×

NMB BANK
NIC ASIA

काँग्रेसमा यसरी निर्वाचित हुन्छ केन्द्रीय कार्यसमिति

असोज १, २०७८

NTC
Sarbottam
Premier Steels
Marvel

अघिल्लो महाधिवेशनमा आमन्त्रितसहित १ सय ३५ सदस्यीय केन्द्रीय समिति रहेको कांग्रेसको यो महाधिवेशनमा १ सय ६१ सदस्यीय केन्द्रीय कार्यसमिति हुने गरी विधानमा व्यवस्था गरिएको छ ।

Muktinath Bank

कांग्रेस केन्द्रीय समितिमा सभापति एक, उपसभापति दुई, महामन्त्री दुई, सहमहामन्त्री आठ गरी प्रत्यक्ष निर्वाचित १३ पदाधिकारी हुन्छन् । सहमहामन्त्रीको निर्वाचन भने समानुपातिक एवं समावेशी सिद्धान्तको आधारमा हुनेछ ।


Advertisment
RMC TANSEN
IME BANK INNEWS
shivam ISLAND

१४औं महाधिवेशनका लागि संशोधन गरिएको विधानमा महिला कोटाबाट एक, आदिवासी जनजाति कोटाबाट एक, दलित कोटाबाट एक, मधेसी कोटाबाट एक, खस आर्य कोटाबाट एक, थारू कोटाबाट एक, मुस्लिम कोटाबाट एक र पीछडिएको क्षेत्रबाट एक जना गरी आठ जना सहमहामन्त्री हुने व्यवस्था छ ।


Advertisment
Nabil box
Kumari

पदाधिकारीका रूपमा रहने कोषाध्यक्ष भने निर्वाचित सदस्यमध्यबाट सभापतिले मनोनित गर्ने व्यवस्था छ । केन्द्रीय सदस्यहरुमा प्रत्यक्ष निर्वाचित कोटा ३५ जना छ भने प्रत्यक्ष निर्वाचित महिला कोटा ९ जना रहेको छ ।

Vianet communication
Laxmi Bank

प्रत्येक प्रदेशको प्रतिनिधित्व हुने गरी प्रदेश कोटाबाट एक महिलासहित तीन जनाको दरले २१ जना निर्वाचित हुन्छन् । १४औं महाधिवेशनमा समानुपातिक समावेशीको सिद्धान्तका आधारमा निर्वाचित हुने केन्द्रीय सदस्यको संख्या ५४ जना रहेको छ । समानुपातिक समावेशीको आधारमा निर्वाचित हुने ५४ जनामध्ये दलित महाधिवेशन प्रतिनिधिबाट ४ महिलासहित ९ जना हुन्छन् भने आदिवासी जनजाति महाधिवेशन प्रतिनिधिबाट ७ महिलासहित १५ जना निर्वाचित हुने व्यवस्था छ ।

यसै गरी, खसआर्य महाधिवेशन प्रतिनिधिमध्येबाट ६ महिलासहित १३, मधेसी महाधिवेशन प्रतिनिधिबाट ४ महिलासहित ९, थारू महाधिवेशन प्रतिनिधिमध्येबाट २ महिलासहित ४, मुस्लिम महाधिवेशन प्रतिनिधिमध्येबाट १ महिलासहित ३ र पीछडिएको क्षेत्रबाट आएका महाधिवेशन प्रतिनिधिमध्येबाट १ जना केन्द्रीय सदस्यमा निर्वाचित गरिने विधानमा व्यवस्था गरिएको छ ।

कांग्रेस केन्द्रीय कार्यसमिति सदस्यमा अल्पसंख्यक र अपांगता भएको कोटाबाटा २ जना निर्वाचित हुने व्यवस्था छ । केन्द्रीय सभापतिले समावेशी हुने गरी ३३ जना सदस्य मनोनित गर्न पाउने व्यवस्था छ । सभापतिले केन्द्रीय सदस्य मनोनित गर्दा केन्द्रीय कार्यसमितिमा एक तिहाइ महिला पुर्‍याउनुपर्ने कुरालाई मुख्य ध्यान दिनुपर्ने छ । नेपाल समाचारपत्रमा खबर छ ।

hAMROPATRO BELOW NEWS
TATA Below
माघ २५, २०८०

त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलका प्रहरी प्रमुख प्रहरी नायब महानिरीक्षक (डिआइजी) अर्जुन चन्दले राजीनामा दिएको चर्चा झन्डै एक साता चल्यो तर प्रहरी प्रधान कार्यालयले चन्दको राजीनामा नभई सोमबार १० दिनको बिदा स्वीकृत ग...

माघ २४, २०८०

कास्की प्रहरीले राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) सभापति रवि लामिछानेसहित थप १८ जनाविरुद्ध अनुसन्धान  सुरु  गरेको  छ  ।  पोखराको  सूर्यदर्शन  बचत तथा ऋण सहकारी ठगी प्रकरणमा ...

फागुन ४, २०८०

ललिता निवास प्रकरणमा विशेष अदालतले बिहीबार फैसला गरेको छ । फैसला अनुसार ललिता निवासको हडपिएको जग्गा सरकारको नाममा आउने भएको छ।  अदालतले त्यसमा दोषीहरुलाई कैद र जरिवानको फैसला पनि गरेको छ ।  ...

माघ २२, २०८०

सहरी विकास मन्त्रालयले निर्माणाधीन धरहराको बेसमेन्टमा सवारीसाधन पार्किङ मानवीय स्वास्थ्यका दृष्टिले जोखिमपूर्ण हुन सक्ने भन्दै सचेत गराएको छ । मन्त्रालयले  त्यहाँ  आवश्यक  प्राविधिक  तयारी  ...

फागुन १५, २०७४

बुटवल, १५ फागुन-  भैरहवास्थित गौतम बुद्ध अन्तर्राष्ट्रिय विमानस्थलमा ३५ जना चिनियाँसहित २ सय मजदुर काम गरिरहेका छन् । केही निर्माण उपकरण र मेसिनरी यन्त्र थपिएका छन् । द्रुतगतिमा कच्चा पदार्थ संकलन भएको छ । च...

माघ ३, २०८०

चालुु  आर्थिक  वर्ष  २०८०/८१  मा  नेपाली  श्रमिकका लागि मलेसियाको रोजगारी घटेको छ । गत आव २०७९/८० मा पहिलो श्रम गन्तव्य देश बनेको मलेसिया चालुु आवमा क्रमशः घटेर तेस्रो र चौथो ...

ज्ञान र विज्ञानको भण्डार

ज्ञान र विज्ञानको भण्डार

बैशाख १, २०८१

एक दिन काम विशेषले नयाँ सडकतिर गएको थिएँ, मोबाइल टिङटिङ गर्‍यो । हेरेँ पुराना मित्र जयदेव भट्टराई, सम्पादक मधुपर्क (हाल अवकाश प्राप्त) ले सम्झेका रहेछन् । हामी दुई लामो समयसम्म सँगै रह्यौँ, कहिले गोरखापत्र...

अब चेत आफैंभित्र उमार्नु छ, २०८१ ले सम्पूर्ण मनोक्रान्तिको आमन्त्रण गरोस्

अब चेत आफैंभित्र उमार्नु छ, २०८१ ले सम्पूर्ण मनोक्रान्तिको आमन्त्रण गरोस्

बैशाख १, २०८१

आत्मिक शुद्धताका पक्षपाती दार्शनिक सुकरात चौबाटोमा उभिएर एथेन्सबासीलाई आह्वान गरिरन्थे– ‘तपाईं नीति, सत्य र आत्माको शुद्धताका लागि किन ध्यान दिनुहुन्न ?’ उनका अर्थमा त्यो जीवन बाँच्न योग्य हुँदैन...

दाम्पत्य जीवनको दाम्लो

दाम्पत्य जीवनको दाम्लो

चैत २४, २०८०

दाम्पत्य जीवनको मूलभूत आधार भनेको विवाह संस्कार हो ।  यस संस्कारले उमेर पुगेका केटाकेटीलीलाई आपसमा मिलेर जीवनरथ अघि बढाउने स्वीकृति दिएको हुन्छ । यसो त संस्कारहरू धेरै छन् । तिनमा १६ संस्कार विशेष महत्व...

x