×

NMB BANK
NIC ASIA

अष्टलक्ष्मीले औंल्याइन् एमाले बिग्रिनुको ५ कारण

भदौ ३१, २०७८

NTC
Sarbottam
Premier Steels
Marvel

नेकपा एमालेकी उपाध्यक्ष एवं बागमती प्रदेशकी मुख्यमन्त्री अष्टलक्ष्मी शाक्यले नेकपा एमाले कमजोर हुनु र बिग्रिनुको मुख्य चार कारण औंल्याएकी छन् । 

Muktinath Bank

एमालेको काठमाडौं जिल्ला कमिटीले आयोजना गरेको प्रशिक्षण कार्यक्रमलाई बिहीवार सम्बोधन गर्दै उनले विचारबाट विचलित भएको, गुटबन्दी गरेको, जनमतको कदर नगरेको, पार्टी नेतृत्व र कार्यकर्तामा रूपान्तरण नआएको तथा गालीगलौजको संस्कार अपनाएकाले एमाले कमजोर र विभक्त भएको बताएकी हुन् ।


Advertisment
RMC TANSEN
IME BANK INNEWS
shivam ISLAND

एमालेको नवौं महाधिवेशनपछि व्यवस्थित र विस्तृत प्रशिक्षण कार्यक्रम कहिल्यै आयोजना नभएको र त्यसले नेता तथा कार्यकर्तालाई विचारविहीन बनाउन सहयोग गरेको उनले उल्लेख गरिन् ।


Advertisment
Nabil box
Kumari

‘हामी विचारबाट विचलित भयौं । व्यवस्थित खालको प्रशिक्षण नवौं महाधिवेशनपछि गर्नै सकेनौं । यसैले एमालेलाई कमजोर बनाउँदै लग्यो ।’ 

Vianet communication
Laxmi Bank

पार्टीभित्र भएको गुटबन्दीका कारण पनि एमाले कमजोर भएको विश्लेषण शाक्यको छ । ‘नवौं महाधिवेशनबाटै गुटबन्दी शुरू भएको थियो । प्रशिक्षण नभएपछि विचार भएन । विचार नभएपछि गुट जन्मिदोरहेछ । एमालेमा प्यानल बनाएर चुनाव नगरौं । क्षमता, योग्यता, कामको मूल्यांकन गरेर नेतृत्व चयन गर्ने परिस्थिति बनाउनेतर्फ लागौं’, शाक्यले भनिन् ।

एमाले कमजोर हुनुको अर्को कारण जनमतको कदर गर्न नसक्नु रहेको उनले बताइन् । ‘जनताले हामीलाई दुईतिहाइ नजिकको मत दिए । जनताले माया गरे । सरकारमा पुर्‍याए । तर जनमतको कदर गर्नै सकेनौं । जनताको भावनाको सम्मान गर्न सकेनौं । जनतालाई जे पर्छ, परोस् भन्ने सोच्यौं । अब स्थानीय तहको निर्वाचन आइसक्यो, त्यतिबेला जनतालाई के भन्छौं ?’, शाक्यले प्रश्न गरिन् ।  

राजनीतिक नेतृत्वले गालीगलौजको संस्कार अपनाएकाले पनि एमाले कमजोर भएको उनले उल्लेख गरिन् । ‘हामी गालीगलौजको राजनीतिमा गर्छौं र त्यसलाई ढाकछोप गर्ने प्रयत्न गर्छौं । यसले हामीलाई कमजोर बनाउँदै लगेको छ । त्यसलाई सच्याउन आवश्यक छ’, शाक्यले भनिन् ।  

एमालेका नेता तथा कार्यकर्ता रूपान्तरण हुन नसक्दा एमाले कमजोर हुँदै गएको उनको विश्लेषण छ । ‘रुपान्तरित हुने कि नहुने ? तलदेखि माथिसम्म, माथिदेखि तलसम्म रुपान्तरित हुने कि नहुने ? त्यही सामन्ती सोच र धङधङी बोकेर हिँड्ने हो भने कम्युनिस्ट पार्टी लिएर हिँड्न सक्दैनौं’, उनले भनिन् ।  

एमालेलाई वैचारिक ढंगले सुदृढ बनाएर अघि बढ्नका लागि विगतलाई निर्मम समीक्षा गर्ने आँट नेतृत्वले गर्नुपर्ने उनले बताइन ।  

पार्टीलाई सुधार्नका लागि एमालेले जारी गरेको अन्तरपार्टी निर्देशन–१२ अक्षरश पालना हुनुपर्ने उनले बताइन् ।

‘पार्टीलाई सम्पूर्ण रूपमा जेठ २ मा फर्काउनुपर्छ । त्यसेबला फर्कँदा जसको नेतृत्व हुन्छ, उसलाई कायम गरौं । कम्प्युनिस्टहरूको हृदय फराकिलो हुन्छ । भनिन्छ, नेतृत्वले फराकिलो हृदय बनाएर पार्टीलाई सुदृढ बनाउन लाग्नुपर्छ’, शाक्यले भनिन् । 

नेकपाबाट एमाले र माओवादी केन्द्र छुट्टिएपछि एमालेभित्र रहन नपाएको भन्दै उनले गुनासो पोखिन् । ‘आफैँले बनाएको घरभित्र प्रवेश पाइएन । लामो समय बाहिर बस्नुपर्‍यो । नेकपा एमाले हुन सकेनौं । पार्टीबाहिर बस्नुपर्‍यो । बल्ल अहिले एमालेभित्र रहन पाएका छौं’, उनले भनिन् । 

शाक्यले माधव नेपालले पार्टी विभाजन गरेर राम्रो नगरेको पनि बताइन् । ‘माधव नेपालले लिएको बाटो सही छैन । यतिबेला फूटको होइन एकजुट राजनीतिको आवश्यकता छ । माधव नेपाल हाम्रो अग्रज हो । नेता हो । आफ्नो जीवन दिएको पार्टीलाई चटक्क छाडेर नयाँ आन्दोलन सिर्जना गर्छु भन्ने कुरा ठीक हुन सक्दैन’, उनले भनिन् ।

hAMROPATRO BELOW NEWS
TATA Below
मंसिर २५, २०८०

दाङको तुलसीपुर उपमहानगरपालिका वडा नम्बर– १९ बिजौरीका २२ वर्षीय युवक प्रतीक पुनमाथि परिवारको ठूलो जिम्मेवारी थियो ।  दुवै मिर्गौला फेल भएर बाबा ताराप्रसाद पुनको एक वर्षअघि मृत्यु भएपछि लागेको ...

कात्तिक २०, २०८०

जाजरकोट भूकम्पमा ज्यान गुमाउनेमध्ये आधा बढी बालबालिका रहेका छन् । नेपाल प्रहरीले उपलब्ध गराएको तथ्याङ्क अनुसार कात्तिक १७ गते राति गएको भूकम्पबाट मृत्यु भएका १५३ मध्ये ७८ बालबालिका छन् । जाजरक...

कात्तिक २०, २०८०

शुक्रवार मध्यरातिको भूकम्पमा परेर मृत्यु भएकी जाजरकोट भेरी नगरपालिकाकी ८ वर्षीया विष्णु तिरुवाको दाहसंस्कारका लागि आफन्त र गाउँलेहरू सोमवार भेरी नदी घाटमा पुगेका थिए ।​​ सोमवार अपरान्ह उनको शव लिएर मलामी...

कात्तिक २१, २०८०

गत शुक्रबार राति गएको भूकम्पले जाजरकोट र रुकुम पश्चिम तहसनहस बनेका छन् । बाक्लो बस्ती रहेका बस्ती भूकम्पले उजाड बनेका छन् । प्रभावित क्षेत्रमा सन्नाटा छाएको छ ।  बाँचेकाहरू शोक र पीडामा छन् ।  ...

कात्तिक १८, २०८०

जाजरकोट केन्द्रबिन्दु भएर गएको शक्तिशाली भूकम्पमा परी कम्तिमा ११९ जनाको मृत्यु भएको छ । जाजरकोट र रुकुम पश्चिमका विभिन्न स्थानमा भूकम्पमा परेर उक्त मानवीय क्षति भएको हो ।  जिल्ला प्रहरी कार्यालय जाजरकोटका ...

कात्तिक १८, २०८०

गएराति गएको भूकम्पले सबैभन्दा बढी जाजरकोटको नलगाड क्षेत्रमा क्षति गरेको छ । नलगाड नगरपालिकामा मात्रै तीन दर्जन बढीको ज्यान गएको जिल्ला प्रशासन कार्यालय जाजरकोटले जनाएको छ । अझै यकिन विवरण आउन बाँकी छ ।  ...

ओलीलाई फापेको सनराइज हल

ओलीलाई फापेको सनराइज हल

बैशाख १२, २०८१

ललितपुरको गोदावरीस्थित सनराइज हलमा नेकपा (एमाले)का दुई महत्वपूर्ण कार्यक्रम भए । एमालेको प्रथम विधान महाधिवेशन (२०७८ असोज १५ र १६ गते) सनराइज हलमै भएको थियो । विधान महाधिवेशनले विभाजनदेखि चौतर्फी घेराबन्दी...

'एमाले यो सरकारको धरौटीमा छ, बजेट सहमतिमै बन्छ'

'एमाले यो सरकारको धरौटीमा छ, बजेट सहमतिमै बन्छ'

बैशाख ७, २०८१

हामी १५औं अन्त्य गरेर १६औं योजनाको तयारीमा जाँदै छौं । दलका शीर्ष नेताबीच १६औं योजनाको विषयमा छलफल भएको छ । १५औं योजनाको असफलता र नमिलेका कुरालाई १६औं मा सुधार्छौं । हाम्रो गन्तव्य कहाँ हो भन्ने संविधानले ...

उल्लासविहीन नयाँ वर्ष, चंगुलमा परेको लोकतन्त्र

उल्लासविहीन नयाँ वर्ष, चंगुलमा परेको लोकतन्त्र

बैशाख ६, २०८१

सच्चा लोकतन्त्रमा सिमान्तमा रहेको नागरिकले पनि यो देश मेरो हो भन्ने अनुभूति गर्न सक्नेछ- माहात्मा गान्धी । माथि गान्धीको भनाइ किन उद्धृत गरिएको हो भने नयाँ वर्षको आगमन भैसकेको छ र २०८० को बिदाइ बडो हर्षपूर्वक...

x