२५ किलो सालकको खपटासहित दुई जना पक्राउ

२५ किलो सालकको खपटासहित दुई जना पक्राउ

संरक्षित वन्यजन्तु सालकको खपटा (आखेटोपहार)सहित दुई जना पक्राउ परेका छन् । 


Advertisement

केन्द्रीय अनुसन्धान ब्यूरो (सीआईबी)ले २५ किलो सालकको खपटासहित रामेछाप लिखु तामाकोशी गाउँपालिका–३ का ३८ वर्षीय सोनाम तामाङ र ३२ वर्षीय ध्यानबहादुर तामाङलाई पक्राउ गरेको हो । 


Advertisement

जिल्ला प्रहरी कार्यालय रामेछापसँगको समन्वयमा सीआईबीले रामेछापको मन्थली–१ देवकोटा चोकबाट उनीहरूलाई पक्राउ गरेको हो । 

आवश्यक कानूनी कारवाहीका लागि डिभिजन वन कार्यालय रामेछापमा बुझाइएको सीआईबीले जनाएको छ । 


Advertisement

लोकान्तर संवाददाता
लोकान्तर संवाददाता

लेखकबाट थप...

कमेन्ट गर्नुहोस्