मुटुको उपचार गराउन गइरहेकी महिलाको कार दुर्घटनामा मृत्यु

मोरङमा कार दुर्घटना हुँदा १ महिलाको मृत्यु भएको छ ।


Advertisement

बेलबारी नगरपालिका–१ घर भएकी ३० वर्षीया चन्द्रकला राईको मोरङको बूढीगंगा गाउँपालिकामा दुर्घटनामा परेर मृत्यु भएको हो ।


Advertisement

दुर्घटनामा गम्भीर घाइते भएकी उनको उपचारका क्रममा बूढीगंगास्थित विराट शिक्षण अस्पतालमा मृत्यु भएको मोरङ प्रहरीका प्रवक्ता डीएसपी दीपक श्रेष्ठले जानकारी दिए ।

प्रहरीका अनुसार बा११च १५७१ नम्बरको कार आफैं अनियन्त्रित भएर बिजुलीको पोलमा ठोक्किएको थियो । दुर्घटनामा कार चालक बेलबारी–१ का ३८ वर्षीय बाबुराम कार्की, बेलबारी–१ की ४३ वर्षीया गीता लिम्बू र ५५ वर्षीया सानी धिमाल सामान्य घाइते भएका छन् ।


Advertisement

घाइते सबैको विराट मेडिकलमै उपचार भइरहेको मोरङ प्रहरीले जनाएको छ । मृतक चन्द्रकला र घाइते सानी मुटुका बिरामी हुन् । उनीहरू उपचारका लागि आइरहेका थिए ।

लोकान्तर संवाददाता
लोकान्तर संवाददाता

लेखकबाट थप...

कमेन्ट गर्नुहोस्