ग्लोबल आइएमई बैंकको ८.५० % डिबेन्चर २०८६/८७ नेप्सेमा सूचीकृत

ग्लोबल आइएमई बैंकको ८.५० % डिबेन्चर २०८६/८७ नेप्सेमा सूचीकृत

ग्लोबल आइएमई बैंक लिमिटेडको “८.५० % ग्लोबल आइएमई बैंक डिबेन्चर २०८६/८७” ऋणपत्रको ३० लाख इकाई नेपाल स्टक एक्सचेञ्ज (नेप्से) मा सूचीकृत भएको छ । 


Advertisement

१० वर्ष अवधि रहेको यस ऋणपत्रमा बार्षिक ८.५० प्रतिशतका दरले प्रत्येक आर्थिक वर्षको ६/६ महिनामा व्याज प्रदान गरिनेछ । यस ऋणपत्रलाई रेटिङ एजेन्सी इक्रा नेपाल लिमिटेडले ए रेटिङ्ग प्रदान गरेकोे छ ।


Advertisement

यस रेटिङले ऋणपत्रमा गरिएको लगानीमा जोखिम अत्यन्तै न्युन रहेको जनाउँदछ । 

ग्लोबल आईएमई बैंक लिमिटेडको रेटिङलाई पनि रेटिङ  एजेन्सी इक्रा नेपाल लिमिटेडले हालै ए– बाट ए मा स्तरवृद्धि गरेको थियो । 


Advertisement

बैंकको पर्याप्त तरलता  तथा पूँजीकोष, कर्जाको गुणस्तर तथा मिश्रण, बृहत कार्यालय संजाल, स्वस्थ ब्याज आम्दानी तथा आय विवरण, संचालन खर्चमा नियन्त्रण, कुशल जोखिम व्यवस्थापन अभ्यास, बलियो प्रवर्द्धक समूह, अनुभवी बोर्ड तथा व्यवस्थापन नेतृत्व आदि जस्ता तथ्यको आधारमा ग्लोबल आइएमई बैंक तथा यसले जारी गरेका ऋणपत्रको रेटिङमा स्तर वृद्धि भएको हो ।

लोकान्तर संवाददाता
लोकान्तर संवाददाता

लेखकबाट थप...

कमेन्ट गर्नुहोस्