एमालेद्वारा प्रदेशसभा बैठक निरन्तर अवरुद्ध

प्रमुख प्रतिपक्ष नेकपा एमालेले लुम्बिनी प्रदेश सभाको बिहीवारको बैठक पनि अवरुद्ध गरेको छ ।


Advertisement

नयाँ सरकार गठन भएसँगै लुम्बिनी प्रदेशसभा चल्न सकेको छैन ।


Advertisement

सूर्य चिह्नबाट निर्वाचित अजय शाही र बिमला वलीलाई पदमुक्त गर्न माग गर्दै एमालेले निरन्तर संसद अवरुद्ध गरिरहेको छ ।

बिहीवार पनि सभामुख पूर्णबहादुर घर्तीले बैठक शुरू गर्नासाथै एमालेका सांसदहरूले वेल घेराउ गर्दै नाराबाजी गरेका थिए ।


Advertisement

सभामुखले संसद शुरू गरेलगत्तै आफ्नो स्थानबाट उठेर बोल्दै पूर्व कृषिमन्त्री तथा एमाले सांसद आरती पौडेलले पार्टीको केन्द्रीय कमिटीले कारवाही गरेका २ सांसदलाई सभामुखले कारवाही नगर्दासम्म सदन चल्न नदिने बताइन् ।

पौडेलले बोलेलगत्तै एमाले सांसदहरू आफ्नो स्थानबाट उठेर वेल घेर्न पुगेका थिए । बैठक केहीबेरका लागि स्थगित भएको छ । 

लोकान्तर संवाददाता
लोकान्तर संवाददाता

लेखकबाट थप...

कमेन्ट गर्नुहोस्