इजरायल पठाइदिने भन्दै पैसा उठाउने समूह सक्रिय

इजरायलमा रोजगारीका लागि पठाइदिने बताउँदै आवेदकसँग रकम माग गरिएको घटना सार्वजनिक भएपछि वैदेशिक रोजगार विभागले यस्ता अनाधिकृत समूह र व्यक्ति पहिचान गरी कारबाही गर्ने भएको छ ।


Advertisement

 इजरायलको रोजगारीका लागि छनोट प्रक्रियामा व्यक्ति तथा निजी क्षेत्रले समेत सम्झौता गरेको जनाउँदै अनधिकृत समूहले आवेदकबाट रकम असुल्न थालेपछि विभागले कारबाही गर्ने भएको हो ।
विभागले इजरायलको रोजगारीका लागि दुई सरकारबीच सम्झौता भई निजी क्षेत्रको संलग्नता नरहने जनाउँदै आइरहेका बेला व्यक्ति र समूहले रकम उठाएको विभागको भनाइ छ ।


Advertisement

विभागका महानिर्देशक कृष्णप्रसाद दवाडीले इजरायलमा केयरगिभर छनोट गरी पठाउन नेपाल सरकारसँग आफ्नो सम्झौता भएको भनी आवेदन दिने व्यक्तिलाई प्रलोभनमा पारी भ्रम फैलाई रकमसमेत उठाउने कार्य भइरहेको विषयप्रति विभाग संवेदनशील भएको बताए । कारोबार दैनिकमा खबर छ ।


Advertisement

छापाबाट
छापाबाट

लेखकबाट थप...

कमेन्ट गर्नुहोस्