×

NMB BANK
NIC ASIA

काण्डवाला जनप्रतिनिधि

वडाध्यक्षको कर्तुत : कीर्ते नागरिकता बनाएर किसानको जग्गा बिक्री, पोल खुलेपछि फरार !

भदौ २९, २०७८

NTC
Sarbottam
फोटोमा पीडित किसान गरीब कोहार
Premier Steels
Marvel

नागरिकता सहितका कागजात कीर्ते बनाएर नक्कली जग्गाधनी खडा गरी एक किसानको जग्गा किनबेच भएको रहस्य खुलेको छ ।

Muktinath Bank

रुपन्देहीको लुम्बिनी सांस्कृतिक नगरपालिकामा नागरिकताको कीर्ते प्रमाण बनाएर गरीब कोहारको नाममा रहेको जग्गा अर्कैलाई बिक्री गरिएको छ । 


Advertisment
RMC TANSEN
IME BANK INNEWS
shivam ISLAND

लुम्बिनी सांस्कृतिक नगरपालिका वडा नम्बर १० का वडाध्यक्ष रामजान अली मियाँको सिफारिशमा नक्कली नागरिकता बनाएर गरीब कोहारको नाममा रहेको १० कठ्ठा जग्गा बिक्री गरिएको हो ।


Advertisment
Nabil box
Kumari

वडाध्यक्ष अलि मियाँ अहिले फरार छन् । कीर्ते कार्यमा मालपोत कार्यालयका कर्मचारीको समेत संलग्नता रहेको आशंका गरिएको छ । 

Vianet communication
Laxmi Bank

वडा नम्बर १० मधुवनीका ६९ वर्षिय कोहारको नाममा रहेको कित्ता नम्बर ४८८ मा ९ कठ्ठा १ धुर र कित्ता नम्बर ५०७ मा १ कठ्ठा १६ धुर जग्गा उनको गैरहाजिरीमा गएको फागुन १८ गते बिक्री भएको पाइएको हो ।

उक्त स्थान साविक मधुवनी गाविस वडा नम्बर–६ मा पर्छ । 

गरीब कोहारको नाममा वडाध्यक्षले आफ्ना ससुराले नक्कली नागरिकता बनाएर जग्गा बिक्री गरेको पीडित पक्षको आरोप छ ।

वडाध्यक्षका ससुरा भारतीय नागरिक रहेको बताइएको छ । उनी पनि फरार छन् । जग्गा बिक्री गर्न प्रयोग भएको नागरिकता नक्कली भएको जिल्ला प्रशासन कार्यालय, रूपन्देहीका प्रमुख जिल्ला अधिकारी अस्मान तामाङले बताए । 

जिल्ला प्रशासन कार्यालय रुपन्देहीबाट अर्कै फोटो टाँसेर गरीब कोहारकै नाममा प्रथम प्रतिलिपि नागरिकता जारी भएको छ । 

उक्त नागरिकतामा प्रशासकीय अधिकृत तोयनारायण अर्यालको हस्ताक्षर छ । तर, प्रशासनमा भने नागरिकताको प्रतिलिपि लिइएको विवरण नभएको तामाङले बताए ।

प्रशासनमा तोयनारायण नाम गरेका कुनै पनि अफिसर आएका छैनन् ।

पीडित कोहारले वडाध्यक्षले सर्जमिन नक्कली गरेर आफ्नो जग्गा अर्कैको नाममा गरेको बताए । ‘वडाध्यक्षले मियाँले ससुराका नाममा फर्जी नागरिकता बनाएर बनाएर मेरो जग्गा बिक्री गरेछ । ऋण निकाल्न चार किल्ला सिफारिशका लागि वडा कार्यालयमा जाँदा सिफारिश नपाएपछि बल्ल मेरो जग्गा त अर्कैले बिक्री गरिसकेको थाहा पाएँ,’ उनले भने ।

स्थानीय घनश्याम गुप्ताले सबै कीर्ते कार्य वडाध्यक्षकै योजनामा भएको बताए । 

आफ्नो जग्गा नक्कली नागरिकता बनाएर बिक्री गरी बैंकबाट ऋण लिँदासमेत बेखबर बनेका कोहारले आवश्यक छानबिन गरी दोषीलाई कारवाही र आफ्नो जग्गा पाउनुपर्ने माग गर्दै मालपोत कार्यालय रूपन्देही र जिल्ला प्रहरी कार्यालयमा किटानी जाहेरीसहित उजुरी दिएका छन् । 

जग्गाधनी श्रेस्ताको मोठ र जग्गा धनी पूर्जामा फरक व्यक्तिको फोटो टाँसिएको छ । श्रेस्ता हेर्दा फोटो फेरेर अर्को कुनै व्यक्तिको टाँसेको, नक्कली साइन गरेको र औंठा छाप लगाउँदा तीन चारपटक लगाएर नबुझिने बनाएको देखिन्छ । तर, मालपोतका कर्मचारीले फर्जी कामको पत्ता लगाउन सकेनन् । ७० वर्षका व्यक्तिको ठाउँमा कीर्ते गर्ने व्यक्तिको फोटो ३५/४० वर्ष उमेरको जस्तो देखिन्छ । फोटोलाई कर्मचारीले दाँजेर हेरेको देखिँदैन । 

नक्कली नागरिकता निकालेका व्यक्तिले ६ महिनामा उक्त जग्गा दुईपटक बिक्री गरिसकेको मालपोत कार्यालयको तथ्यांकमा देखिन्छ ।

२०७७ फागुन १८ गते मदनपोखरा–४ पाल्पा बस्ने सन्दीप कार्कीलाई १९ लाख ६७ हजार रुपैयाँमा बिक्री गरेको देखिन्छ । सोही जग्गा सन्दीप कार्कीले दुई महिना नबित्दै २०७८ वैशाख १२ गते यशोधरा गाउँपालिका– ८ कपिलवस्तुका गोविन्दप्रसाद मल्लाहलाई एक करोड ९५ लाख रुपैयाँको थैली राखेर बिक्री गरेका छन् । 

मालपोत कार्यालय, रूपन्देहीका प्रमुख केशवराज सुवेदीले वडा कार्यालयको सिफारिश अनुसार नै काम भएको बताउँछन् ।

‘वडा कार्यालयले फोटो राखेर प्रमाणित गरेर यो गरीब कोहार हो भनेर सिफारिश गरेको छ । सिफारिशकै आधारमा हामीले काम गरेका छौं,’ सुवेदीले भने । प्रतिलिपि निकालिएको नागरिकतामा कुनै गल्ती नदेखिएको मालपोतका कर्मचारी बताउँछन् । 

सुवेदीले जिल्ला सरकारी वकिलको कार्यालयको रोहबरमा सक्कली जग्गा धनीलाई जग्गा दिलाउने प्रक्रिया अगाडि बढाउने बताए । मल्लाहले ग्लोबल आइएमई बैँकमा जग्गा धितो राखेर डेढ करोड ‘लोन’ समेत लिएका छन् । बैंकका कर्मचारी धितो मूल्यांकन गर्न आउँदा मात्रै वास्तविक जग्गा धनीले गडबडीको संकेत पाएका थिए ।

प्रजिअ तामाङले कीर्ते कार्यमा संलग्न दुई जनालाई पक्राउ गरी अनुसन्धान अगाडि बढाइएको बताए । तर, उनीहरू को–को हुन् भन्ने उनले खुलाउन चाहेनन् । 

प्रजिअ तामाङले लोकान्तरसँग भने, ‘मालपोतमा सम्बन्धित लेखापढी व्यवसायीलाई पनि नियन्त्रणमा लिएका छौं । मालपोतका कर्मचारी पनि निगरानीमा छन् । तेस्रो कुरा चाहिँ जो जग्गा लिएको मान्छे हो, उसलाई पनि नियन्त्रणमा लिएका छौं । अरू व्यक्तिहरूबारे खोजी भइरहेको छ । मुलुकी फौजदारी कार्यविधि संहिता– २०७४ अन्तर्गत अहिले कीर्ते मुद्दा दर्ता गरी अनुसन्धान भैरहेको छ ।’ 

‘नागरिकता हाम्रो सफ्टवेयरमा भिडाउँदा मिल्दैन । त्यो पूरै नक्कली हो । जहाँसम्म होलोग्राम र नागरिकताको फर्म कीर्ते गर्नेले कसरी फेला पार्‍यो भन्ने छ, त्यसमा पनि अनुसन्धान भइरहेको छ,’ प्रजिअ तामाङले थपे ।

जिल्ला प्रहरी कार्यालय रूपन्देहीका इन्स्पेक्टर भास्कर चन्दले फरार वडाध्यक्षको खोजी कार्य तीव्र रूपमा भइरहेको बताए ।

hAMROPATRO BELOW NEWS
TATA Below
मंसिर ५, २०८०

संसदीय लोकतन्त्रलाई आदर्श मान्ने नेपाली कांग्रेसका सभापति एवं संसदीय दलका नेता शेरबहादुर देउवादेखि नयाँ दलको रूपमा उदाएको रास्वपाका सांसद स्वर्णिम वाग्ले तथा शिशिर खनालसम्मले महिनामा एकदिन पनि हाजिरी नग...

माघ २४, २०८०

काठमाडौं महानगरपालिका वडा नम्बर– ३ बाँसबारीमा शहीद गंगालाल राष्ट्रिय हृदय केन्द्रनजिकै सञ्चालनमा छ, द चाँदबाग स्कूल । विनोद चौधरी नेतृत्वको सीजी ग्रुपअन्तर्गत सीजी एजुकेसनले सञ्चालन गरेको उक्त स्कू...

मंसिर २०, २०८०

नेपाल पर्यटन तथा होटल व्यवस्थापन प्रतिष्ठान (नाथम)का प्रिन्सिपल रामकैलाश बिछाको स्नातकोत्तरको शैक्षिक प्रमाणपत्र नक्कली रहेको आरोप त्यहाँ कार्यरत शिक्षकहरूले लगाएका छन् । संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्...

चैत ७, २०८०

पोखरा क्षेत्रीय अन्तर्राष्ट्रिय विमानस्थल निर्माण अनियमितता प्रकरणमा समेत अर्थमन्त्री वर्षमान पुनको भूमिका शंकास्पद देखिएको छ । २०६८ सालमा अर्थमन्त्री रहेका बेला पुनले प्रचलित कानून, विधि र मापदण्डविपरीत विमानस्थल ...

पुस २, २०८०

कार्यक्रम : राष्ट्रपति, उपराष्ट्रपतिसहित भीभीआईपीहरूको लर्को लागेको एउटा भव्य विवाह समारोह । ​ मिति : २०८० साल, मंसिर २९ गते, शुक्रवार​ स्थान : गोकर्ण रिसोर्ट, काठमाडौं । (पाँच तारे स्तरको डिलक्स रिसोर्ट) ...

पुस २६, २०८०

यातायात व्यवस्था विभागका महानिर्देशक उद्धवप्रसाद रिजालसहितको टोली सवारी चालक अनुमति पत्र (लाइसेन्स)मा प्रयोग हुँदै आएको स्मार्ट कार्डको गुणस्तर अनुगमनका लागि भन्दै जर्मनी जान लागेका छन् । टोलीमा विभा...

ओलीलाई फापेको सनराइज हल

ओलीलाई फापेको सनराइज हल

बैशाख १२, २०८१

ललितपुरको गोदावरीस्थित सनराइज हलमा नेकपा (एमाले)का दुई महत्वपूर्ण कार्यक्रम भए । एमालेको प्रथम विधान महाधिवेशन (२०७८ असोज १५ र १६ गते) सनराइज हलमै भएको थियो । विधान महाधिवेशनले विभाजनदेखि चौतर्फी घेराबन्दी...

'एमाले यो सरकारको धरौटीमा छ, बजेट सहमतिमै बन्छ'

'एमाले यो सरकारको धरौटीमा छ, बजेट सहमतिमै बन्छ'

बैशाख ७, २०८१

हामी १५औं अन्त्य गरेर १६औं योजनाको तयारीमा जाँदै छौं । दलका शीर्ष नेताबीच १६औं योजनाको विषयमा छलफल भएको छ । १५औं योजनाको असफलता र नमिलेका कुरालाई १६औं मा सुधार्छौं । हाम्रो गन्तव्य कहाँ हो भन्ने संविधानले ...

उल्लासविहीन नयाँ वर्ष, चंगुलमा परेको लोकतन्त्र

उल्लासविहीन नयाँ वर्ष, चंगुलमा परेको लोकतन्त्र

बैशाख ६, २०८१

सच्चा लोकतन्त्रमा सिमान्तमा रहेको नागरिकले पनि यो देश मेरो हो भन्ने अनुभूति गर्न सक्नेछ- माहात्मा गान्धी । माथि गान्धीको भनाइ किन उद्धृत गरिएको हो भने नयाँ वर्षको आगमन भैसकेको छ र २०८० को बिदाइ बडो हर्षपूर्वक...

x