तीन लाख नगद लुटपाट आरोपमा एक जना पक्राउ

सांकेतिक तस्वीर।

भक्तपुर मध्यपुरथिमी नगरपालिका-१ लोकन्थलीबाट नगद ३ लाख लुटपाट गरेको आरोपमा एकजना पक्राउ परेका छन् । 


Advertisement

काठमाडौं कीर्तिपुर बस्ने बैतडी घर भएका  २६ वर्षीय लवजित भट्टलाई बुधवार राति प्रहरीले पक्राउ गरेको हो । 


Advertisement

लवले आफ्नै काकालाई विदेश पठाइदिन सहयोग गरी दिन्छु भनि लोकन्थलीमा लगेर उक्त नगद लुटेको भन्ने  खबर प्राप्त हुनासाथ महानगरीय प्रहरी वृत्त ठिमीबाट खटिएको प्रहरीले उनलाई पक्राउ गरेको हो । 

यस सम्बन्धमा थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ । 


Advertisement

लोकान्तर संवाददाता
लोकान्तर संवाददाता

लेखकबाट थप...

कमेन्ट गर्नुहोस्