भनेर दाबी गर्ने रामबहादुर बम्जन पक्राउ परेपछि उनीबारे नयाँ–नयाँ तथ्य सार्वजनिक भइरहेका छन् । प्रहरीले उनलाई मंगलबार साँझ ७ बजे काठमाडौंको बूढानीलकण्ठस्थित निवास...
भैहवाबाट झण्डै २० किलोमिटर पश्चिममा छ रुपन्देहीको सियारी–५ मा बैदौली गाउँ । सोही गाउँकी ३३ वर्षीया सावित्रा खरेल खनाल आमा बन्ने खुसीको मुखैमा थिइन् । विवाह गरेको दुई वर्ष मात्रै पुग्नै लाग्दा सावित्रा आम...
पाल्पामा १९ वर्षीया किशोरीलाई बलात्कार गरेको आरोपमा एक जना पक्राउ परेका छन् । पक्राउ पर्नेमा गुल्मीको इस्मा गाउँपालिका ६ का २६ वर्षीय जिज्ञाश दाहाल रहेका छन् । उनलाई मंगलवार साँझ पक्राउ गरिएको प्रहरीले जनाएको...
काठमाडौं उपत्यकामा भूकम्पको झड्का महसुस गरिएको छ । सोमवार अपरान्ह ४ बजेर ३३ मिनेटको समयमा भूकम्पको झड्का महसुस गरिएको हो । जाजरकोटको रामीडाँडा केन्द्रविन्दु भएर अपराह्न ४ बजेर ३१ मिनेटमा ५ दशमलव ८ रे...
ललितपुरको गोदावरीस्थित सनराइज हलमा नेकपा (एमाले)का दुई महत्वपूर्ण कार्यक्रम भए । एमालेको प्रथम विधान महाधिवेशन (२०७८ असोज १५ र १६ गते) सनराइज हलमै भएको थियो । विधान महाधिवेशनले विभाजनदेखि चौतर्फी घेराबन्दी...
हामी १५औं अन्त्य गरेर १६औं योजनाको तयारीमा जाँदै छौं । दलका शीर्ष नेताबीच १६औं योजनाको विषयमा छलफल भएको छ । १५औं योजनाको असफलता र नमिलेका कुरालाई १६औं मा सुधार्छौं । हाम्रो गन्तव्य कहाँ हो भन्ने संविधानले ...
सच्चा लोकतन्त्रमा सिमान्तमा रहेको नागरिकले पनि यो देश मेरो हो भन्ने अनुभूति गर्न सक्नेछ- माहात्मा गान्धी । माथि गान्धीको भनाइ किन उद्धृत गरिएको हो भने नयाँ वर्षको आगमन भैसकेको छ र २०८० को बिदाइ बडो हर्षपूर्वक...