×

NMB BANK
NIC ASIA

रोकियो सङ्घीय सरकारी खर्च

भदौ ३१, २०७८

NTC
Sarbottam
Premier Steels
Marvel

चालू आर्थिक वर्ष ०७८/७९ को अध्यादेश बजेटको प्रतिस्थापन विधेयक संसद्बाट समयमा पारित नभएपछि देशमा बजेटविहीनताको अवस्था आएको छ ।

Sagarmatha Cement
Muktinath Bank

साउन ३ गते प्रतिनिधि सभामा प्रस्तुत सो विधेयकका प्रतिस्थान विधेयक बुधबारसम्म पारित हुनुपर्ने थियो । वि.सं. २००८ देखि नेपालको बजेटको इतिहासमा यस्तो अवस्था पहिलो पटक आएको हो ।


Advertisment
RMC TANSEN
IME BANK INNEWS
shivam ISLAND

विधायिकाको स्वीकृतिबिना खर्च गर्न नहुने प्रावधानकै कारण बुधबार रातिदेखि सङ्घीय सरकारी खर्च रोक्का भएको हो । सरकारी खर्च केही दिन रोकिने भए पनि राजस्व सङ्कलन भने नरोकिने जनाइएको छ ।


Advertisment
Nabil box
Kumari

अघिल्लो सरकारले अध्यादेशमार्फत ल्याएको बजेट वर्तमान सरकारले प्रतिस्थापन विधेयकमार्फत संशोधन गरेकोमा प्रमुख प्रतिपक्षी दलले संसदीय कारबाही अवरुद्ध गर्दा बजेट पारित कार्य प्रभावित भएको हो ।

Vianet communication
Laxmi Bank

अर्थमन्त्री जनार्दन शर्माले बजेटविहीनताको अवस्थाले सरकारी भुक्तानी अवरुद्ध हुने भए पनि अल्पकालीन समस्या भएकाले अर्थ प्रणालीमा त्यति ठूलो समस्या नआउने जानकारी दिए । सङ्घीय संसद्मा जारी अवरोध हटाउन प्रयास भइरहेको र त्यसले छिट्टै प्रतिस्थापन विधेयक पारित हुने उनले बताए ।

संसद्मा अर्थमन्त्री शर्माले पेस गर्नुभएको प्रतिस्थापन विधेयक पारित हुन नपाएका कारण देश आंशिक रूपमा बजेटविहीनताको अवस्थामा पुगेको हो । अघिल्लो सरकारका अर्थमन्त्री विष्णुप्रसाद पौडेलले अध्यादेश मार्फत जेठ १५ गते पेस गर्नुभएको बजेट बुधबारभित्र संसद्बाट पारित भइसक्नुपर्ने थियो ।

नेपालको संविधानको धारा ११४ अनुरूप कुनै पनि अध्यादेश संसद् सुरु भएको ६० दिनभित्र स्वीकृत नभएमा स्वतः निष्क्रिय हुन्छ तर अध्यादेशको स्थानमा प्रतिस्थापन विधेयकलाई भने संसद्ले स्वीकार गरेको छ ।

अर्थमन्त्री शर्माले प्रतिनिधि सभामा विनियोजन अध्यादेशका केही प्रावधान संशोधन गर्दै प्रतिस्थापन विधेयक संसद्मा पेस गर्नुभएको थियो तर सो विधेयक पारित हुन सकेको छैन । सरकारले आगामी असोज ४ गतेका लागि बोलाइएको प्रतिनिधि सभा बैठकमार्फत सो विधेयक पारित गराउने अपेक्षा गरेको छ ।

“प्रतिपक्षीले संसद् अवरुद्ध गरेकाले प्रतिस्थापन विधेयक मङ्गलबार पारित हुन नसकेको हो, केन्द्र सरकारको भुक्तानी रोकिए पनि त्यसले अर्थतन्त्रलाई नै असर गर्ने भन्ने होइन,” अर्थमन्त्री शर्माले स्पष्ट पारे, “राजनीतिक तहमा संवाद जारी छ, बजेटविहीनताको अवस्था छिटै अन्त्य हुन्छ ।” प्रतिस्थापन विधेयक दुवै सदनबाट पारित भएर राष्ट्रपतिले अनुमोदन नगरेसम्म बजेटविहीनताको अवस्था रहन्छ ।

यो अवस्थाले संविधानको धारा ११७ बमोजिम सङ्घीय सञ्चित कोषमा व्ययभार हुने रकम निकासा हुन पाउँदैन । अर्थमन्त्री शर्माका अनुसार तलब भत्तालगायत भदौको अधिकांश नियमित भुक्तानी भइसकेको र असोज लाग्नासाथ बजेट पारित हुने भएकाले ठूलो समस्या नआउने भएको हो ।

“ठेक्का रकम भुक्तानी केही दिन रोकिए पनि विकास निर्माण रोकिँदैन, पेस्कीबाट काम जारी हुन्छ”, उनले भने, “त्यसबाहेक प्रदेश र स्थानीय तहको आफ्नै बजेट परिचालन पनि नियमित हुने भएकाले त्यहाँबाट हुने निकासा प्रभावित हुने छैन ।”

खर्च गर्न नपाए पनि राजस्व सङ्कलन भने नियमित हुनेछ । भदौ २५ गतेको संसद् बैठकले आर्थिक अध्यादेश पारित गरेकाले राजस्व गैरकर सङ्कलन अनुदान सोधभर्नालगायतका रकम सङ्कलन भने गर्न बाधा छैन । गोरखापत्र दैनिकमा गोपालचन्द्र सुवेदीले खबर लेखेका छन् ।

hAMROPATRO BELOW NEWS
TATA Below
मंसिर २५, २०८०

अस्पतालले मृत घोषणा गरी १५ घण्टासम्म शवगृहमा राखेर अन्तिम दाहसंस्कारका लागि घाट लैजान लागेका एक व्यक्ति जिवितै रहेको पाइएको छ। विराटनगरस्थित मेट्रो न्युरो अस्पतालले मृत्यु प्रमाणपत्रसमेत बनाएर १५ घण्टासम्म शवगृहमा...

मंसिर ४, २०८०

नेपाल कम्युनिस्ट पार्टी (माओवादी केन्द्र) सँग  एकता  गर्न  नेपाल  समाजवादी  पार्टीका  अध्यक्ष डा. बाबुराम भट्टराईलाई पार्टीभित्रबाट नेताहरूले दबाब दिन थालेका छन् । पार्टीका अर्का अध्य...

कात्तिक २३, २०७८

विशेष  आर्थिक  क्षेत्र  (सेज)भित्र मदिरा,  सुर्तीजन्य  र  विस्फोटक  पदार्थ  उत्पादन  गर्ने  उद्योग स्थापना  गर्न  नपाइने  भएको  छ।  विश...

माघ २२, २०८०

सहरी विकास मन्त्रालयले निर्माणाधीन धरहराको बेसमेन्टमा सवारीसाधन पार्किङ मानवीय स्वास्थ्यका दृष्टिले जोखिमपूर्ण हुन सक्ने भन्दै सचेत गराएको छ । मन्त्रालयले  त्यहाँ  आवश्यक  प्राविधिक  तयारी  ...

कात्तिक २४, २०८०

सवारीसाधन  सुविधा  प्राप्त  गर्ने  कर्मचारीलाई  इन्धनबापत नगद उपलब्ध गराउन सरकारले निर्देशिका जारी गरेको छ । सुशासन (व्यवस्थापन तथा सञ्चालन) ऐन, २०६४ को दफा ४५ ले दिएको अधिकार प्रयोग ...

माघ २४, २०८०

कास्की प्रहरीले राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) सभापति रवि लामिछानेसहित थप १८ जनाविरुद्ध अनुसन्धान  सुरु  गरेको  छ  ।  पोखराको  सूर्यदर्शन  बचत तथा ऋण सहकारी ठगी प्रकरणमा ...

अपराजित जनयुद्धको पराजित कथा

अपराजित जनयुद्धको पराजित कथा

चैत १४, २०८०

सामान्यतः मानव समाजको आजसम्मको इतिहास जनयुद्धको इतिहास हो भन्दा फरक पर्दैन । किनकि, समयका प्रत्येक खण्डमा चाहे ती स्पाटाहरू होउन् या चार्टिष्टियन, सिलेसियाली होउन् या कम्युनाडोहरू अनि वोल्सेभिक–भियतकङ्&ndash...

निर्मोही राज्य र युगीन अवतारको प्रतीक्षामा नेपाली समाज

निर्मोही राज्य र युगीन अवतारको प्रतीक्षामा नेपाली समाज

चैत १२, २०८०

रूढिवादी र पछौटे समाजले सधैँभरि अवतारको प्रतीक्षा गर्दछ । प्रतीक्षा गर्नेले आफू केही पनि कर्म गर्दैन र उसलाई पौरखमा त्यति विश्वास पनि हुँदैन ।  सामान्यतया व्यक्तिगत जीवनमा भाग्य र सामाजिक जीवनमा अवतारको प्रत...

सत्यको खोजी

सत्यको खोजी

चैत १०, २०८०

कसैले आएर सत्य भनेको के हो ? भनेर सोध्यो भने हामी अलमलिन्छौँ । कसैले केही भनौँला कसैले केही । अझ कसैले त सत्य भनेको सत्य नै हो भन्न पनि बेर लगाउन्नौँ । तर सत्य त्यो मात्र होइन । सत्य भनेको हामी आफैँ हौँ । सत्य...

x