×

NMB BANK
NIC ASIA

सिवा स्वास्थ्य चौकीको ‘बर्थिङ सेन्टर’ २ वर्षदेखि बन्द

भदौ ३१, २०७८

NTC
Sarbottam
Premier Steels
Marvel

पाँचथरको फिदिम नगरपालिका–६ को सिवा स्वास्थ्य चौकीमा रहेको ‘बर्थिङ सेन्टर’ विगत २ वर्षदेखि बन्द हुँदा सेवाग्राही समस्यामा परेका छन् । 

Sagarmatha Cement
Muktinath Bank

दरबन्दी अनुसारका स्वास्थ्यकर्मी गाउँमा नबस्ने तथा सेन्टरमा खटिने स्वास्थ्यकर्मीका लागि आवासको व्यवस्था नहुँदा बन्द भएको हो । 


Advertisment
RMC TANSEN
IME BANK INNEWS
shivam ISLAND

स्वास्थ्य चौकीमा ४ वर्षअघि सेन्टर स्थापना गराइएको थियो । अहिले प्रसूति हुने सबैलाई सदरमुकाम फिदिम पुर्‍याउनुपर्ने बाध्यता रहेको स्थानीयले गुनासो गरेका छन् ।


Advertisment
Nabil box
Kumari

‘गाउँको बर्थिङ सेन्टर बन्द हुँदा रातारात सदरमुकाम पुग्नुपर्ने, होटलमा खाने बस्ने प्रबन्ध गर्नुपर्दा धेरै खर्च हुने समस्या छ,’ स्थानीय तिलक तुम्रोकले भने, ‘यसले कमजोर आर्थिक अवस्थाका स्थानीयलाई समस्या पारेको छ ।’

Vianet communication
Laxmi Bank

बर्थिङ सेन्टर सञ्चालनमा ल्याउन आफूहरूले निरन्तर आवाज गर्दै आएको भए पनि सेवा सञ्चालन हुन नसकेको स्थानीयको गुनासो छ ।

स्थानीयले बर्थिङ सेन्टरलाई अन्यत्र सार्न खोजिएको सुनिएको जनाउँदै विरोध जनाएका छन् । उनीहरूले जिल्लाका अन्य स्थानीय तहहरुले गाउँ–गाउँमा बर्थिङ सेन्टर स्थापना गरिरहँदा सदरमुकाम समेत रहेको फिदिम नगरपालिका भने २ वर्षदेखि सेन्टर बन्द हुँदा चुपचाप बसेको गुनासो गरे ।

स्वास्थ्यचौकी व्यवस्थापन समितिका अध्यक्ष हरिलाल तुम्रोक भने स्वास्थ्यचौकीको भवन निर्माण गरी स्वास्थ्यकर्मी बस्ने प्रबन्ध नभएसम्म बर्थिङ सेन्टर सञ्चालन गर्न कठिन भएको बताउँछन् । 

‘स्वास्थ्य चौकीलाई भवन अभाव भएकाले नयाँ भवन बनाई अहिलेको भवनलाई आवासका रूपमा प्रयोग गर्नुपर्छ भनेर नगरपालिकासँग माग गर्दै आएका छौं,’ उनले भने, ‘तर नगरपालिकाबाट अहिलेसम्म कुनै पनि बजेट परेको छैन ।’

बर्थिङ सेन्टरको सेवा बन्द भएपछि दरबन्दीमा आएका स्वास्थ्यकर्मी समेत आवासको समस्या देखेर २ हप्ता नबित्दै काज सरुवा गरी गएको उनले बताए ।

hAMROPATRO BELOW NEWS
TATA Below
कात्तिक २०, २०८०

काठमाडौं उपत्यकामा भूकम्पको झड्का महसुस गरिएको छ । सोमवार अपरान्ह ४ बजेर ३३ मिनेटको समयमा भूकम्पको झड्का महसुस गरिएको हो । जाजरकोटको रामीडाँडा केन्द्रविन्दु भएर अपराह्न ४ बजेर ३१ मिनेटमा ५ दशमलव ८ रे...

कात्तिक १५, २०८०

बाराको कलैया उपमहानरपालिका–६ मदर्सा टोलमा रहेको बाल एकता इंग्लिस बोर्डिङ स्कूलका प्रिन्सिपल गुड्डु भनिने रुपेश स्वर्णकारको हत्याका मुख्य योजनाका सोही विद्यालयकी पूर्वशिक्षिका तथा लेखापाल राधा गुप्ता रहेको ख...

पुस २५, २०८०

आफूलाई ‘लिटिल बुद्ध’ भनेर दाबी गर्ने रामबहादुर बम्जन पक्राउ परेपछि उनीबारे नयाँ–नयाँ तथ्य सार्वजनिक भइरहेका छन् । प्रहरीले उनलाई मंगलबार साँझ ७ बजे काठमाडौंको बूढानीलकण्ठस्थित निवास...

मंसिर १४, २०८०

नेपाली सेनाका कर्णेल कामेश्वर यादवको घरमा चोरी भएको छ । ललितपुर महानरपालिका–१८ भैँसेपाटीमा रहेको उनको घरबाट १९ लाख ४२ हजार ६ सय रुपैयाँसहित विभिन्न सामानहरू चोरी भएको जिल्ला प्रहरी परिसरका एसएस...

कात्तिक २७, २०८०

तत्कालीन प्रहरी नायब महानिरीक्षक (डीआईजी) अशोक सिंहले २०७९ फागुन १० गते जिम्मेवारीबाट राजीनामा दिए । प्रहरी महानिरीक्षक (आईजीपी)को लाइनमा रहेका सिंहको जन्ममितिमा कैफियत देखिएपछि राजीनामा दिनुपरेको थियो ।&...

कात्तिक २७, २०८०

उदयपुरमा २१ वर्षीया युवतीलाई बलात्कार गरेको आरोपमा एक जना पक्राउ परेका छन् ।  पक्राउ पर्नेमा लिम्चुङबुङ गाउँपालिका १ बाँस्बोटेका २५ वर्षीय टवीन्द्र राई रहेका छन् । उनलाई आइतवार दिउँसो पक्राउ गरिएको प्रहर...

अपराजित जनयुद्धको पराजित कथा

अपराजित जनयुद्धको पराजित कथा

चैत १४, २०८०

सामान्यतः मानव समाजको आजसम्मको इतिहास जनयुद्धको इतिहास हो भन्दा फरक पर्दैन । किनकि, समयका प्रत्येक खण्डमा चाहे ती स्पाटाहरू होउन् या चार्टिष्टियन, सिलेसियाली होउन् या कम्युनाडोहरू अनि वोल्सेभिक–भियतकङ्&ndash...

निर्मोही राज्य र युगीन अवतारको प्रतीक्षामा नेपाली समाज

निर्मोही राज्य र युगीन अवतारको प्रतीक्षामा नेपाली समाज

चैत १२, २०८०

रूढिवादी र पछौटे समाजले सधैँभरि अवतारको प्रतीक्षा गर्दछ । प्रतीक्षा गर्नेले आफू केही पनि कर्म गर्दैन र उसलाई पौरखमा त्यति विश्वास पनि हुँदैन ।  सामान्यतया व्यक्तिगत जीवनमा भाग्य र सामाजिक जीवनमा अवतारको प्रत...

सत्यको खोजी

सत्यको खोजी

चैत १०, २०८०

कसैले आएर सत्य भनेको के हो ? भनेर सोध्यो भने हामी अलमलिन्छौँ । कसैले केही भनौँला कसैले केही । अझ कसैले त सत्य भनेको सत्य नै हो भन्न पनि बेर लगाउन्नौँ । तर सत्य त्यो मात्र होइन । सत्य भनेको हामी आफैँ हौँ । सत्य...

x