×

NMB BANK
NIC ASIA

सीडीओहरूको मूल्यांकन

गृहको मूल्यांकन: झापा, अर्घाखाँची र रुकुमपूर्वका सीडीओ सर्वोत्कृष्ट, कसलाई कुन ग्रेड ? [सूचीसहित]

भदौ २५, २०७८

NTC
Sarbottam
Premier Steels
Marvel

झापाका प्रमुख जिल्ला अधिकारी (सीडीओ) श्रवणकुमार तिमिल्सिना,  अर्घाखाँचीका सीडीओ विष्णु पौडेल र *रुकुम पूर्वका तत्कालीन सीडीओ राजकुमार राई कार्यसम्पादन मूल्यांकनमा सर्वोत्कृष्ट ठहरिएका छन् ।

Muktinath Bank

गृहमन्त्रालयले गरेको कार्यसम्पादन मूल्यांकनमा ए प्लस ग्रेड पाएर तीन सीडीओ मन्त्रालयकै भाषामा ‘अति उत्कृष्ट’ ठहरिएका हुन् ।


Advertisment
RMC TANSEN
IME BANK INNEWS
shivam ISLAND

गृह मन्त्रालयले गृह प्रशासन सुधार योजनाअन्तर्गत जिल्ला प्रशासनको स्तर वृद्धि गर्न गृह सचिव र सीडीओबीच वार्षिक कार्यसम्पादन सम्झौता भएको थियो ।


Advertisment
Nabil box
Kumari

सोही सम्झौता कार्यान्वयनलाई लिएर मूल्यांकन गरिएको गृह मन्त्रालयका योजना महाशाखाका प्रमुख कमलराज ढकालले जानकारी दिए ।

Vianet communication
Laxmi Bank

मन्त्रालयले ग्रेडका आधारमा पहिलो, दोस्रो र तेस्रो गरी वर्गीकरण गरेको छ ।

ललितपुरका सीडीओ ढुण्डीराज निरौला र रुकुम पश्चिमका सीडीओ बद्रिनाथ गैरे ‘ए’ ग्रेड ल्याएर दोस्रो र सोही ग्रेड प्राप्त गरेकी गुल्मीकी सीडीओ रुद्रादेवी शर्मा तेस्रो भएका छन् ।

गृह मन्त्रालयले सफ्टवेरको सहयोगमा ६ वटा सूचकका आधारमा सीडीओहरूको मूल्यांकन गर्दै आएको छ ।

शान्ति सुरक्षा र अपराध नियन्त्रण, लागूऔषध नियन्त्रण, विपद जोखिम व्यवस्थापन र समन्वय, आर्थिक आधार लागयतलाई सूचकको रूपमा लिइएको हुन्छ । 

विषेश गरेर शान्ति सुरक्षा र अपराध नियन्त्रणलाई ४० अंक दिएर मुख्य सूचकको रूपमा मूल्यांकन गर्ने गरिएको छ । 

त्यसमा जिल्लाको सुरक्षा, यातायात अवरोध खुलाउने, सुरक्षा निकाय नेपाल प्रहरी र सशस्त्र प्रहरी बलसँग समन्वय तथा निरीक्षण र निर्देशन, बाल सुधार गृह अनुगमन निरीक्षक, अवैध हातहतियार, अपराध नियन्त्रण, जिल्लाको अपराधलाई सुक्ष्म अध्ययन गरेर त्यसलाई काबुमा राख्नका लागि सचेतना कार्यक्रमहरू, जनचेतना कार्यक्रमहरू, अन्तरजिल्ला समन्वय, शान्ति सुरक्षा, राष्ट्रिय परिचय पत्र, सेवा प्रभाव, नागरिकतासम्बन्धी उजुरी र त्यसको निकास, सूचनाको हक र जिल्लामा भएका संघ–संस्थाको निगरानी उनीहरूसँगको समन्वय लगायतका विषयहरू हुने प्रमुख ढकालले बताए ।

मन्त्रालयले गरेको मूल्यांकनमा स्याङ्जा, सोलुखुम्बु, लमजुङ, बाग्लुङ, गोरखा, जाजरकोट, हुम्ला, कालीकोट, चितवन, पर्वत र संखुवासभाका सीडीओले पनि ‘ए’ ग्रेड ल्याएको छ ।

यसैगरी सुर्खेत, रौतहट, धनकुटा, सिन्धुली, मकवानपुर, रामेछाप, तनहुँ, भोजपुर, खोटाङ, नुवाकोट, इलाम, रसुवा, जुम्ला, मनाङ, ओखलढुंगा, ताप्लेजुङ, पाँचथर र उदयपुरका सीडीओ ए माइनस ग्रेड ल्याएर उत्तम ठहरिएका छन् ।

सल्यान, सुनसरी, म्याग्दी, प्यूठान, बारा, कास्की, दाङ, दार्चुला, सिरहा, महोत्तरी, रुपन्देही, रोल्पा, मुगु, अछाम, बझाङ्ग, मुस्ताङ, बैतडी, नवलपरासी सुस्ता पूर्व, धनुषा, भक्तपुर र धादिङका सीडीओ बी प्लस ल्याएर मध्यम भएका छन् । अन्य भने अन्य बी ग्रेड ल्याएर न्यून ठहरिएको गृहमन्त्रालयको योजना महाशाखाले जनाएको छ ।

कसलाई कुन ग्रेड ?

के गरे उत्कृष्ट ठहरिएका सीडीओहरूले ?

हरेक दिन नयाँ काम गरे‌ं– रुकुम पूर्वका तत्कालीन सीडीओ राई

मूल्यांकन अवधि गत आर्थिक वर्षमा उपसचिव राजकुमार राई जिल्ला प्रशासन कार्यालय रुकुम पूर्वको सीडीओ थिए ।

२०७७ साउन २८ गते जिम्मेवारी सम्हालेका राई २०७८ असार मसान्तमा सरुवा भए । हाल उनी काठमाडौंको साँखुस्थित इलाका प्रशासन कार्यालयमा कार्यरत छन् ।

उनले रुकुम पूर्वमा सीडीओका रूपमा कार्यरत रहँदा आफूले हरेक दिन नयाँ काम गरेको दाबी गरे ।

'आज सेवाग्राहीलाई तातोपानी-चिसोपानी, भोलि वृक्षारोपण, पर्सि ठेकेदारलाई समाएर निर्माण स्थलमा गएर काम लगाउने लगायतका काम गरेको छु,' राईले भने, 'एक दिन पनि खालि बसेको छैन ।'

हरेक सेवाग्राहीलाई फर्केर जाँदा खुसी बनाएर पठाएको तथा गाउँगाउँ बस्तीमा पुगेर सेवा दिएको उनले बताए ।

आफू त्यहाँबाट सरुवा हुँदा सबै राजनीतिक दलले प्रशंसा पत्र दिएको पनि उनले सुनाए ।

'यसरी सबै दलले प्रशंसा पत्र दिएर बिदाइ गरेको घटना शायद अन्यत्र छैन,' राईले भने, 'मैले सबैलाई सन्तुलनमा राखेर काम गरेको थिएँ ।'

रुकुम पूर्वामा हाल लक्ष्मीप्रसाद बाँस्कोटा प्रमुख जिल्ला अधिकारी छन् ।

नयाँ जिल्ला भएका कारण पूर्वाधारमा कमी भए पनि त्यसलाई समाधान गर्दैै अगाडि बढेको उनले बताए ।

आफू सीडीओ भएपछि त्यस क्षेत्रमा बाहुल्यता रहेका मगर र खाम जातिलाई लक्षित गरेर उनीहरूले बुझ्ने भाषामा सेवा प्रवाह शुरू गरेको पनि बाँस्कोटाले बताए ।​

वैदेशिक रोजगारले निम्त्याएको समस्या समाधान र भ्रष्टाचार नियन्त्रणमा सफल भएको छुः सीडीओ, अर्घाखाँची

अति उत्कृष्ट सीडीओको रूपमा अर्घाखाँचीका सीडीओ विष्णु पौडेलको नाम पनि छ । जिल्ला व्याप्त रहेको वैदेशिक रोजगारीबाट निम्तिएको समस्या समाधानमा सबैभन्दा धेरै काम गरेको उनले बताए ।

अर्को मुख्य काम भ्रष्टाचार नियन्त्रण भएको दाबी उनले गरे ।

‘मेरो पालामा एउटा पनि भ्रष्टाचारका घटना भएका छैनन् । वैदेशिक रोजगारीबाट निम्तिएका समस्या समाधानमा पनि पहल गरेका कारण उत्कृष्ट हुन सकेको हुँ,’ सीडीओ पौडेलले लोकान्तरसँग भने, ‘साथै विकास निर्माणका कामहरू समयमा नै सम्पन्न भएका छन् ।’

उनका अनुसार जिल्लाका ठेकेदार, राजनीतिकर्मी, मातहतका कार्यलय प्रमुख र सीडीओको बैठक वर्षमा ३ पटक बसेर विकास निर्माणका काम समयमा सम्पन्न गर्न निर्देशन दिने गरिएको छ ।

यसका साथै संघ, प्रदेश र स्थानीय तहसँग समन्वय गरेर काम गर्न सफल भएको उनले बताए । विपद् व्यवस्थापनका लागि स्थानीय तहका कर्मचारी र प्रहरीबाहेक आफू तथा जिल्ला प्रहरी कार्यालयका प्रमुख एसपी आवश्यक पर्ने राहतसहित फिल्ड जाने गरेको उनले बताए ।

अघिल्लो वर्ष पहिरोबाट क्षति पुगेका र पूर्णरूपमा नष्ट भएका ७० वटा घरपरिवारलाई भौतिक संरचना निर्माण र पुनर्निर्माणमा आगामी असोज १ गतेदेखि काम शुरू गर्न लागेको उनको भनाइ छ ।

यसका साथै शान्ति सुरक्षा, लागूऔषध नियन्त्रण लगायतका विषयमा पनि उपलब्धि हासिल गरेको सीडीओ पौडेलले दाबी गरे ।

मच्छिन्द्रनाथको रथ यात्रा शान्तिपूर्वक व्यवस्थापन गर्‍यौंः ललितपुर सीडीओ

ललितपुरका सीडीओ ढुण्डीराज निरौला ए ग्रेड ल्याएर दोस्रो भएका छन् ।

ललितपुरमा अघिल्लो वर्ष मच्छिन्द्रनाथको जात्रामा प्रहरी र स्थानीयबीच झडप भएको थियो तर यो वर्ष उनले शान्तिपूर्ण रूपमा जात्रा सम्पन्न गराउन भूमिका खेले । संस्कृति पनि जोगियो र झडप तथा कुनै तनाव पनि भएन ।

त्यसका साथै जिल्लामा कोरोना संक्रमणको समयमा शान्ति सुरक्षा, नक्कली ह्यान्ड स्यानिटाइजर नियन्त्रण तथा कारवाही जस्ता विषयका कारण दोस्रो हुन सफल भएको ललितपुरका सीडीओ निरौलाले बताए । 

‘कोरोनाकालमा मच्छिन्द्रनाथको जात्रा विषेश थियो, अघिल्लो वर्ष यसै विषयमा झडप समेत भएको थियो,’ निरौलाले भने, ‘अहिले त्यसलाई शान्तिपूर्ण रूपमा सम्पन्न गर्‍यौ । यसको मूल्यांकन मन्त्रालयले गरेको छ, खुशी छु ।’

यसका साथै शान्ति सुरक्षा, लागूऔषध नियन्त्रण, विपद व्यवस्थापन र सेवाग्राहीको गुनासो लगायतलाई पनि सम्बोधन गरेको निरौलाले बताए ।

अपराध नियन्त्रणमा मुख्य काम गरेकी छु : सीडीओ गुल्मी

ए ग्रेड ल्याएर तेस्रो भएकी प्रमुख जिल्ला अधिकारी हुन्, गुल्मीकी रुद्रादेवी शर्मा । उनले मुख्यरूपमा अपराध नियन्त्रणमा काम गरेको दाबी गरिन् ।

इस्मामा भएको घटना, गुल्मी दरबारमा भएको घटना लगायतमा सफल अनुसन्धान गरेर अपराधीलाई अदालत हुँदै कारागार पुर्‍याइएको छ । 

यसका साथै उनले जिल्लामा रहेका २४ वटा प्रहरीका युनिटको निरीक्षण गरेर अपराध नियन्त्रण र बालविवाह तथा वैदेशिक रोजगारीले निम्त्याएको समस्या नियन्त्रणलाई प्राथमिकता दिन निर्देशन दिएकी छन् । 

लागूऔषध नियन्त्रण, महिला बेचबिखन न्यूनीकरण, बालविवाह न्यूनीकरण गर्न जिल्लाका ४ वटा पालिकाका अध्यक्ष र वडा अध्यक्षहरूलाई तालिम समेत दिएको सीडीओले शर्माले बताइन् ।

यसका साथै अपाङ्गता भएकालाई घरमै गएर राहत दिनुका साथै अन्तरक्रिया समेत गरेकी छन् । जिल्लामा भएका कार्यालयहरूको बेरुजु समेत घटाएको उनको दाबी छ ।

‘मैले विकास निर्माण लगायत कार्यालयहरूमा बेरुजु ९७ प्रतिशतसम्म फर्छ्यौट गराउन भूमिका खेलेको छु,’ सीडीओ शर्माले भनिन् ।

जिल्ला प्रशासन कार्यालयबाट दिने सेवामा सहजीकरण गर्नका लागि कागजातहरू भरिदिने तथा वाइफाइ लगायतका सेवा पनि उपलब्ध गराएको उनको भनाइ छ ।

*समीक्षा अवधिमा रुकुम पूर्वको सीडीओ राजकुमार राई रहेको उल्लेख हुनुपर्नेमा हालका सीडीओको नाम उल्लेख भएकाले सच्याइएको छ ।

hAMROPATRO BELOW NEWS
TATA Below
चैत २७, २०८०

शिक्षा, विज्ञान तथा प्रविधि मन्त्री सुमना श्रेष्ठ सिंहदरबारका कर्मचारीबीच 'गसिप'को विषय बनेकी छन् । छिनछिनमा मिटिङ गर्नुपर्ने, सर्वसाधारणले भेट्ने समय मिलाउन क्यूआर कोड स्क्यान गर्नुपर्ने, रिपोर्...

असोज १९, २०८०

ने​पालगञ्जका चेतन मानन्धरलाई नियन्त्रणमा लिएर खुँडा प्रहार गरी हत्या गरेको अभियोगमा जन्मकैदको सजाय भुक्तान गरिरहेका रिगल भनिने गुण्डानाइके योगराज ढकालले संविधान दिवस (असोज)का अवसरमा आममाफी पाएको विषयमा...

चैत २, २०८०

त्रिभुवन विमानस्थल भन्सार बाहिरबाट गत साउन २ गते समातिएको झण्डै ६१ केजी सुन तस्करीमा संलग्न विचौलिया जीवन चलाउनेले प्रहरी हिरासतबाट छुट्न ६० लाखको बार्गेनिङ भएको छानबिन समितिलाई बयान दिएका छन् । ३० लाख रुपैय...

मंसिर २७, २०८०

निर्माण व्यवसायी महासंघले खरिद सम्बन्धी कानून परिमार्जनसहितका ९ बुँदे माग राखी आन्दोलन गरेको थियो । २०८० साउन २६ गते प्रधानमन्त्रीस्तरीय निर्णयबमोजिम सार्वजनिक खरिद अनुगमन कार्यालयका सचिवको अध्यक्षतामा गठित कार्यद...

असोज २६, २०८०

नेपालको संविधान पछिल्लो जनगणनाका आधारमा सबै घरधुरी वा घरबासमा नि:शुल्क उपलब्ध गराउन सर्वोच्च अदालतले दिएको आदेशको पूर्णपाठ सार्वजनिक भएको छ । अधिवक्ता विकास भट्टराईले दिएको रिटमा न्यायाधीशद्वय सुष्मालता माथ...

कात्तिक २४, २०८०

अख्तियार दुरुपयोग अनुसन्धान आयोगले क्षेत्रीय शिक्षा निर्देशनालय हेटौंडाका तत्कालीन कामु निर्देशक दिनेशकुमार श्रेष्ठसहित ७ जनाविरुद्ध भ्रष्टाचार मुद्दा दायर गरेको छ । सार्वजनिक सम्पत्तिको हानिनोक्सानी गरी भ्रष्टाचार...

'एमाले यो सरकारको धरौटीमा छ, बजेट सहमतिमै बन्छ'

'एमाले यो सरकारको धरौटीमा छ, बजेट सहमतिमै बन्छ'

बैशाख ७, २०८१

हामी १५औं अन्त्य गरेर १६औं योजनाको तयारीमा जाँदै छौं । दलका शीर्ष नेताबीच १६औं योजनाको विषयमा छलफल भएको छ । १५औं योजनाको असफलता र नमिलेका कुरालाई १६औं मा सुधार्छौं । हाम्रो गन्तव्य कहाँ हो भन्ने संविधानले ...

उल्लासविहीन नयाँ वर्ष, चंगुलमा परेको लोकतन्त्र

उल्लासविहीन नयाँ वर्ष, चंगुलमा परेको लोकतन्त्र

बैशाख ६, २०८१

सच्चा लोकतन्त्रमा सिमान्तमा रहेको नागरिकले पनि यो देश मेरो हो भन्ने अनुभूति गर्न सक्नेछ- माहात्मा गान्धी । माथि गान्धीको भनाइ किन उद्धृत गरिएको हो भने नयाँ वर्षको आगमन भैसकेको छ र २०८० को बिदाइ बडो हर्षपूर्वक...

ज्ञान र विज्ञानको भण्डार

ज्ञान र विज्ञानको भण्डार

बैशाख १, २०८१

एक दिन काम विशेषले नयाँ सडकतिर गएको थिएँ, मोबाइल टिङटिङ गर्‍यो । हेरेँ पुराना मित्र जयदेव भट्टराई, सम्पादक मधुपर्क (हाल अवकाश प्राप्त) ले सम्झेका रहेछन् । हामी दुई लामो समयसम्म सँगै रह्यौँ, कहिले गोरखापत्र...

x