×

X
Dabur
Nic Asia
Marvel

टोकियो ओलम्पिक : ७० पदकसहित चीन शीर्ष स्थानमा कायमै

काठमाडाैं | साउन २१, २०७८

TVS INSIDE

जापानको राजधानी टोकियोमा जारी ३२औँ ग्रीष्मकालीन ओलम्पिक खेलकुदमा चीन ७० पदकसहित शीर्ष स्थानमा कायमै रहेको छ ।

IME BANK INNEWS
morang Auto yamaha

अमेरिका र जापानलाई उछिन्दै चीन शीर्ष स्थान ओगट्न सफल भएको हो ।  चीनले हालसम्म ३२ स्वर्ण, २२ रजत र १६ कास्य पदक प्राप्त गरेको छ । अमेरिका दोस्रो तथा जापान तेस्रो स्थानमा रहेका छन् ।


Advertisment
NMB BANK
RMC TANSEN
Saurya island

अमेरिकाले २५ स्वर्ण, ३१ रजत र २३ कास्य पदक प्राप्त गरेको छ भने जापानले २१ स्वर्ण, सात रजत र १२ कास्य प्राप्त गर्न सफल भएको छ । यस्तै बेलायत १५ स्वर्ण, १८ रजत र १५ कास्य पदक प्राप्त गर्दै चौथो स्थानमा उक्लेको छ । अस्ट्रेलिया १५ स्वर्ण, चार रजत र १७ कास्य पदकसहित पाँचौँ स्थानमा छ । 

    यसैगरी रसियन ओलम्पिक कमिटी पदक तालिकाको छैटौँ स्थानमा झरेको छ । उसले १४ स्वर्ण, २१ रजत र १८ कास्य पदक प्राप्त गरेको छ । जर्मनी नौ स्वर्ण, आठ रजत र १६ कास्यसहित सातौँ, फ्रान्स छ स्वर्ण, १० रजत र नौ  कास्यका साथ आठौँँ, इटली छ स्वर्ण, नौ रजत र १६ कास्य जित्दै नवौँ तथा नेदरल्याण्डस् छ स्वर्ण, आठ रजत र नौ कास्यका साथ पदक तालिकाको १०औँ स्थानमा रहेको टोकियो ओलम्पिकको वेबसाइटमा उल्लेख छ । टोकियो ओलम्पिकमा सहभागी २०५ देशमध्ये हालसम्म ८५ देशले पदक प्राप्त गर्न सफल भएका छन् ।   

Vianet communication
Maruti inside

    नेपालबाट चार खेलमा पाँच खेलाडी टोकियो ओलम्पिकमा सहभागी भएका थिए । सुटिङकी कल्पना परियार, जुडोकी सोनिया भट्ट, पौडीका एलेक्स शाह र गौरिका सिंह तथा एथलेटिक्सकी सरस्वती चौधरीले आ–आफ्नो खेलमा प्रतिस्पर्धा गरेका थिए। पाँचै खेलाडी टोकियो ओलम्पिकबाट बाहिरिएका छन् ।        
 

TATA Below
NLIC
साउन २३, २०७९

साविक विजेता म्यानचेस्टर सिटीले इंग्लिस प्रिमियर लिग फुटबलमा विजयी शुरूआत गरेको छ । आइतवार राति वेस्ट ह्याम युनाईटेडलाई २-० गोलले हराउँदै सिटीले नयाँ सिजनको सुखद शुरूआत गरेको हो । वेस्ट ह्यामको मैदान...

साउन २३, २०७९

नेपाली राष्ट्रिय क्रिकेट टिमको मुख्य प्रशिक्षकमा भारतीय प्रशिक्षक मनोज प्रभाकर नियुक्त भएका छन् । नेपाल क्रिकेट संघ (क्यान) ले सोमवार प्रभाकरलाई मुख्य प्रशिक्षक नियुक्त गरिएको जनाएको छ । भारतका पूर्व अलराउण्डर प्...

साउन २३, २०७९

 घरेलु टोली जिम्बावेले बंगलादेशविरुद्धको ३ खेलको एकदिवसीय सिरिज एक खेल अगाबै जितेको छ । हरारेमा आइतवार भएको दोस्रो एकदिवसीयमा बंगलादेशलाई ५ विकेटले पराजित गर्दै घरेलु टोलीले सिरिज २-० ले जितेको...

साउन २३, २०७९

नेपाल रिङ रेस्लिङ संघ र जापानस्थित ०१ जापानबीच नेपालमा रेस्लिङ खेलको तालिम सञ्चालनसम्बन्धी सम्झौता भएको छ । लैनचोरस्थित रिङ रेस्लिङ एकेडेमीमा भदौ १५ गतेदेखि ६ महिने विशेष व्यवसायिक रिङ रेस्लिङ तालिम सञ्चालन गर्...

साउन २२, २०७९

दोस्रो संस्करणको पाटन प्रिमियर लिग (पिपीएल) क्रिकेट प्रतियोगिता आगामी असोजमा हुने भएको छ । आयोजक पाटन क्रिकेट क्लबले आइतबार बैतडीको पाटनमा पत्रकार सम्मेलनको आयोजना गरी असोज १ गतेदेखि दोस्रो पिपीएल खुला पुरुष...

साउन २२, २०७९

 ‘तेस्रो द ब्रिटिस कप २०२२’ इन्टर कलेज फुटसल प्रतियोगिता सम्पन्न भएको छ ।  प्रतियोगितामा काठमाडौंका विभिन्न १३ वटा कलेजहरूको सहभागिता रहेको थियो । उक्त खेलको फाइनल राउण्डमा ब्रिटिस ...

अत्यावश्यक ६ सुधार जसले न्यूनीकरण गर्नसक्छ सहकारीमा व्याप्त विकृति

अत्यावश्यक ६ सुधार जसले न्यूनीकरण गर्नसक्छ सहकारीमा व्याप्त विकृति

साउन २३, २०७९

नेपालको आर्थिक विकासमा सार्वजनिक, निजी र सहकारी ३ खम्बे नीतिलाई अवलम्बन गरिएको छ । संविधानमा समाजवादको परिकल्पनासहित सार्वजनिक, निजी र सहकारी क्षेत्रको प्रवर्द्धन गरी तीब्र दीगो आर्थिक विकासको मार्गनिर्देशन भएको ...

'कुकुर्नी कमिनीको बकपत्र'

'कुकुर्नी कमिनीको बकपत्र'

साउन २२, २०७९

थुक्क कुकुर्नी भनेर कडा स्वभावका आमाहरूले आफ्ना छोरीलाई गाली गर्दा 'त्यसो नभन्नु न यार' भनेर मैले धेरैपटक खिन्नता प्रकट गरेको छु । तर, मलाई पनि आमाले यदाकदा कुकुर भनेर सम्बोधन गर्नुभएको छ । धन्न पण्डित ...

राजनीतिसँगका जनअपेक्षा– अवस्था बदल्ने कि नेता ?

राजनीतिसँगका जनअपेक्षा– अवस्था बदल्ने कि नेता ?

साउन २२, २०७९

राजनीति एउटा त्यस्तो विशेष नीति, दर्शन वा मार्गचित्र हो जसका माध्यमबाट नागरिक जीवनलाई सुखद्, सहज र प्रतिष्ठापूर्ण बनाउन सकिन्छ । यो कठोर साधना पनि हो । राजनीतिले सार्वजनिक जीवनलाई सदैव उच्च महत्त्व दिन्छ र आफ्नो घो...

ad
x