रेलबाट क्षेप्यास्त्र प्रक्षेपण गर्न सफल भयो उत्तर कोरिया

उत्तर कोरियाका सशस्त्र फौजहरूले रेलबाट क्षेप्यास्त्र प्रक्षेपण गर्न सफलता हासिल गरेका छन् ।


Advertisement

उक्त क्षेप्यास्त्र ८०० किलोमिटर पर पुगेर देशको पूर्वी तटमा रहेको तारोमा ठोकिएको त्यहाँको सरकारी सञ्चारमाध्यमले खबर दिएको छ । 


Advertisement

‘रेलबाट प्रक्षेपण गरिएको क्षेप्यास्त्र प्रणालीले जोखिम तेर्स्याउने बलहरूलाई कठोर प्रहार गर्न सक्छन्,’ मार्शल पाक जोङ चोनले बताए । उनी उत्तर कोरियाको वर्कर्स पार्टीको पोलिटब्युरो सदस्य हुन् । 

बुधवार गरिएको क्षेप्यास्त्र प्रक्षेपणको निगरानी उनैले गरेका थिए । 


Advertisement

रेलको डब्बाबाट प्रोजेक्टाइल उडेको एउटा तस्वीर अन्लाइनमा भाइरल भएको छ यद्यपि यसको पुष्टि गरिएको छैन । 

बुधवार दक्षिण कोरिया र जापानका अधिकारीहरूले दुईवटा ब्यालिस्टिक क्षेप्यास्त्र प्रहार गरिएको पत्ता लगाएका थिए । उत्तरको सरकारी समाचार संस्था केसीएनएले उक्त परीक्षण यसै वर्ष संगठित गरिएको एक इकाइले गरेको हो । 

आइतवार उत्तर कोरियाले लामो दूरीको क्रुज क्षेप्यास्त्र पनि प्रहार गरेको थियो । 
 

एजेन्सी
एजेन्सी

लेखकबाट थप...

कमेन्ट गर्नुहोस्