चीनबाट थप ४४ लाख भेरोसेल खोप ल्याइने, विमान आज जाँदै

सरकारले चीनबाट खरीद गरेको ४४ लाख भेरोसेल खोप भोलि ल्याउने भएको छ । 


Advertisement

खोप ल्याउन आज राति ११ बजे नेपाल वायुसेवा निगमको वाइडबडी विमान चीनतर्फ जाने भएको छ ।


Advertisement

स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयका सचिव डा. रोशन पोखरेलले खरीद गरिएको खोप भोलि चीनबाट ल्याइने जानकारी दिए । सरकारले ६० लाख खरीद गरेकामा यसअघि १६ लाख खोप नेपाल आइसकेको छ ।

निगमका महाप्रबन्धक डिमप्रकाश पौडेलले खोप लिनका लागि आज राति ११ बजे वाइडबडी विमान चीनतर्फ जाने बताए । उनका अनुसार भोलि दिउँसो २ बजे खोप लिएर जहाज नेपाल आउने छ । 


Advertisement

नेपालमा अहिलेसम्म एक करोड ३३ लाख खोप आइसकेको छ । सरकारले असोज मसान्तसम्म एक करोड थप खोप ल्याउने तयारी रहेको छ ।

कमेन्ट गर्नुहोस्