×

NMB BANK
NIC ASIA

शुरू भयो प्रथम रिभाइभ लिजरपार्क खुला राष्ट्रिय ब्याडमिन्टन [भिडियोसहित]

असोज १, २०७८

NTC
Sarbottam
Premier Steels
Marvel

Sagarmatha Cement
Muktinath Bank

रिभाइभ लिजरपार्क स्थापनाको अवसरमा  ‘प्रथम रिभाइभ लिजरपार्क खुला राष्ट्रिय ब्याडमिन्टन च्याम्पियनसिप २०७८’ आजबाट शुरू भएको छ । प्रतियोगिताको उद्घाटन राष्ट्रिय खेलकुद परिषद् (राखेप) का सदस्य सचिव रमेशकुमार सिलवालले गरे । 


Advertisment
RMC TANSEN
IME BANK INNEWS
shivam ISLAND

'यस प्रथम रिभाइभ लिजरपार्क खुला राष्ट्रिय ब्याडमिन्टन च्याम्पियनसिप २०७८ हुनुको अर्थ भनेको अब छिट्टै दोस्रो, तेस्रो, चौथो खेल पनि यस रिभाइभ लिजर पार्कले गर्नेछ भन्ने मेरो बुझाइ हो,' उनले भने । 


Advertisment
Nabil box
Kumari

मुख्य प्रशिक्षक सुदीप योञ्जनले  प्रिन्स दाहाल ब्याडमिन्टन च्याम्पियनसिपमा विश्वकै तेस्रो नम्बरमा पर्न सफल खेलाडी भएकाले यसमा गर्व गर्नुपर्ने बताए । उनले भने, 'हामी सबैले आशा गरौँ कि उनी अब छिट्टै विश्वकै नम्बर एकमा पर्न सफल हुन् ।'

Vianet communication
Laxmi Bank

त्यस्तै नेपाल ब्याडमिन्टन संघका अध्यक्ष रामजीबहादुर श्रेष्ठले स्वास्थ्य मापदण्ड पालना गर्दै प्रतियोगिता सञ्चालन गर्नुपर्ने बताए । कोरोनाकालमा पनि सबैलाई आशा देखाउन खुला राष्ट्रिय ब्याडमिन्टन च्याम्पियनसिप आयोजना गरेको भन्दै उनले आयोजकलाई धन्यवादसमेत दिए । 

आयोजक कमिटी अध्यक्ष शुक्र पाख्रिनले सकारात्मक तथा स्वास्थ्य जीवनको लागि खेल खेल्न प्रेरित गर्ने उद्देश्यले प्रतियोगिता आयोजना गरिएको बताए । 

असोज १ देखि असोज ५ गतेसम्म आयोजना हुने च्याम्पियनसिपमा पुरुष एकल खुला र डबल, महिला एकल खुला, भेट्रान्स डबल गरी ४ विधामा खुला प्रतिस्पर्धा गराइने छ ।

च्याम्पियनसिपमा राष्ट्रिय खेलाडीहरू, प्रदेश र जिल्ला, नेपाली सेना, नेपाल प्रहरी र सशस्त्र प्रहरी बल गरी विभिन्न संघसंस्था, क्लब पनि सहभागी गराइने आयोजकको भनाइ छ । 

प्रतियोगितामा २०० भन्दा बढी खेलाडीहरूको सहभागिता रहनेछ । 

प्रतियोगिताका सबै विधामा विजेता, उपविजेता र तृतीय हुने टीमलाई नगद पुरस्कारसहित ट्रफी, मेडल प्रदान गरिने छ ।

लगनखेलस्थित आफ्नै कभर्ड हलमा आयोजना हुने च्याम्पियनसिप प्रतियोगितामा कोभिड–१९ को संक्रमणलाई ध्यानमा राख्दै मास्क, स्यानिटाइजर, भौतिक दूरीलगायत स्वास्थ्य मापदण्ड पूर्ण पालना गरिने आयोजकले जनाएको छ । 

प्रतियोगितासम्बन्धी सम्पूर्ण सूचना रिभाइभ लिजर पार्कको फेसबूक पेजमा अपडेट गरिने आयोजकको भनाइ छ । 

hAMROPATRO BELOW NEWS
TATA Below
कात्तिक १७, २०८०

यूएईलाई ८ विकेटले पराजित गरेर नेपाल सन् २०२४ मा अमेरिका र वेस्ट इन्डिजमा हुने टी–ट्वान्टी विश्वकपमा छनोट हुँदै गर्दा एउटा दृश्यले सबैको ध्यान तान्यो ।  सामाजिक सञ्जालदेखि अन्तर्राष्ट्रिय स्तरसम्म चर्चा...

मंसिर ३, २०८०

फाइनलअघि १० खेलमा १० जीत, व्यक्तिगततर्फ सर्वाधिक रन (विराट कोहली- ७६५), अनि सर्वाधिक विकेट (मोहम्मद शमी- २४) को बलमा तेस्रोपटक विश्वकप विजेता बन्ने भारतको सपना सपनामै सीमित रहन पुगेको छ । अहमदावादस्थित नर...

कात्तिक १७, २०८०

कम उमेरमै विश्व क्रिकेटमा प्रभाव छोडेका नेपालका लेग स्पीनर सन्दीप लामिछाने अर्को दुर्लभ विश्व कीर्तिमान निकट पुगेका छन् । यस अघि गत वैशाखमा कीर्तिपुरमा ओमानविरुद्ध एकदिवसीयमा सबैभन्दा छिटो ४२ खेलमा एक सय विक...

मंसिर ३, २०८०

आईसिसी एकदिवसीय क्रिकेट विश्वकप फेरि एक पटक अष्ट्रेलियाले जितेको छ । यससँगै घरेली मैदानमा उपाधि जित्ने भारतको सपना चकनाचुर बनेको छ ।   अष्ट्रेलियाले आज अहमदाबादमा भएको फाइनलमा भारतलाई छ विकेटले पर...

कात्तिक १८, २०८०

एकदिवसीय विश्वकपमा वर्षाले खेल रोकेपछि पाकिस्तानलाई फाइदा भएको । पाकिस्तानले डीएलएस मेथडमा न्युजिल्यान्डलाई २१ रनले पराजित गरेको हो । न्युजिल्यान्डले दिएको ४०२ रनको विशाल लक्ष्य पछ्याउने क्रममा पाकिस्तानले २५....

पुस १, २०८०

राष्ट्रिय खेलकुद परिषद्का पूर्व सदस्य सचिव युवराज लामाले खेलकुद मेडल जित्नको लागि मात्रै नभएर राष्ट्र र राष्ट्रियताको लागि पनि हुनुपर्ने बताएका छन् । जापान गोजुरियो कराँते डो. मिसन संघ नेपाल केन्द्रीय समितिले ...

अपराजित जनयुद्धको पराजित कथा

अपराजित जनयुद्धको पराजित कथा

चैत १४, २०८०

सामान्यतः मानव समाजको आजसम्मको इतिहास जनयुद्धको इतिहास हो भन्दा फरक पर्दैन । किनकि, समयका प्रत्येक खण्डमा चाहे ती स्पाटाहरू होउन् या चार्टिष्टियन, सिलेसियाली होउन् या कम्युनाडोहरू अनि वोल्सेभिक–भियतकङ्&ndash...

निर्मोही राज्य र युगीन अवतारको प्रतीक्षामा नेपाली समाज

निर्मोही राज्य र युगीन अवतारको प्रतीक्षामा नेपाली समाज

चैत १२, २०८०

रूढिवादी र पछौटे समाजले सधैँभरि अवतारको प्रतीक्षा गर्दछ । प्रतीक्षा गर्नेले आफू केही पनि कर्म गर्दैन र उसलाई पौरखमा त्यति विश्वास पनि हुँदैन ।  सामान्यतया व्यक्तिगत जीवनमा भाग्य र सामाजिक जीवनमा अवतारको प्रत...

सत्यको खोजी

सत्यको खोजी

चैत १०, २०८०

कसैले आएर सत्य भनेको के हो ? भनेर सोध्यो भने हामी अलमलिन्छौँ । कसैले केही भनौँला कसैले केही । अझ कसैले त सत्य भनेको सत्य नै हो भन्न पनि बेर लगाउन्नौँ । तर सत्य त्यो मात्र होइन । सत्य भनेको हामी आफैँ हौँ । सत्य...

x