कात्तिक २३, २०८०
मोडल एवं अभिनेत्री दीपाशा बीसी ‘जलपरी’को मृत्यु भएको छ । स्वास्थ्यमा समस्या आएपछि बुधवार राति थापाथलीस्थित नर्भिक अस्पताल भर्ना भएकी २८ वर्षीया उनको बिहीवार दिउँसो मृत्यु भएको हो । अस्पतालले उनलाई म...
नायिका ऋचा शर्माले आफ्नो छोराको तस्वीर सार्वजनिक गरेकी छन् ।
सामाजिक सञ्जाल फेसबूकमा एउटा स्टाटस लेख्दै उनले छोराको नाम पनि सार्वजनिक गरेकी छन् ।
ऋचाले छोराको नाम आभ्यान राखेकी हुन् ।
स्टाटसको अन्तिममा उनले लेखेकी छन्, 'छोरा आभ्यान विक्रम राणाको (Aavyan Bikram Rana)तपाईंहरू सम्पूर्णलाई न्यानो माया।'
ऋचाले थप लेखेकी छन्, 'एउटा असल आमा जो एउटा दरिलो साथी पनि बन्न सकोस् र छोरालाई पुरुष मात्र नभएर असल मान्छे बनाउन सकुँ भन्ने मात्र लोभ छ अब ।'
हेर्नुहोस्, ऋचाको स्टाटस :
आज धेरै कुराहरू लेख्छु भनेर सोचिरहेको थिएँ, यो ९ महिनाको मनोवाद सब पोख्छु भनेर सोचिरहेको थिएँ। तर आज शब्दको अभाव महशुस भइरहेको छ,भावनालाई कसरी बुनुम् भइरहेको छ। हिजोसम्म आफैँ केटाकेटी छु जस्तै लागिरहेको थियो। आज एकाएक परिपक्व भएको झैँ आभास भइरहेको छ। सोच्दा पनि पृथ्वी बोके झैँ लाग्छ । आज मलाई आमा भन्ने कोही खासको आगमन भएको छ। अनेक कुराहरू मनमा खेलिरहेका छन् । उत्सुकता, अस्थिरता, हर्ष, पीर, डर, दृढता, संकल्पहरूको बाढी मनभित्र चलिरहेको छ। पर्दामा अनेक भूमिका निभाउँदा निभाउँदै आज पर्दा बाहिर आमा बन्ने सौभाग्य पाउँदा, यो जत्तिको महत्त्वपूर्ण र न्यानो चरित्र सायद मैले कहिले निर्वाह गर्ने मौका पाएको थिइनँ । जीवनमा आजसम्म के कति कमाएँ लेखा-जोखा छैन, तर आमा झैँ माया गर्ने सासुआमा हुनुहुन्छ, बुवा झैँ आशिष दिने ससुरा बुवा हुनुहुन्छ र मनले मागेभन्दा बढी बुझिदिने दिने जीवनसाथी। आज सन्तानको आगमन सँगै म जत्तिको धनी मान्छे कोही छैन झैँ लागिरहेको छ। बाटो लामो छ। एउटा असल आमा जो एउटा दरिलो साथी पनि बन्न सकोस् र छोरालाई पुरुष मात्र नभएर असल मान्छे बनाउन सकुँ भन्ने मात्र लोभ छ अब। यो यात्रामा तपाईहरु सम्पूर्ण शुभचिन्तकहरूको सधै झै माया, मार्गदर्शन, शुभेक्षा र आशिशको अपेक्षा गर्दछु। छोरा आभ्यान विक्रम राणाको (Aavyan Bikram Rana)तपाइहरु सम्पूर्णलाई न्यानो माया।
मोडल एवं अभिनेत्री दीपाशा बीसी ‘जलपरी’को मृत्यु भएको छ । स्वास्थ्यमा समस्या आएपछि बुधवार राति थापाथलीस्थित नर्भिक अस्पताल भर्ना भएकी २८ वर्षीया उनको बिहीवार दिउँसो मृत्यु भएको हो । अस्पतालले उनलाई म...
हास्य कलाकार जोडी सीताराम कट्टेल ‘धुर्मुस’ र कुञ्जना घिमिरे ‘सुन्तली’ स्टेज शोमा फर्किएसँगै मेला–महोत्सवमा खोजिन थालेका छन् । अघिल्लो शनिवार कास्कीको लेखनाथ महोत्सवमा प्रस्तुति द...
नारायण रायमाझी निर्देशित चलचित्र ‘परदेशी २’को प्रदर्शन नेपालमा अझै जारी छ । चलचित्रले शनिवार प्रदर्शनको ५१ दिन पूरा गर्दैछ । प्रकाश सपूत, केकी अधिकारी र वर्षा शिवाकोटी स्टारर यो चलचित्र...
गायक हेमन्त शर्मा आइतबार पाल्पाली दर्शकमाझ प्रस्तुत हुँदैछन् । माथागढी गाउँपालिकाको सराइमा जारी महोत्सवमा पुगेर उनले प्रस्तुति दिन लागेका हुन् । उनीसँगै अहिलेकी चर्चित गायिका समीक्षा अधिकारी पनि महोत्सवमा आकर्...
कलाकार शिशिर भण्डारीले आफ्नो हिट गीत ‘फोटो फिरिममा’ शीर्षकमा टेलिसिरियल ल्याउने भएका छन् । निर्माणको तयारी सुरु भइसकेको टेलिसिरियलमा उनकै कथा, पटकथा एवं संवाद लेखन रहनेछ । उ...
‘लुट’ र ‘टलकजंग भर्सेस टुल्के’जस्ता प्रशंसित चलचित्रका निर्देशक निश्चल बस्नेतको चलचित्र ‘दिमाग खराब’ दोस्रो सातामा प्रदर्शन भइरहेको छ । २०७३ मा ‘लुट– २’...
हामी १५औं अन्त्य गरेर १६औं योजनाको तयारीमा जाँदै छौं । दलका शीर्ष नेताबीच १६औं योजनाको विषयमा छलफल भएको छ । १५औं योजनाको असफलता र नमिलेका कुरालाई १६औं मा सुधार्छौं । हाम्रो गन्तव्य कहाँ हो भन्ने संविधानले ...
सच्चा लोकतन्त्रमा सिमान्तमा रहेको नागरिकले पनि यो देश मेरो हो भन्ने अनुभूति गर्न सक्नेछ- माहात्मा गान्धी । माथि गान्धीको भनाइ किन उद्धृत गरिएको हो भने नयाँ वर्षको आगमन भैसकेको छ र २०८० को बिदाइ बडो हर्षपूर्वक...
एक दिन काम विशेषले नयाँ सडकतिर गएको थिएँ, मोबाइल टिङटिङ गर्यो । हेरेँ पुराना मित्र जयदेव भट्टराई, सम्पादक मधुपर्क (हाल अवकाश प्राप्त) ले सम्झेका रहेछन् । हामी दुई लामो समयसम्म सँगै रह्यौँ, कहिले गोरखापत्र...