×

NMB BANK
NIC ASIA

सल्लाघारीमा उपत्यकाबाट पूर्व जाने सार्वजनिक सवारीको बस पार्क बनाउन प्रस्ताव

साउन ३०, २०७८

NTC
Sarbottam
Premier Steels
Marvel

भक्तपुर नगरपालिकाले रु एक करोड खर्चेर पर्खाल लगाएर संरक्षण गरेको सल्लाघारीस्थित नेपाल ट्रष्टको १०२ रोपनी जग्गामा उपत्यकाबाट पूर्व जाने सार्वजनिक सवारीको बस पार्क बनाउन प्रस्ताव भएको छ ।

Sagarmatha Cement
Muktinath Bank

भक्तपुर नगरपालिकाले लामो समयदेखि ख्वपः विश्वविद्यालय तथा ख्वपः मेडिकल कलेज बनाउन सरकारसमक्ष प्रस्ताव पेश गर्दै आएको यो जग्गामा बस पार्क बनाउन काठमाडौँ महानगरपालिकामा सुझाव आएको हो ।
    
    काठमाडौँ महानगरपालिकाकी उपप्रमुख हरिप्रभा खड्गी श्रेष्ठको संयोजकत्वमा गठित पाँच सदस्यीय कार्यदलले महानगरपालिकाका प्रमुख विद्यासुन्दर शाक्यलाई पेश गरेको ‘लामो दूरीका सार्वजनिक सवारीसाधन व्यवस्थापनसम्बन्धी अध्यययन प्रतिवेदन २०७८’ मा सल्लाघारीको उक्त जग्गामा बसपार्क बनाउन सुझाव आएको महानगरपालिकाले जानकारी दिएको छ ।
    
    दरबार हत्या काण्ड अगाडि तत्कालीन युवराज निराजन शाहका लागि दरबार बनाउन प्रारम्भिक तयार गरिसकेको यो जग्गामा पछि भक्तपुर नगरपालिकाले मेडिकल कलेज, भक्तपुर क्षेत्र नं २ का सांसद महेश बस्नेतले खेलकूद मैदान, मानव अङ्ग प्रत्यारोपण केन्द्रलगायत विभिन्न निकायबाट विभिन्न संरचना बनाउन माग गरेका थिए ।
    
    विसं २०७२ को विनाशकारी महाभूकम्पपछि भने भक्तपुर जिल्लाको एक मात्र ठूलो खुला क्षेत्रका रूपमा रहेको यो चौरलाई विपद् व्यवस्थापनका लागि प्रयोग गर्ने गरी खुला नै राख्नुपर्ने भक्तपुरका बासिन्दाले आवाज उठाउँदै आएका छन् । महानगरपालिकालाई कार्यदलले बुझाएको प्रतिवेदनमा जडीबुटीबाट भक्तपुरतर्फको मनोहरा खोला करिडोर या भक्तपुरको सल्लाघारीस्थित खाली जग्गामा बसपार्क बनाउने सुझाव प्रतिवेदन उल्लेख भएको बताइएको छ ।
    
    महानगरपालिकाका अनुसार काठमाडौँ उपत्यकामा १४ लाख विभिन्नखाले सवारी सञ्चालनमा रहेको र त्यसमध्ये ८० प्रतिशत सवारी काठमाडौँ महानगरपालिका क्षेत्र केन्द्रित भएर सञ्चालनमा रहेको छ । यातायातका साधनको चाप बढ्दो क्रममा रहेको तर व्यवस्थित बसपार्क नहुँदा समस्या थपिँदै गएको छ । महानगरका प्रमुख शाक्यले प्रतिवेदनबारे कार्यपालिका बैठकमा छलफल गरी अगाडि बढाइने जानकारी दिए ।


Advertisment
RMC TANSEN
IME BANK INNEWS
shivam ISLAND

Advertisment
Nabil box
Kumari
Vianet communication
Laxmi Bank
hAMROPATRO BELOW NEWS
TATA Below
कात्तिक १७, २०८०

 काठमाडौँ उपत्यका अपराध अनुसन्धान कार्यालयले ‘कल गर्ल’ चाहिएमा उपलब्ध गराइदिने भनी ठगी गर्ने दुई जनालाई पक्राउ गरी आज सार्वजनिक गरेको छ ।  सामाजिक सञ्जालबाट ‘कल गर्ल’ उपल...

कात्तिक २१, २०८०

पाल्पामा दुईवटा खोलामा डुबेर मंगलवार दुई जनाको ज्यान गएको छ । पाल्पाको तिनाउ गाउँपालिका–३ मा रहेको तिनाउ खोलाको ड्याममा डुबेर घुम्न आएकी भारतीय युवती महिलाको मृत्यु भएको जिल्ला प्रहरी कार्यालय, पाल्पाक...

कात्तिक १५, २०८०

बाराको कलैया उपमहानरपालिका–६ मदर्सा टोलमा रहेको बाल एकता इंग्लिस बोर्डिङ स्कूलका प्रिन्सिपल गुड्डु भनिने रुपेश स्वर्णकारको हत्याका मुख्य योजनाका सोही विद्यालयकी पूर्वशिक्षिका तथा लेखापाल राधा गुप्ता रहेको ख...

कात्तिक २७, २०८०

उदयपुरमा २१ वर्षीया युवतीलाई बलात्कार गरेको आरोपमा एक जना पक्राउ परेका छन् ।  पक्राउ पर्नेमा लिम्चुङबुङ गाउँपालिका १ बाँस्बोटेका २५ वर्षीय टवीन्द्र राई रहेका छन् । उनलाई आइतवार दिउँसो पक्राउ गरिएको प्रहर...

कात्तिक २२, २०८०

पाल्पामा १९ वर्षीया किशोरीलाई बलात्कार गरेको आरोपमा एक जना पक्राउ परेका छन् । पक्राउ पर्नेमा गुल्मीको इस्मा गाउँपालिका ६ का २६ वर्षीय जिज्ञाश दाहाल रहेका छन् । उनलाई मंगलवार साँझ पक्राउ गरिएको प्रहरीले जनाएको...

कात्तिक २७, २०८०

तत्कालीन प्रहरी नायब महानिरीक्षक (डीआईजी) अशोक सिंहले २०७९ फागुन १० गते जिम्मेवारीबाट राजीनामा दिए । प्रहरी महानिरीक्षक (आईजीपी)को लाइनमा रहेका सिंहको जन्ममितिमा कैफियत देखिएपछि राजीनामा दिनुपरेको थियो ।&...

अपराजित जनयुद्धको पराजित कथा

अपराजित जनयुद्धको पराजित कथा

चैत १४, २०८०

सामान्यतः मानव समाजको आजसम्मको इतिहास जनयुद्धको इतिहास हो भन्दा फरक पर्दैन । किनकि, समयका प्रत्येक खण्डमा चाहे ती स्पाटाहरू होउन् या चार्टिष्टियन, सिलेसियाली होउन् या कम्युनाडोहरू अनि वोल्सेभिक–भियतकङ्&ndash...

निर्मोही राज्य र युगीन अवतारको प्रतीक्षामा नेपाली समाज

निर्मोही राज्य र युगीन अवतारको प्रतीक्षामा नेपाली समाज

चैत १२, २०८०

रूढिवादी र पछौटे समाजले सधैँभरि अवतारको प्रतीक्षा गर्दछ । प्रतीक्षा गर्नेले आफू केही पनि कर्म गर्दैन र उसलाई पौरखमा त्यति विश्वास पनि हुँदैन ।  सामान्यतया व्यक्तिगत जीवनमा भाग्य र सामाजिक जीवनमा अवतारको प्रत...

सत्यको खोजी

सत्यको खोजी

चैत १०, २०८०

कसैले आएर सत्य भनेको के हो ? भनेर सोध्यो भने हामी अलमलिन्छौँ । कसैले केही भनौँला कसैले केही । अझ कसैले त सत्य भनेको सत्य नै हो भन्न पनि बेर लगाउन्नौँ । तर सत्य त्यो मात्र होइन । सत्य भनेको हामी आफैँ हौँ । सत्य...

x