नेपालमा कोरोना संक्रमणबाट मृत्यु हुने ११ हजार पुगे

पछिल्लो २४ घन्टामा १५११ जनामा कोरोना संक्रमण पुष्टि भएको छ । 


Advertisement

स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार १५ हजार १७९ नमूना परीक्षणमध्ये एक हजार १६५ पीसीआर र ३४६ जनामा एन्टिजेन पोजिटिभ देखिएको हो । 


Advertisement

पछिल्लो २४ घण्टामा ११ जनाको मृत्यु भएसँगै कुल मृत्यु संख्या ११ हजार २ पुगेको छ । 

मन्त्रालयका अनुसार थप एक हजार ६८९ जना संक्रमणमुक्त भएका छन् । 


Advertisement

यससँगै हालसम्म कोरोना संक्रमणमुक्त हुनेहरूको संख्या ७ लाख ४५ हजार २१५ पुगेको छ । 

हाल मुलुकभर २५ हजार ७७२ सक्रिय संक्रमित छन् ।

लोकान्तर संवाददाता
लोकान्तर संवाददाता

लेखकबाट थप...

कमेन्ट गर्नुहोस्