भदौ २७ देखि असोज २ गतेसम्म : हेर्नुहोस् साप्ताहिक राशिफल

मेष


Advertisement

यो हप्ता धार्मिक, आध्यात्मिक प्रवृत्तिका मानिसहरूसंग केहि समय बिताउदा मन खुशी हुनेछ । आर्थिक स्थितिमा  सुधार रहनेछ । भूमि -जग्गा लिने सोचलाई स्थगित गर्दा नै उचित रहनेछ । शुभचिन्तकहरूको सुझावलाई बेवास्ता गर्दा दुख पाइनेछ। साताको अन्तिममा अप्रिय समाचारले मन खिन्न हुनेछ ।


Advertisement

वृष

यो साता नियम, अनुशासनमा बसेर काम गर्दा फाइदा मिल्नेछ । आम्दानी बढ्नाले परिवारजनका आवश्यकता पूरा हुनेछन् । मंगलबार विबादमा नपर्नुहोला । आफ्नो राम्रो छवि पनि बिग्रनसक्ने सम्भावना छ । विभिन्न अवसरले पछ्याए पनि अधैर्य व्यवहारले समस्या निम्त्याउन सक्छ ।


Advertisement

मिथुन

यो हप्ताको सुरुवातमा आफ्नो वोलीको प्रभाव कम रहला, आफ्नो पैसामा अरुले गलत प्रयोग गर्लान, आर्थिक कारोवार नगर्दा नै उत्तम रहनेछ, आफ्नो घरेलु बाद- विवाद गोप्य राख्नुहोला, अरुहरु केवल रमिते मात्रै हुनेछन । कामको सन्दर्भमा शक्तिशाली व्यक्तिहरूसँग प्रतिस्पर्धा हुनसक्छ ।

कर्कट

यो हप्ता वायु प्रदूषणले आँखामा समस्या ल्याउन सक्नेछ । आर्थिक कारोबारमा सफलता पाइएला ।  प्रेमसम्बन्ध कसिलो हुनेछ । नयाँ ज्ञान सिक्ने मौका मिल्नेछ । कुनै तर्कमा परेर कठोर टिप्पणीबाट बच्नुहोस । अरूका विषयमा चासो लिँदा झमेला आइपर्ला । अस्वस्थताका बाबजुद कामको दायित्व बढ्नेछ ।

सिंह

अगाडी राम्रो समय आउँदैछ भनेर खुसि हुनुहोस, तपाईलाई अतिरिक्त उर्जा प्राप्त हुनेछ । सप्ताहको मध्यमा आफ्नो जोडीले हजुरलाई स्वर्ग पृथ्वीमा नै छ भन्ने महसुस गराउन सक्ने छन् । सानातिना काममा महत्वपूर्ण समय बित्न सक्छ । समयमा होश नपुग्नाले खर्च मात्र हुनेछ। प्रलोभन देखाउनेहरूले फसाउन सक्छन्।

कन्या

धन प्राप्तीको योग छ, आफन्तजनहरुले मायाममता दर्शाउन सक्नेछन  । जीवन-साथीसँग वार्तालापमा ध्यान दिनुहोला, दाम्पत्य जीवनमा तकरार हुनसक्नेछ । ठुलामान्यजनको मार्गनिर्देशनले जीवनमा सफलता मिल्नेछ । खर्चको तुलनामा कममात्र फाइदा हुने समय छ ।

तुला

शरीरमा उत्पन्न रोगले दुःख दिँदा  मन  पिडाले दुखित हुनेछ । सप्ताहको अन्त्यमा स्वास्थमा गिरावट हुदा मनलाई समाल्न आफन्तजनसँग फोनमा वार्तालाप गर्न उचित रहनेछ । प्रयत्न गर्दा महत्वपूर्ण वस्तु लाभ हुन सक्छ । साथीभाइको सहयोगले हिम्मत दिलाउनेछ ।

वृश्चिक

जिबनलाई एक महत्वपूर्ण  परिभाषा दिनुहोला, अनावश्यक समयलाई बर्बाद  बनाएर उर्जाशिल समय ब्यर्थमा नफाल्नु होला  ।  रचनात्मक काममा लाग्नु होला । साता राम्रै बित्ला । लामो समयदेखि प्रतीक्षा गरिएको काम बन्न सक्छ । समयमा होसियार बन्न नसक्दा काम बिग्रने र खर्च बढ्ने देखिन्छ ।

धनु

यो हप्ता सामान्य नै रहेको छ । अध्ययन- अध्यापन क्षेत्रमा रोकावट हुनेछ ।  पठन-पाठनमा विद्यार्थीवर्गहरुले बिशेष ध्यान दिनुहोला । साताको अन्त्यमा निराशाजनक रहनेछ  ।  लामो यात्राको प्रक्रिया अघि बढ्नेछ । परिस्थितिसँग केही सम्झौता गर्नुपरे पनि अधिकार र प्रतिष्ठा जोगाउन सफल भइनेछ । 

मकर

सवारीसाधनमा नयाँठाउँ घुम्न जान पाइने छ ।  यात्रागर्दा आफ्नो सामानको रक्षा गर्नुहोला,  हराउन सक्ने योग छ ।  धार्मिक, सामाजिक कर्ममा मनअग्रसर भइनेछ । चोरी वा ठगीमा परिने समय छ । आर्थिक कारोबार गर्दा निकै नै सजगता अपनाउनुहोला ।

कुम्भ

साझेदारी ब्यापारमा लाभ देखिन्छ । व्यक्तिगत सम्बन्धमा अप्ठ्यारो महसूस हुन सक्छ ।  सतर्क रहेर सम्बन्धको गहिराहीलाई बुझ्नुहोला । तपाईंको जोडी  तपाईंको स्वास्थ्यलाई लिएर असंवेदनशील हुन सक्नुहुन्छ। आर्जित धन खर्च हुन सक्छ । तर आफ्नै प्रयासले लाभ मिल्न सक्छ । प्रतिस्पर्धीलाई हराउन सकिनेछ ।

मीन

विवाद चर्किन सक्ला । बोलीलाई संयमित राखेर कार्य बढ्दा बुद्दिमत रहला । झगडा हुनाले आफ्नो छवि ओरालो लागेको महसूस हुन सक्छ । उपहारभन्दा कर्ममा विश्वास गरेर अघि बढ्दा फाइदा हुनेछ । आम्दानी बढ्नुका साथै ठूलो काम सम्पादन हुनसक्छ । अप्ठ्यारा परिस्थितिसँग सम्झौता गर्नुपरे पनि बुद्धि लगाउँदा लक्ष्य पहिल्याउन सकिनेछ ।

ज्यो. पं.  घनश्याम पोख्रेल  (९८४१४७९७०७)

लोकान्तर संवाददाता
लोकान्तर संवाददाता

लेखकबाट थप...

कमेन्ट गर्नुहोस्