×

NMB BANK
NIC ASIA

खासै नाम नसुनिएका हसन अखुन्द अफगानिस्तानको प्रधानमन्त्री बन्ने सम्भावना

भदौ २२, २०७८

NTC
Sarbottam
Premier Steels
Marvel

तालिबानमा धेरै चर्चा नकमाएका नेता मुल्ला हसन अखुन्दलाई अफगानिस्तानको प्रधानमन्त्री बनाइने सम्भावना रहेको विभिन्न सञ्चारमाध्यमले खबर दिएका छन् । 

Muktinath Bank

विरोधी खेमाहरूबीचको मतभेद कायम रहेको बेलामा अखुन्द मध्यमार्गी उम्मेदवारका रूपमा अगाडि आएका हुन् । 


Advertisment
RMC TANSEN
IME BANK INNEWS
shivam ISLAND

तालिबानका विभिन्न नेताहरूबीच असहमति कायम रहेका कारण सरकार गठनमा ढिलाइ भइरहेको छ । तालिबानले काबुलमा नियन्त्रण्ण कायम गरेको पनि तीन हप्ता बितिसकेको छ । 


Advertisment
Nabil box
Kumari

नयाँ सहमतिअनुसार मुल्ला अब्दुल गानी बारादर र मुल्ला याकूब उपप्रधानमन्त्री हुनेछन् । 

Vianet communication
Laxmi Bank

हक्कानी नेटवर्कका सिराज हक्कानीलाई गृह मन्त्रालयको जिम्मेवारी दिन सकिन्छ । 

तालिबानका अध्यक्ष हिबतुल्ला अखुन्दजादालाई सर्वोच्च नेताको पद दिइन सक्छ । 

अखुन्दजादाले नै हसन अखुन्दलाई प्रधानमन्त्री बनाउनका लागि सिफारिश गरेको बताइन्छ । 

सन् २००१ मा तालिबान सत्ताच्युत भएको बेलामा हसन अखुन्द मन्त्री थिए । 

पाकिस्तानको गुप्तचर संस्था आईएसआईका प्रमुख फाइज हमीदले अफगानिस्तानको नयाँ सरकारका लागि सहमति जुटाएको बताइएको छ । 

तालिबानका सबभन्दा परिचित अनुहार मुल्ला बारादरलाई फाइजकै इशारामा प्रधानमन्त्री नबनाइएको विश्लेषकहरू बताउँछन् । पश्चिमसँग निकट सम्पर्कमा रहेका बारादरलाई आफूले नियन्त्रण गर्न नसकिने डर पाकिस्तानलाई रहेकाले प्रधानमन्त्री बन्न नदिएको बताइँदैछ । 

पाकिस्तानले हक्कानी नेटवर्कका मानिसलाई सरकारमा सकेसम्म धेरै पदमा राख्न खोजेको छ । 

तर तालिबानको सम्भावित नयाँ सरकारले समावेशी सरकार बनाउने प्रतिबद्धतालाई धज्जी उडाएको जस्तो देखिएको छ । सरकारमा पश्तुन समुदायका मानिस मात्र राखिने तथा महिलालाई स्थान नदिइने लक्षण देखिन्छ ।

पूर्व राष्ट्रपति हमिद कारजाई तथा पूर्व परराष्ट्रमन्त्री अब्दुल्ला अब्दुल्लालाई सरकारमा कुनै भूमिका दिइने संकेत छैन । तालिबानले काबुल नियन्त्रणमा लिएपछि उनीहरूले तालिबानसँग वार्ता गरेका थिए । 
 

hAMROPATRO BELOW NEWS
TATA Below
कात्तिक १७, २०८०

पाकिस्तानको क्वेटामा सुरक्षाकर्मीको एउटा समूहमाथि शुक्रबार आक्रमण हुँदा कम्तीमा १४ सैनिकको मृत्यु भएको छ । घटनाबारे बलुचिस्तान प्रान्तका एक वरिष्ठ सरकारी अधिकारी सइद अहमद उमरानीले एएफपीसँग भने, “तटीय ...

कात्तिक २८, २०८०

चिनियाँ राष्ट्रपति सी चिनफिङ अमेरिका प्रस्थान गरेका छन् । चीन–अमेरिका भ्रमणका लागि उनी मंगलवार अमेरिका प्रस्थान गरेका हुन् । भ्रमणका क्रममा उनले चीन र अमेरिकाका नेताबीचको बैठक र ३० औं एपेक आर्थिक न...

कात्तिक २९, २०८०

हमासको कमान्ड सेन्टरलाई निशाना बनाउँदै इजराइली सेना बुधबार गाजाको सबैभन्दा ठूलो अस्पतालमा प्रवेश गरेको छ । हजारौँ बिरामी र आश्रय लिएका नागरिकहरू रहेको अस्पतालमुनि हमासको कमान्ड सेन्टर रहेको सेनाले बताएको छ ...

कात्तिक १७, २०८०

सोउल– उत्तर कोरियाले दूतावास बन्द गर्ने हालैको शृङ्खला आफ्नो बाह्य सम्बन्ध सुधार गर्नका लागि ‘नियमित मामिला’ भएको स्पष्ट पारेको छ । दक्षिण कोरियाले आर्थिक सङ्कटका कारण दूतावास बन्द गरेको दाबी गर...

पुस २७, २०८०

अमेरिका र बेलायतका सेनाले बिहीवार यमनको हुथी नियन्त्रित कैयौं क्षेत्रहरूमा हवाई हमला शुरू गरेका छन् । लाल सागर (रेड सी) हुँदै सामान ओसारपोसार गर्ने कमर्सियल जहाजमाथि पटक-पटकको ड्रोन हमला तत्काल रोक्न...

कात्तिक २१, २०८०

किभ– युक्रेनका राष्ट्रपति भोलोदिमिर जेलेन्स्कीले निर्वाचनका लागि यो सही समय भएको हो भन्ने आफूलाई विश्वास नभएको बताएका छन् । सन् २०२४ मा राष्ट्रपति निर्वाचनका बारेमा तीव्र बहस हुँदै गएपछि रुसी आक्रमणविरुद्ध ह...

'एमाले यो सरकारको धरौटीमा छ, बजेट सहमतिमै बन्छ'

'एमाले यो सरकारको धरौटीमा छ, बजेट सहमतिमै बन्छ'

बैशाख ७, २०८१

हामी १५औं अन्त्य गरेर १६औं योजनाको तयारीमा जाँदै छौं । दलका शीर्ष नेताबीच १६औं योजनाको विषयमा छलफल भएको छ । १५औं योजनाको असफलता र नमिलेका कुरालाई १६औं मा सुधार्छौं । हाम्रो गन्तव्य कहाँ हो भन्ने संविधानले ...

उल्लासविहीन नयाँ वर्ष, चंगुलमा परेको लोकतन्त्र

उल्लासविहीन नयाँ वर्ष, चंगुलमा परेको लोकतन्त्र

बैशाख ६, २०८१

सच्चा लोकतन्त्रमा सिमान्तमा रहेको नागरिकले पनि यो देश मेरो हो भन्ने अनुभूति गर्न सक्नेछ- माहात्मा गान्धी । माथि गान्धीको भनाइ किन उद्धृत गरिएको हो भने नयाँ वर्षको आगमन भैसकेको छ र २०८० को बिदाइ बडो हर्षपूर्वक...

ज्ञान र विज्ञानको भण्डार

ज्ञान र विज्ञानको भण्डार

बैशाख १, २०८१

एक दिन काम विशेषले नयाँ सडकतिर गएको थिएँ, मोबाइल टिङटिङ गर्‍यो । हेरेँ पुराना मित्र जयदेव भट्टराई, सम्पादक मधुपर्क (हाल अवकाश प्राप्त) ले सम्झेका रहेछन् । हामी दुई लामो समयसम्म सँगै रह्यौँ, कहिले गोरखापत्र...

x