माघ १८, २०८०
सरकारी जग्गा हिनामिना प्रकरणमा डलर अर्बपति एवं कांग्रेस सांसद विनोद चौधरी पनि तानिएका छन् । बाँसबारी छाला जुत्ता कारखानाको जग्गा हडपेको आरोपमा भाइ अरुण चौधरी पक्राउ परेलगत्तै विनोद चौधरीले समेत संल...
भदौ ३०, २०७८
प्रदेश नम्बर १ का मुख्यमन्त्री भीम आचार्य विरुद्ध विपक्षी गठबन्धनले अविश्वास प्रस्ताव ल्याउने तयारी गरेको छ । असोज ८ भित्र राजीनामा नदिए मुख्यमन्त्रीविरुद्ध अविश्वास प्रस्ताव ल्याउने निष्कर्षमा गठबन्धन पुगेको हो । आचार्यले भने असोज २४ गते विश्वासको मत लिनेगरी प्रदेशसभा बैठक बोलाउने निर्णय मन्त्रिपरिषद् बैठकबाट गराएका छन् ।
असोज ८ गते भित्रमा मुख्यमन्त्रीले मार्गप्रशस्त नगरे अविश्वासको प्रस्ताव ल्याउने नेकपा माओवादी केन्द्रका संसदीय दलका नेता इन्द्र आङ्बोले लोकान्तरलाई बताए । तर मुख्यमन्त्री आचार्यले भने सत्ता टिकाउनका लागि पहल जारी राखेका छन् ।
उनले आजमात्रै मन्त्रिपरिषद् विस्तार गरेका छन् । उनले पहिलो चरणमै मन्त्रीको लाइनमा रहेपनि त्यतिबेला नसमेटिएका तुलसी प्रसाद न्यौपाने लगायतलाई समेटेर मन्त्रिपरिषद् विस्तार गरेका हुन् । एमालेका अध्यक्ष तथा पूर्वप्रधानमन्त्री केपी शर्मा ओलीले मुख्यमन्त्री आचार्यलाई पहिलो चरणमा नै न्यौपानेलाई मन्त्री बनाउन निर्देशन दिएका थिए । प्रदेश १ का निवर्तमान मुख्यमन्त्री शेरधन राईले पनि न्यौपानेलाई आचार्यसँगै राखेर मन्त्री बनाउन सल्लाह दिएका थिए । त्यसमा मुख्यमन्त्री आचार्यले पनि सहमति जनाएका थिए । तर उनले पहिलो चरणमा मन्त्री नबनाउँदा न्यौपाने रुष्ट बनेका थिए ।
बरु योगेश भट्टराई निकटका लक्ष्मण तिवारी र बलबहादुर सांसोहाङलाई उनले मन्त्री बनाएका थिए । उसो त मन्त्री बन्ने शर्तमा आचार्य भन्दा अगाडि न्यौपाने ओली खेमामा गइसकेका थिए । सर्तअनुसार मन्त्री नपाएपछि आचार्यसँग रुष्ट बनेका न्यौपानेको बुधबार भने भाग्य खुलेको हो । आचार्यले न्यौपानेलाई मामिला तथा योजना मन्त्री बनाएका छन् ।
यसैगरी आज नै झापाका हिराकुमार थापालाई भूमि व्यवस्था, कृषि तथा सहकारी, सोलुखुम्बुका उत्तमकुमार बस्नेतलाई उद्योग वन, पर्यटन तथा वातावरण राज्यमन्त्री, मोरङका ज्ञानेश्वर राजवंशीलाई भूमि व्यवस्था, कृषि तथा सहकारी राज्यमन्त्री र मोरङका लीलाबल्लभ अधिकारीलाई आन्तरिक मामिला तथा कानून राज्यमन्त्री बनाइएको छ ।
सरकारका किङमेकरनै बने असन्तुष्ट
यता पहिलादेखि नै सरकारको किङमेकरका रुपमा चिनिएका प्रदेश १ का निवर्तमान आन्तरिक मामिला तथा कानुन मन्त्री हिक्मत बहादुर कार्कीले आर्थिक मामिला तथा योजना मन्त्री बन्ने दाउमा रहेका थिए । केही दिनअघि नै सरकार बिस्तार गर्ने योजनामा रहेका मुख्यमन्त्री कार्कीलाई बनाउने कि न्यौपानेलाई भन्नेमा अलमलिए । सरकार टिकाउनका लागि न्यौपानेलाई भन्दा कार्कीलाई बनाउदा फाइदा देखेपछि उनले सोहीअनुसार निर्णय लिएको एक नेताले बताए । कार्कीले भाग नपाएपछि उनी रुष्ट बन्न पुगेको बताइएको छ ।
विपक्षी गठबन्धनको प्रतिक्रिया–झण्डावाल गाडीमा दशैँ मान्न दिइँदैन
बुधबार मात्रै ५ जना मन्त्रीले शपथ लिए । शपथ लिएका मन्त्रीहरु कति समयसम्म टिक्छन् भन्ने त हेर्न बाँकी नै छ । तर, बाहिर देखिएको समीकरणअनुसार १० जना सांसदले एमाले छाडेपछि मुख्यमन्त्री आचार्य अल्पमतमा परिसकेका छन् ।
विपक्षी गठबन्धनका नेता तथा नेकपा एकीकृत समाजवादीका नेता राजेन्द्र राईले झण्डावाल गाडीमा नयाँ मन्त्रीहरुले दशैँ मान्न नपाउने प्रतिक्रिया दिए । भने, ‘यसपालि बनेका मन्त्रीज्युहरुले झन्डावाला गाडीमा ससुराली जान पाउनु हुँदैन । मुख्यमन्त्रीले विश्वासको मत लिनुपर्छ र त्यो नै मन्त्रालयमा बस्ने अन्तिम दिन हो । उनले मुख्यमन्त्रीले विश्वासको मत नपाउने भएकाले अहिले नै राजीनामा दिन समेत सुझाए ।
३ सांसदद्वारा मन्त्री बन्न अस्वीकार
यसैबीच आचार्य नेतृत्वको सरकारमा सहभागी हुन एमालेका तीन सांसदले अस्वीकार गरेका छन् । नेकपा एमाले संसदीय दलका सचेतक बुद्धिकुमार राजभण्डारी, उदयपुरका सांसद बिमल कार्की र अर्का एक सांसद समेतले राज्यमन्त्री बन्ने प्रस्ताव अस्वीकार गरेका हुन् । उनीहरुले पद अस्वीकार गरेपनि मुख्यमन्त्री आचार्यले अरु आज ५ जना थपेर मन्त्रिमण्डल ८ सदस्यीय बनाएका हुन् ।
सरकारी जग्गा हिनामिना प्रकरणमा डलर अर्बपति एवं कांग्रेस सांसद विनोद चौधरी पनि तानिएका छन् । बाँसबारी छाला जुत्ता कारखानाको जग्गा हडपेको आरोपमा भाइ अरुण चौधरी पक्राउ परेलगत्तै विनोद चौधरीले समेत संल...
शुक्रवार मध्यरातिको भूकम्पमा परेर मृत्यु भएकी जाजरकोट भेरी नगरपालिकाकी ८ वर्षीया विष्णु तिरुवाको दाहसंस्कारका लागि आफन्त र गाउँलेहरू सोमवार भेरी नदी घाटमा पुगेका थिए । सोमवार अपरान्ह उनको शव लिएर मलामी...
जाजरकोट भूकम्पमा ज्यान गुमाउनेमध्ये आधा बढी बालबालिका रहेका छन् । नेपाल प्रहरीले उपलब्ध गराएको तथ्याङ्क अनुसार कात्तिक १७ गते राति गएको भूकम्पबाट मृत्यु भएका १५३ मध्ये ७८ बालबालिका छन् । जाजरक...
जाजरकोट केन्द्रबिन्दु भएर गएको शक्तिशाली भूकम्पमा परी कम्तिमा ११९ जनाको मृत्यु भएको छ । जाजरकोट र रुकुम पश्चिमका विभिन्न स्थानमा भूकम्पमा परेर उक्त मानवीय क्षति भएको हो । जिल्ला प्रहरी कार्यालय जाजरकोटका ...
दाङको तुलसीपुर उपमहानगरपालिका वडा नम्बर– १९ बिजौरीका २२ वर्षीय युवक प्रतीक पुनमाथि परिवारको ठूलो जिम्मेवारी थियो । दुवै मिर्गौला फेल भएर बाबा ताराप्रसाद पुनको एक वर्षअघि मृत्यु भएपछि लागेको ...
गत शुक्रबार राति गएको भूकम्पले जाजरकोट र रुकुम पश्चिम तहसनहस बनेका छन् । बाक्लो बस्ती रहेका बस्ती भूकम्पले उजाड बनेका छन् । प्रभावित क्षेत्रमा सन्नाटा छाएको छ । बाँचेकाहरू शोक र पीडामा छन् । ...
ललितपुरको गोदावरीस्थित सनराइज हलमा नेकपा (एमाले)का दुई महत्वपूर्ण कार्यक्रम भए । एमालेको प्रथम विधान महाधिवेशन (२०७८ असोज १५ र १६ गते) सनराइज हलमै भएको थियो । विधान महाधिवेशनले विभाजनदेखि चौतर्फी घेराबन्दी...
हामी १५औं अन्त्य गरेर १६औं योजनाको तयारीमा जाँदै छौं । दलका शीर्ष नेताबीच १६औं योजनाको विषयमा छलफल भएको छ । १५औं योजनाको असफलता र नमिलेका कुरालाई १६औं मा सुधार्छौं । हाम्रो गन्तव्य कहाँ हो भन्ने संविधानले ...
सच्चा लोकतन्त्रमा सिमान्तमा रहेको नागरिकले पनि यो देश मेरो हो भन्ने अनुभूति गर्न सक्नेछ- माहात्मा गान्धी । माथि गान्धीको भनाइ किन उद्धृत गरिएको हो भने नयाँ वर्षको आगमन भैसकेको छ र २०८० को बिदाइ बडो हर्षपूर्वक...