सिटी एक्सप्रेसको ‘सिटी आयो लखपति बनायो’ योजना

सिटी एक्सप्रेस मनी ट्रान्सफरले दशैँ, तिहार र छठलाई लक्षित गर्दै लगातार ६१ दिनसम्म चल्ने ‘सिटी आयो लखपति बनायो’ उपहार योजना घोषणा गरेको छ ।


Advertisement

सिटी एक्सप्रेसको यो उपहार योजना अन्तर्गत लक्की ड्र मार्फत ६१ दिन लगातार हरेक दिन १ जना विजेतालाई १० हजार उपहार प्रदान गरिने छ । साथै हरेक महिना ५ जनालाई १–१ लाख गरी २ महिनासम्म १० जना लखपति बन्न सक्नेछन् । 


Advertisement

कम्पनीका अनुसार यस ‘सिटी आयो लखपति बनायो’ अफर असोज १ गते देखि कात्तिक ३० गते सम्म लागू हुनेछ । यो अवधिभर सिटी एक्सप्रेसमार्फत देश विदेशबाट पैसा पठाउने सम्पूर्ण सेवाग्राही यो उपहार योजनामा सहभागी हुनेछन् । 

यस उपहारको विजेता छनौट गर्दा विद्युतीय प्रणालीद्वारा गरिनेछ र यो योजना सिटी एक्सप्रेसमा कार्यरत कुनै पनि कर्मचारीलाई लाग” हुने छैन । 


Advertisement

सिटी एक्सप्रेसले रेमिटान्स क्षेत्रमा आफ्नो छुट्टै पहिचान बनाउँदै विगत १५ वर्षदेखि संसारभरबाट  विप्रेषण सेवा प्रदान गर्दै आइरहेको छ । आन्तरिक विप्रेषणअन्तर्गत सिटी एक्सप्रेसका देशभर छरिएर रहेका १२ हजारभन्दा बढी भुक्तानी केन्द्रहरूमार्फत छिटो, सहज र सुरक्षित तरिकाले भुक्तानी प्रदान गर्ने, कुनै पनि बैंकको खातामा रकम जम्मा गर्ने र मोबाइल वालेटमा लोड गर्न सकिने जस्ता सुविधाहरू प्रदान गर्दै आइरहेको छ ।

लोकान्तर संवाददाता
लोकान्तर संवाददाता

लेखकबाट थप...

कमेन्ट गर्नुहोस्