×

NMB BANK
NIC ASIA

‘हाम्रो पात्रो’ एपको डाउनलोड एक करोड बढी, सन्दीप क्षेत्री ब्रान्ड एम्बेसडर

भदौ ४, २०७८

NTC
Sarbottam
Premier Steels
Marvel

हास्य कलाकार सन्दीप क्षेत्री लोकप्रिय नेपाली एप ‘हाम्रो पात्रो’को ब्रान्ड एम्बेसडरमा नियुक्त भएका छन् । ‘हाम्रो पात्रो’ले बुधवारदेखि लागू हुने गरी क्षेत्रीलाई आफ्नो ब्रान्ड एम्बेसडर बनाएको हो । 

Sagarmatha Cement
Muktinath Bank

हाम्रो पात्रो इंकका संस्थापक शंकर उप्रेतीले एप डाउनलोड एक करोड पूरा भएको उपलक्ष्यमा क्षेत्रीसँग सहकार्य गर्न लागिएको बताए  ।  ‘कम्पनीले थुप्रै नयाँ योजना तथा फिचरको क्षेत्रमा काम गरिरहेको छ,’ उनले भने, ‘त्यसको व्यावसायिक प्रवर्द्धनमा उहाँको साथ खोजेका हौँ ।’


Advertisment
RMC TANSEN
IME BANK INNEWS
shivam ISLAND

त्यस्तै हास्य कलाकार सन्दीप क्षेत्रीले ‘हाम्रो पात्रो’ आम नेपालीको जनजीवन सहज बनाउने एप भएको उल्लेख गरे । उनले यससँग जोडिन पाउनु आफ्नो लागि उत्साहपूर्ण विषय भएको पनि बताए । 


Advertisment
Nabil box
Kumari

‘मेरो मोबाइलमा डाउनलोड भएको पहिलो कुनै नेपाली एप थियो भने त्यो हाम्रो पात्रो नै हो,’ उनले भने, ‘मैले आफ्नो मोबाइलमा हाम्रो पात्रो डाउनलोड गरेको धेरै वर्षपछि मात्र यो एप बनाउने मान्छे मेरो आफ्नै साथी हो भन्ने कुरा थाहा पाएको थिएँ । त्यसपछि नै सँगै केही गरौँ भनेर यो सहकार्य शुरू गरेका हौँ ।’

Vianet communication
Laxmi Bank

एउटै एपबाट अनेक सेवा लिन सकिने पहिचान बनाएको हाम्रो पात्रोले थप नयाँ सेवाहरू समेत ल्याउने तयारी गरिरहेको छ  । कम्पनीले हालै मात्र म्यासेजिङ सेवाको रुपमा ‘हाम्रो म्यासेज’ ल्याएको छ  । बेटा भर्सनमा रहेको यो सुविधा अब चाँडै पूर्णरुपमा आउनुका साथै आईओएसमा समेत उपलब्ध हुनेछ  ।

निकट भविष्यमा लेनदेन तथा खर्चको विवरण राख्न सकिने ‘हिसाबकिताब’, परिकार बनाउन सिकाउने ‘हाम्रो भान्सा’ र तस्वीर तथा कागजातमा भएका अक्षरलाई युनिकोड कोडमा उतार्न सघाउने ‘हाम्रो अक्षर’ जस्ता सुविधा थप गर्ने तयारी भइरहेको संस्थापक उप्रेतीले जानकारी दिए । 

सन् २०१० मा शुरू भएको हाम्रो पात्रोअन्तर्गत ‘हाम्रो किबोर्ड’, ‘हाम्रो डिक्सनरी’, ‘हाम्रो लडो’, ‘कलब्रेक एन्ड जुटपत्ती’, ‘हाम्रो म्यागेजिन’ लगायतका एपसमेत सञ्चालनमा छन् ।

hAMROPATRO BELOW NEWS
TATA Below
कात्तिक ९, २०८०

ओटीटी (ओभर द टप) प्रति कोभिड–१९ नियन्त्रणका लागि गरिएको लकडाउनका समयमा निकै आकर्षण बढ्यो । घरमै रहन बाध्य दर्शकले मनोरञ्जनको विकल्पका रूपमा ‘डिजिटल प्लेटफर्म’ रोजे ।  अन्तर्राष्ट्रियरूपम...

असोज ३०, २०८०

चाइना मोबाइल कम्युनिकेसन्स कर्पोरेशन लिमिटेड (चाइना मोबाइल) र ह्वावेले सगरमाथा (तिब्बती नामः माउन्ट कोमोलाङ्मा) मा हालै पर्यटक आधार शिविर र होटलको लागि एफटीटीआर–बी नेटवर्क सफलतापूर्वक स्थापना गरेका...

असोज २५, २०८०

नेपाल टेलिकमले अटम अफर सार्वजनिक गरेको छ । असोज २५ गते बहिीवारदेखि लागू हुनेगरी टेलिकमले अटम अफर सार्वजनिक गरेको हो । यस अफर अन्तर्गत कम्पनीले विभिन्न भ्वाइस तथा डाटा प्याक अझ आकर्षक बनाइएको कम्पनीले ज...

कात्तिक ३, २०८०

नेपाल टेलिकमले नेपालीहरूको महान चाड बडादशैंको अवसरमा आफन्त र साथीभाइलाई एकैपटक शुभकामना सन्देश पठाउन सकिने व्यवस्था गरेको छ । यस प्रकारको सामूहिक सन्देश (ग्रुप एसएमएस) सेवा पहिलेदेखि नै सञ्चालनमा रहेको टेल...

असोज २७, २०८०

नेपाल टेलिकमले चाडपर्व अफर उपलब्ध गराउने भएको छ ।  नेपालीहरूको महान चाड दशैं, तिहार तथा छठ लगायतका विभिन्न पर्वहरूको अवसरमा नेपाल अफर उपलब्ध गराउने टेलिकमले जनाएको छ । यस अन्तर्गत कम्पनीका ग्राहक...

कात्तिक २९, २०८०

कम्प्युटर एसोसिएसन नेपाल महासङ्घ (क्यान)ले टिकटकलाई करको दायरामा ल्याउन सरकारलाई आग्रह गरेको छ । व्यावसायिक वातावरणमा सञ्चालन तथा नियमनको व्यवस्था गर्न सकेको अवस्थामा देशको अर्थतन्त्रमा सहयोग पुग्ने क्यानको विश्व...

अपराजित जनयुद्धको पराजित कथा

अपराजित जनयुद्धको पराजित कथा

चैत १४, २०८०

सामान्यतः मानव समाजको आजसम्मको इतिहास जनयुद्धको इतिहास हो भन्दा फरक पर्दैन । किनकि, समयका प्रत्येक खण्डमा चाहे ती स्पाटाहरू होउन् या चार्टिष्टियन, सिलेसियाली होउन् या कम्युनाडोहरू अनि वोल्सेभिक–भियतकङ्&ndash...

निर्मोही राज्य र युगीन अवतारको प्रतीक्षामा नेपाली समाज

निर्मोही राज्य र युगीन अवतारको प्रतीक्षामा नेपाली समाज

चैत १२, २०८०

रूढिवादी र पछौटे समाजले सधैँभरि अवतारको प्रतीक्षा गर्दछ । प्रतीक्षा गर्नेले आफू केही पनि कर्म गर्दैन र उसलाई पौरखमा त्यति विश्वास पनि हुँदैन ।  सामान्यतया व्यक्तिगत जीवनमा भाग्य र सामाजिक जीवनमा अवतारको प्रत...

सत्यको खोजी

सत्यको खोजी

चैत १०, २०८०

कसैले आएर सत्य भनेको के हो ? भनेर सोध्यो भने हामी अलमलिन्छौँ । कसैले केही भनौँला कसैले केही । अझ कसैले त सत्य भनेको सत्य नै हो भन्न पनि बेर लगाउन्नौँ । तर सत्य त्यो मात्र होइन । सत्य भनेको हामी आफैँ हौँ । सत्य...

x