हिमालयन बैंकले महानगरीय प्रहरी वृत्त बानेश्वरलाई दियो २ थान कम्प्युटर

हिमालयन बैंक लिमिटेडले महानगरीय प्रहरी वृत्त, नयाँ बानेश्वरलाई दुई थान कम्प्युटर हस्तान्तरण गरेको छ ।  


Advertisement

बैंकका तर्फबाट बैंकका मुख्य प्रबन्धक समीर आचार्यले उक्त महानगरीय प्रहरी वृत्त, नयाँ बानेश्वरका प्रहरी उपरिक्षक मीम बहादुर लामालाई एक समारोहबीच उक्त सहयोग हस्तान्तरण गरे ।  


Advertisement

बैंकले आफ्नो संस्थागत सामाजिक उत्तरदायित्व अन्तर्गत वृत्तलाई कम्प्युटर प्रदान गरेको हो ।

वृत्तका कर्मचारीहरुलाई आधुनिक प्रणालीको कम्प्युटरको कमी हुनाका कारण दैनिक प्रशासकीय कार्यमा ढिला–सुस्ती भएको हुँदा सो कार्य सहज होस् भनेर बैंकले रुपैया एक लाख दश हजार मूल्यको दुई थान कम्प्युटर सेट सहयोग स्वरुप प्रदान गरेको बैंकले जनाएको छ । 


Advertisement

सो समारोहमा बैंक तथा वृत्तका अन्य कर्मचारीहरुको पनि उपस्थिति  रहेका थियो ।
 

लोकान्तर संवाददाता
लोकान्तर संवाददाता

लेखकबाट थप...

कमेन्ट गर्नुहोस्