अगुवा कार्यकर्ता भेलालाई सम्बोधन गर्न आज ओली बुटवल आउँदै

अगुवा कार्यकर्ता भेलालाई सम्बोधन गर्न आज ओली बुटवल आउँदै

पूर्व प्रधानमन्त्री एवम् नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओली आज रुपन्देहीको बुटवल आउँदैछन् ।


Advertisement

रुपन्देही एमाले अगुवा कार्यकर्ता भेला सम्बोधन गर्न बुटवल आउन लागेका हुन् । 


Advertisement

बुटवल ११  देवीनगर मैदानमा हुने भेलामा जिल्लाका १६ वटै स्थानीय तहका १५ हजारभन्दा बढी अगुवा कार्यकर्ता सहभागी हुने प्रचार विभाग प्रमुख मोहन चापागाईँले बताए । १२ बजे ओली बुटवल आउने बताइएको छ । 

भेलालाई पार्टी अध्यक्ष ओलीसहित उपमहासचिव द्वय विष्णुप्रसाद पौडेल र घनश्याम भुसाल स्थायी कमिटी सदस्य टोप बहादुर रायमाझी, केन्द्रीय सदस्य महेश बस्नेत लगायतले सम्बोधन गर्नेछन् ।


Advertisement

भेलामा जिल्लाका सबै कमिटी र संगठनहरु परिचालन गरिएको तथा ब्यवस्थापकीय तयारी सबै पूरा भएको जिल्ला सचिवालय सदस्य ऋषिराम पाण्डेले बताए ।

एमाले लुम्बिनी प्रदेश कमिटी बैठकले पार्टी विभाजनका नाममा अलमलमा परेका नेता कार्यकर्तालाई स्पष्ट पार्न निर्देशन दिए बमोजिम जिल्लामा बृहत् भेला आयोजना गरिएको एमाले रुपन्देही अध्यक्ष शिवराज सुवेदीले बताए ।
 

लोकान्तर संवाददाता
लोकान्तर संवाददाता

लेखकबाट थप...

कमेन्ट गर्नुहोस्