×

NMB BANK
NIC ASIA

नेपाली रेल रोकिएको रोकियै

असोज २, २०७८

NTC
Sarbottam
फाइल फोटो
Premier Steels
Marvel

गत वर्षको असोज ३ गते नेपाल सरकारले तामझामका साथ २ वटा रेल नेपाल भित्र्यायो । नेपालले आफ्नै रेल किन्दा मुलुकमै खुशी छायो तर किनेको नयाँ रेल पनि थन्किएको १ वर्ष भएको छ ।

Sagarmatha Cement
Muktinath Bank

रेल छोपेको पाल समेत च्यातिएर धुजाधुजा भएका छन् । छोपिएको रेल नांगिएको छ । अझै सरकारलाई रेल चलाउने साइत जुरेको छैन । 


Advertisment
RMC TANSEN
IME BANK INNEWS
shivam ISLAND

धनुषाको जनकनन्दनी गाउँपालिकाको इनर्वा स्टेसनमा पहेलो पाल ओढाएर राखिएको रेल अलपत्र जस्तै बनेको छ । कर्मचारी भर्ना प्रक्रियाको जटिलताका कारण रेलको स्थायी सञ्चालन प्रक्रिया अनिश्चित बनेको हो ।


Advertisment
Nabil box
Kumari

लामो समयपछि नेपाल सरकारको स्वामित्व भएको रेल गत वर्ष भारतको हाजिपुरबाट जयनगर हुँदै जनकपुरधाम कुर्था रेल्वे स्टेसनसम्म पुर्‍याइएको थियो । पहिलो पटक रेल चल्ने कुराले जनकपुरवासीमा पनि खुसीको सीमा थिएन । रेल आएपछि चल्ने र सबैलाई सहज हुने आशा बोकेका सर्वसाधारणले सरकारको प्रशंसा पनि गरे तर रेल आएको वर्षदिन बित्दा पनि रेल चल्ने अझै सुरसार छैन ।

Vianet communication
Laxmi Bank

रेल चलाउने आवश्यक भौतिक पूर्वाधार, कर्मचारी र कानूनको अभावमा १ वर्षदेखि भएको रेल पनि थन्क्याउनुपर्ने बाध्यता छ । 

निकै उत्साह र धूमधामका साथ हर्न बजाएर आफूहरू नै लागेर भित्र्याइएको रेल वर्ष दिनदेखि पालमुनि थन्किएपछि स्थानीय पनि निराश छन् । रेल भित्र्याउने समयमा १ महिनामा कर्मचारी भर्ना गरेर चलाउने भनिए पनि कर्मचारी भर्ना प्रक्रिया पेचिलो बन्दा रेल सञ्चालन अनिश्चित बनेको छ । 

‘४–५ वर्षदेखि रेल चल्ने कुरा हुँदैछ तर कहिले चल्छ अत्तोपत्तो छैन,’ जनक नन्दनी गाउँपालिका–४ खजुरीकी सूर्यकला देवी कामतीले भनिन्, ‘रेल नचल्दा छौं ।’ उनी भन्छिन्, ‘जयनगरबाट हाम्रो घर हुँदै जनकपुरसम्म रेल चल्छ भनिए पनि चलेन । रेल त आयो तर १ दिन पनि चलेन, अहिले थन्किएको छ, कहिले चल्छ ठेगाानै छैन ।’

विगत ३ वर्षदेखि विवाह पञ्चमीमा भारतको जयनगरबाट जनकपुरसम्म रेल चल्ने हल्ला भए पनि अहिलेसम्म नचल्दा सीमावर्ती क्षेत्रका स्थानीयहरूको रेल चढ्ने आशा निराशामा परिणत भएको छ । ‘उमेरले अब साथ दिन छोड्यो, मोटरसाइकलमा आउँदा जाँदा समस्या हुन्छ, रेल चढेर जानकी मन्दिर दर्शन गर्ने इच्छा थियो तर रहर पूरा हुने छाँटकाँट छैन,’ जनकनन्दनी गाउँपालिकाकै उमेरले ८० कटेकी जोगनी दासले भनिन्, ‘रेल नचल्दा जनकपुर बजार नपुगेको झण्डै १० वर्ष हुन लाग्यो । जनक नन्दनी गाउँपालिकाका ८० वर्षीय मो. हामिद साफी बुढ्यौली कम्मर समाउँदै अरू जस्तै गुनासो पोखे ‘रेल चल्ने कुरा त बच्चाबच्चीको खेल जस्तै भयो । रेल चल्दा आउन जान सजिलो हुन्थ्यो, रेल बन्द भएपछि जनकपुर अहिलेसम्म एकपटक पनि जान सकेको छैन ।’

उनी थप्छन्, ‘रेल अब चल्छ, अब चल्छ, भनेर सधैं सुन्छु तर अहिलेसम्म कहिले चल्ने टुंगो छैन ।’ रेल्वेका महाप्रबन्धक निरञ्जन झाले भारत सरकारले हालसम्म हस्तान्तरण पूर्ण रूपमा समेत चलाउन ढिलाइ भएको बताए । 

सञ्चालनको तयारी हुँदा कर्मचारी अभाव, संरचना हस्तान्तरण, कानून अभाव, झ्यालढोका तथा अन्य संरचनामा निर्माण ढिलाइ हुँदा रेल सञ्चालन रोकिएको झा बताउँछन् । ‘अब धेरै समय नलाग्नुपर्ने हो, सक्दो चाँडो सञ्चालनको तयारी छ, आवश्यक सबै प्रक्रियापश्चात् केही दिनमै चलाउँछौं,’ झाले भने । 

नेपाल–भारत सरकारको संयुक्त लगानीमा जयनगर–जनकपुरदेखि कुर्थासम्म रेल्वेको ब्रोडगेज लिंक, स्टेसन निर्माण, सकेको २ वर्षभन्दा बढी भयो । नेपाल सरकारले आफ्नै लगानीको ८५ करोडमा रेलसेट पनि खरिद गर्‍यो तर व्यवस्थापकीय कमजोरीका कारण रेल सञ्चालन हुन नसकेको रेल्वेका इन्जिनीयर विनोद ओझा बताउँछन् ।

‘रेल चलाउने भनेको हो तर सबै कुरा हाम्रो हातमा छैन, अनि कसरी रेल चल्छ ? अहिलेलाई रेल चलाउने कुरा रेल्वे कम्पनीसँग सोध्नुस्,’ उनले भने । अन्नपूर्ण पोस्ट दैनिकमा खबर छ ।

hAMROPATRO BELOW NEWS
TATA Below
मंसिर २५, २०८०

अस्पतालले मृत घोषणा गरी १५ घण्टासम्म शवगृहमा राखेर अन्तिम दाहसंस्कारका लागि घाट लैजान लागेका एक व्यक्ति जिवितै रहेको पाइएको छ। विराटनगरस्थित मेट्रो न्युरो अस्पतालले मृत्यु प्रमाणपत्रसमेत बनाएर १५ घण्टासम्म शवगृहमा...

कात्तिक २४, २०८०

सवारीसाधन  सुविधा  प्राप्त  गर्ने  कर्मचारीलाई  इन्धनबापत नगद उपलब्ध गराउन सरकारले निर्देशिका जारी गरेको छ । सुशासन (व्यवस्थापन तथा सञ्चालन) ऐन, २०६४ को दफा ४५ ले दिएको अधिकार प्रयोग ...

माघ ३, २०८०

चालुु  आर्थिक  वर्ष  २०८०/८१  मा  नेपाली  श्रमिकका लागि मलेसियाको रोजगारी घटेको छ । गत आव २०७९/८० मा पहिलो श्रम गन्तव्य देश बनेको मलेसिया चालुु आवमा क्रमशः घटेर तेस्रो र चौथो ...

कात्तिक २३, २०७८

विशेष  आर्थिक  क्षेत्र  (सेज)भित्र मदिरा,  सुर्तीजन्य  र  विस्फोटक  पदार्थ  उत्पादन  गर्ने  उद्योग स्थापना  गर्न  नपाइने  भएको  छ।  विश...

माघ २२, २०८०

सहरी विकास मन्त्रालयले निर्माणाधीन धरहराको बेसमेन्टमा सवारीसाधन पार्किङ मानवीय स्वास्थ्यका दृष्टिले जोखिमपूर्ण हुन सक्ने भन्दै सचेत गराएको छ । मन्त्रालयले  त्यहाँ  आवश्यक  प्राविधिक  तयारी  ...

माघ २५, २०८०

त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलका प्रहरी प्रमुख प्रहरी नायब महानिरीक्षक (डिआइजी) अर्जुन चन्दले राजीनामा दिएको चर्चा झन्डै एक साता चल्यो तर प्रहरी प्रधान कार्यालयले चन्दको राजीनामा नभई सोमबार १० दिनको बिदा स्वीकृत ग...

अपराजित जनयुद्धको पराजित कथा

अपराजित जनयुद्धको पराजित कथा

चैत १४, २०८०

सामान्यतः मानव समाजको आजसम्मको इतिहास जनयुद्धको इतिहास हो भन्दा फरक पर्दैन । किनकि, समयका प्रत्येक खण्डमा चाहे ती स्पाटाहरू होउन् या चार्टिष्टियन, सिलेसियाली होउन् या कम्युनाडोहरू अनि वोल्सेभिक–भियतकङ्&ndash...

निर्मोही राज्य र युगीन अवतारको प्रतीक्षामा नेपाली समाज

निर्मोही राज्य र युगीन अवतारको प्रतीक्षामा नेपाली समाज

चैत १२, २०८०

रूढिवादी र पछौटे समाजले सधैँभरि अवतारको प्रतीक्षा गर्दछ । प्रतीक्षा गर्नेले आफू केही पनि कर्म गर्दैन र उसलाई पौरखमा त्यति विश्वास पनि हुँदैन ।  सामान्यतया व्यक्तिगत जीवनमा भाग्य र सामाजिक जीवनमा अवतारको प्रत...

सत्यको खोजी

सत्यको खोजी

चैत १०, २०८०

कसैले आएर सत्य भनेको के हो ? भनेर सोध्यो भने हामी अलमलिन्छौँ । कसैले केही भनौँला कसैले केही । अझ कसैले त सत्य भनेको सत्य नै हो भन्न पनि बेर लगाउन्नौँ । तर सत्य त्यो मात्र होइन । सत्य भनेको हामी आफैँ हौँ । सत्य...

x