२०७८ भदौ ३० गते  बुधबारको राशिफल हेर्नुहोस्

मेष


Advertisement

आफन्तहरुले प्रेममा समर्थन गरेर सहयोग गर्नेछन् । प्राविधिक क्षेत्रका पेशाकर्मीहरुले राम्रो सफलता हात पार्नेछन् ।


Advertisement

स्वास-प्रस्वासमा समस्या आउन सक्नेछ ।

 


Advertisement

वृष

नयाँ सम्बन्ध नजोडेकोनै राम्रो रहला । नयाँ कार्यको थालनी अधुरै रहला । शरीरमा आलस्यता र मानसिक चिन्ता बढ्न सक्छ । चोटपटकको भय र ज्वरो आउन सक्ने सम्भावना अधिक छ ।

 

मिथुन

मन अशान्त रहनेछ । बाँडफाँडको विवादले साझेदारीमा समस्या निम्ताउने हुँदा एकल प्रयासलाई नै प्राथमिकता दिनु होला । परिवारमा नया खुशी आउनेछ ।

 

कर्कट

नयाँ कामको प्रस्ताव आउनेछ ।  कामले जीवनशैली व्यस्त रहनेछ । चिताएको काममा सोचेजस्तै सफलता मिल्नेछ । प्रेम र मित्रताको बन्धन कसिलो हुनेछ ।

सिंह

गरिरहेका कार्यमा सामान्य परिवर्तनको योग रहेको छ । परिवारमा असहज परिस्थितिलाई सहज तुल्याउन तपाईंको अग्रसरता उत्तम रहने छ ।

 

कन्या

शाहाकारी भोजन गर्दा  बुद्धिमानी ठहरिला । उच्च पदमा,  प्रतिष्ठामा  शुभ फल पाइनेछ ।  व्यापार-व्यवसायमा त्यति राम्रो देखिने छैन ।  प्रेम र मित्रताको बन्धनमा दुरी बढ्नसक्नेछ ।

 

तुला

आमाको स्वास्थ्य कमजोर रहनाले त्यसप्रति चिन्ता बढ्नेछ । शरीरले दुख पाइनेछ र मनमा निराशा छाउन सक्छ ।स्टाफ र अन्यकर्मचारीको सहयोग लिँदा काममा  हौसला मिल्नेछ ।

 

वृश्चिक

यात्रा मनोञ्जनपूर्ण देखिएको छ । परिवारिक साथ-सहयोग मनग्यमात्रामा प्राप्त रहनेछ । व्यापार-व्यवसायमा अधिक लगानी नगरेकै नै राम्रो रहनेछ । टाउको तथा आँखाको समस्या पनि बढ्नसक्छ ।

 

धनु

बौद्धिक व्यक्तित्वहरूको सामु आफु कमजोर भएको महसुस रहनेछ । आफ्नो सामान्य लापरबाहीले तपाईंका माल सामानहरु गुम्न सक्ने सम्भावना रहेको छ ।अरुकोलागि समय खर्चनुपर्ला ।

 

मकर

व्यवसायमा उतारचढाव आएपनि  मिहिनेतले आर्थिक उन्नति हुनेछ ।  आफन्तमा मतभेद रहनेछ । तार्किक क्षमतामा गिरावट आउनेछ ।  नयाँ रोग देखा पर्नाले अस्पतालको यात्रा गर्नुपर्ला ।

कुम्भ

आत्मीयजनसँग बिछोडिनु पर्दा  मन दुखित ।  प्रतिकूल स्वास्थ्यका बाबजुद कामको चाप  बढ्नेछ । व्यवहारिक समस्या सुल्झाउन ऋणको बोझ उठाउनु पर्ला। इच्छा तथा आकांक्षाहरू पुरा हुनेछन् ।

 

मीन

 

कुनै शुभकर्म गर्नुपूर्व अथवा यात्रामा जानुअघि गणेशजीको स्मरण गर्नाले राम्रो फल मिल्नेछ । घरबाट रिसाएकाहरु सम्पर्कमा नजिकिनेछन् ।

 

ज्यो.पं.  घनश्याम पोख्रेल  (९८४१४७९७०७)

[email protected]

लोकान्तर संवाददाता
लोकान्तर संवाददाता

लेखकबाट थप...

कमेन्ट गर्नुहोस्