फोटोन मोटर्सको अब देशभर सर्भिस नेटवर्क

फोटोन मोटर्सको अब देशभर सर्भिस नेटवर्क

एमएडब्लू वृद्धि कमर्सियल भेहिकल प्रालिले आफ्नो सर्भिस नेटवर्क देशभरि विस्तार गरेको जनाएको छ ।


Advertisement

'देशको अधिकांश ठाउँ बाट ग्राहकले अव सेवा लिन पाउनेछन्, अव देशका २५ भन्दा बढी वर्कसप बाट ग्राहकले एक घण्टा भित्र सेवा पाउनेछन्” कम्पनीका सर्भिस हेड विदेश मान सिंह डंगोलले भने,'एमएडब्लू वृद्धि कमर्सियल भेहिकल प्रालि ग्राहक संग निरन्तर सम्बन्ध राम्रो बनाई राख्न चाहन्छ।'


Advertisement

कम्पनी आउने बर्षमा पनि आक्रामकरुपमा सर्भिस नेटवर्क विस्तार गर्ने योजनामा रहेको  उनले जानकारी दिए । ग्राहकले सर्भिस सम्बन्धि जानकारी ९८०२०५७७२१ र ९८६०२४३६१६  मा कल गरेर लिन सकिनेछ ।

नेपालका लागि फोटोन मोटर ग्रुपको आधिकारिक विक्रेता एमएडब्लू वृद्धि कमर्सियल भेहिकल प्रालिले पिकअप टुनल्यान्ड ई, पिकअप टुनल्यान्ड  एस,  १९-सिट क्षमताको भ्यान भ्यु सीएस२ एल  र १६-सिट क्षमताको भ्यान भ्यु सीएस२ विभिन्न प्रकारका  एम्बुलेन्स बेच्दै आएको छ ।


Advertisement

 

लोकान्तर संवाददाता
लोकान्तर संवाददाता

लेखकबाट थप...

कमेन्ट गर्नुहोस्