‘हान्छु तिम्लाई लौरी’ले भन्ने गीतको शव्दप्रति मौरीपालक संघको आपत्ति

‘हान्छु तिम्लाई लौरी’ले भन्ने गीतको शव्दप्रति मौरीपालक संघको आपत्ति
तस्वीर : Shubharambha Digital

‘हान्छु तिम्लाई लौरी’ले भन्ने गीतमा ‘तोरी खायो मौरीले’ शब्द प्रयोग भएकोप्रति आपत्ति जनाइएको छ । शुभारम्भ डिजिटल म्युजिकले सार्वजनिक गरेको  तीजका गीतमा सो शब्द प्रयोग गरिएको थियो ।


Advertisement

    नेपाल मौरीपालक महासङ्घले आइतबार साँझ एक विज्ञप्ति जारी गरी उक्त शब्दले मौरीपालक किसानलाई दुखितसँगै अन्यौलता सिर्जना गरेको जनाएको छ ।


Advertisement

महासङ्घका अध्यक्ष शिवप्रसाद शर्मा पौडेलले विज्ञप्ति जारी गरी मौरीले तोरीको परागशेचनमा सहयोग गर्नेमा झन तोरी खायो भनेर गलत सन्देश दिएको जनाउँदै गीतले वैज्ञानिक तथ्य र अरुको अधिकारप्रति खेलवाड गरेको आरोप लगाएका हुन् ।

    यसले आफ्ने अधिकार प्रयोग गर्ने नाममा भ्रामक कुरा सार्वजनिक गरेकोमा महासङ्घले खेद प्रकट गर्दै कारबाहीका लागि सरकारको ध्यानाकर्षण गराएको छ । गीत सच्याउन पनि माग गरिएको छ ।


Advertisement

महासङ्घले तोरीमा मौरी विचरण गर्दा ३० प्रतिशत बढी उत्पादन वृद्धि भएको प्रयोगात्मक तथ्य रहेको समेत जानकारी गराएको छ । 

लोकान्तर संवाददाता
लोकान्तर संवाददाता

लेखकबाट थप...

कमेन्ट गर्नुहोस्